संविधान संशोधनको ग्यारेन्टी सरकारले गरे निर्वाचनमा जान -महामन्त्री सोनल

1076

Share
  •  
  •  
  •  

वीरगन्ज १८ जेठ राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनको ग्यारेन्टी सरकारले गरे राष्ट्रिय जनता पार्टी स्थानीय तहको निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ ।
बाराको देवताल गाँउपालिकाको अमवामा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री सोनलले संविधान संशोधनको ग्यारेन्टी र सरकारले तत्काल गर्नु पर्ने काम गरि दिए असार १४ को चुनावमा राष्ट्रिय जनता पार्टी जान तयार रहेको स्पष्ट पार्नु भयो ।
उहाले भन्नु भयो ,‘ सरकारले संविधान संशोधनको ग्यारेन्टी गरोस् , मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गरिदिओस् ,झुठा मुद्धा फिर्ता र शहिद घोषणाको प्रकृया अगाडि बढाओस् हामी चुनावमा जान तयार छौं ।
केहि दिन अघि सरकारले मधेसमा २२ वटा स्थानीय तहको संख्या थप गर्न गरेको निर्णय लागु नहुनुमा एमाले नै मुख्य दोषी रहेको भन्दै महामन्त्री सोनलले भन्नु भयो , संख्या थप्ने सरकारको निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट हाल्ने व्याक्ति , बहश गर्ने वकिल र अन्तरिम आदेश जारी गर्ने न्यायधिश सबै एमाले नै हुन् , यसबाट पनि पुष्टि हुन्छ कि एमाले मधेस विरोधी दल हो , उसले मधेसीलाइ अधिकार सम्पन्न बनाउन चाहदैन ।
राष्ट्रिय जनता पार्टीका महामन्त्री सोनलले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाइ धोकेबाजको संज्ञा दिनु भयो ।
मधेस र मधेसीको अधिकार प्राप्तिको संघर्षमा रहकै बला उपेन्द्रले बिच बाटोमै छाडेर धोका दिएको भन्दै सोनलले भन्नु भयो ,‘आफुलाइ मधेसको मसिहा भन्ने उपेन्द्रले अहिले मात्र नभइ २०६४ सालको मधेस आन्दोलनमा पनि मधेसी जनतालाइ धोका दिएर सरकारसंग सम्झौता गरेका थिए , अब उनीबाट मधेसी जनता सजग र सतर्क हुनुपर्छ ।
मधेसको मुराठा बाँधेर लललीप खानका लागि पहिलो चरणको चुनावमा भाग लिएका उपेन्द्रलाइ पहाडका जनताले लोप्पा खुवाएर पठाइदिएको सोनलले बताउनु भयो ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र अहिले चु्नाव चिन्ह नपाएको बहानामा राष्ट्रिय जनता पार्टी चुनावमा जान नमानेको भन्दै भ्रामक प्रचार गर्दै हिडेको भन्दै महामन्त्री सोनलले भन्नु भयो ,‘ राजपाको अहिलेको आन्दोलन चुनाव चिन्हका लागि होइन , मधेसको अधिकारका लागि हो , राजपासंग ६÷६ वटा चुनाव चिन्ह छ , उपेन्द्रजीले राजपाको चुनाव चिन्हको बारेमा टेन्सन लिनु पर्दैन ।
राष्टिय जनता पार्टीका स्थानीय नेता जोगेन्द्र महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु श्याम गुप्ता , पिंकी यादव ,जिल्ला अध्यक्ष नवलकिशोर सिंह , विधार्थी नेता सन्तोष यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा काँग्रेस , एमाले लगायतका पार्टी परित्याग गरि दुइ सय २५ जना राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेको राष्टिय जनता पार्टी बाराका प्रवक्ता रमेश सर्राफले जानकारी दिनु भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here