×

बारा १८ जेठ सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आज जीतपुरसिमरा उपमहानगर वडा नं. १० स्थित छातापिप्रा स्वास्थ्यचौकीमा अत्याधुनिक विद्युतीय खानेपानी फिल्टर हस्तान्तरण गरेको छ ।

संस्थाको दशौं स्थापना दिवस विशेष सप्ताहको अवसरमा उक्त सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले सहकारी सामाजिक उत्तरदायित्वका सम्वाहक भएकाले समुदायको सुखदुख, ऋणधन र उद्यमव्यवसाय अलावा सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकता दिइरहेको बताउनुभयो । हातेमालो सहकारीले स्थापनादेखि नै वित्तिय सशक्तीकरण र समावेशीकरणका लागि काम गर्दै आएको बताउदै डा. पौडेलले स्थानीय तह र समुदायसंग मिलेर समृद्धि र सामाजिक सेवाका निम्ति धेरै काम गर्न सकिने आधार रहेको बताउनुभयो ।

संस्थाका सञ्चालक एवम् सदस्य सेवा समितिका संयोजक सञ्जय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबाबु साह, ईञ्चार्ज रविकुमार भाष्कर, हातेमालो सहकारीका उपाध्यक्ष विनोद कलवार, सञ्चालकहरु क्षमादेवी अधिकारी र बरुण गौतम, स्थानीय समाजसेवी राजहरण साहलगायतको उपस्थिति रहेको थियो ।

२०६५ जेठ २० गते ७२ जनाले ९० हजार दुई सय रुपैयाबाट सुरु भएको हातेमालोमा २६०० सदस्यहरुवीच २७ करोडको कारोवार गरिरहेको छ । समुदायमा आधारित सदस्यकेन्द्रीत संस्थाको रुपमा काम गरिरहेको हातेमालो २ नं. प्रदेशको सर्वोत्कृष्ट संस्थाको रुपमा क्रियाशिल छ । दशौं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रुपमा विविध रचनात्मक क्रियाकलाप गरिरहेको संस्थाले जेठ १९ गते दिपावली र जेठ २० गते स्थापना दिवस विशेष कार्यक्रम आयोजना गर्दैछ ।

Back to top