×

वीरगन्ज १९ जेठ बीरगञ्जको मुरली चोकमा ड्रम आतंक मच्चिएको छ ।

वीरगञ्ज नगरपालिका वडानम्बर १२ मुरलीचोकस्थित नेपाली कांग्रेसका क्षेत्रिय सभापति अरविन्द गुप्ताको घर छेउमा अपरिचत व्यक्तिले पानी भर्ने ड्रम छोडेर हिँडेपछि सर्वसाधारणले बम राखेको आशंका गरेका छन् ।

ड्रम राखेको धेरैवेर सम्म पनि कोही लिन नआएपछि बम राखिएको हुनसक्ने भन्दै त्यस क्षेत्रमा आतंक मच्चिएको छ । उक्त ड्रम अपरिचति व्यक्तिले दिउँसो १२बजे राखेको स्थानीयले बताएका छन् । बम भएको आशंकामा सर्वसाधारणहरुमा भागाभाग समेत भएको छ ।

स्थानीयले घटनाबारे प्रहरीलाई खवर गरेपछि आएको प्रहरीले त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक्नुका साथै बम डिष्पोजल टोलीलाई खवर गरेको बताइएको छ ।

Back to top