×

वीरगन्ज १९ जेठ वीरगन्ज महानगरपालिकाले भू उपयोग नीतिलाई कार्यान्वयन गर्ने भन्दै जग्गा प्लटिङमा रोक लगाउने भएको छ । वीरगन्जमा जताततै खेतीयोग्य जमिन समेत प्लटिङ गर्दै घडेरीका रुपमा बिक्री भईरहेको समयमा अब प्लटिङलाई स्वीकृत नदिने वीरगन्ज महानगरपालिकाका एक कर्मचारीले जनाएका छन । वीरगन्जमा जताततै खेतीयोग्य जमिन समेत प्लटिङ गर्दै घडेरीका रुपमा बिक्री गर्दै आएकोमा वीरगन्ज महानगरपालिकाले रोक लगाउने भए पछि वीरगन्जका सचेत नागरिकहरु सो को स्वागत गरेका छन । यता वीरगन्ज महानगर पालिकामा घर निर्माण गरिसकेको सम्पन्नता प्रमाणपत्र लिनका लागि तीनवटा बिरुवा हुर्काउनुपर्ने निणय गरिएको हो । यो निणय संगै अब वीरगन्जमा निर्माण हुने घरधनिहरुले तीवटा बिरुवा रैपनुपनेछ ।

Back to top