×

वीरगंज १९ जेष्ठ निर्धन उत्थान बैंक क्षेत्रिय कार्यालय वीरगंजले चालु आर्थिक वर्षको समिक्षा तथा अगामी आ.व.को रणनिति सुत्रिकरण तालिम तथा एक दिने गोष्ठी कार्याक्रम वीरगंजको होटल कुमु प्यालेसमा सम्पन्न गरेको छ । कार्याक्रममा चालु आ.व.को ९ महिनाको प्रगती समीक्षा, अगामी आ.व.को कार्यक्रम तर्जुमा, अगामी आ.व.को संस्थागत रणनिति, बचत बृद्धीका रणनिति तर्जुमा, कार्यक्रमको गुणस्तरको सुधार, कार्यक्रमको सबल पक्षहरु र सुधार गर्नु पर्ने पक्षहरु, शाखाका फिडबैक र समस्या वीच छलफल तथा समस्या सामाधानका उपाय पहिल्याउने कार्यक्रमको मुख्य उदेश्य रहेको निर्धन उत्थान बैकं वीरगंजका क्षेत्रिय प्रबन्धक शम्भु न्यौपानेले बताउनु भयो । निर्धन उत्थान बैकंको ५० हजार सदस्यहरु रहेको पर्सा, बारा, रौतहट र मकवानपुर शाखा कार्यालय मार्फत कर्जा बचत, मनी टन्सफर, ग्रामिण कर्जा बिमा सेवा दिदै आईरहेको छ । कार्यक्रमको प्रमुख अतिथि निर्धन उत्थान बैंक केन्द्रिय सहायक महा प्रबन्धक राज नारायण दास अतिथि केन्द्रिय योजना विभाग प्रमुख मनोज कुमार यादव, वीरगंजका क्षेत्रिय महा प्रबन्धक शुम्भु न्यौपानेको सभापत्तिवमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन हरेराम राउतले गरेका थिए ।

Back to top