×

वीरगन्ज १८ जेठ बिरगंजको घण्टाघर स्थीत रहेको टांगा स्टेनमा ना.४ खा. ४४९८ नम्बरको ट्रकले ना.३२ प.२४२३ नम्बरको मोटरसाईकललाई एक्कासी ठक्कर दिंदा मोटरसाईकलका चालक र सह चालक सिक्स्त घाईती भएका छन । घाईती मोटर साईकलका चालक बिरगंज वार्ड नम्बर २ निवासी सकलेन अखतर, र सह चालक बिरगंज वार्ड नम्बर १८ निवासी महम्मद मखबुलको उपचार नारायणी उप क्षेत्रीय अस्पतालमा भई रहेको छ । ट्रक चालक मिलन थपलिया र ट्रकलाई जिल्ला प्रहरी पर्साले आफनो नियन्त्रणमा लिएको छ ।

Back to top