×

वीरगंज, जेठ जनता आवास कार्यक्रमको बैठक बसी सदस्य मनोयन गर्नुको साथै जनता आवास कार्यक्रम सम्पन्न गर्न पाँचवटै निर्वाचन क्ष्Fेत्रमा २०० का दरले भवन निर्माण गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा सम्पन्न बैठकले जनता आवास समन्वय समितिमा रिक्त रहेको दुई पदमा लक्षित वर्गका तर्फबाट बुनेल राम, बृजलाल पासवानलाई सदस्य मनोनीत गरेको छ ।

त्यसैगरी बैठकले पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा २०० का दरले १ हजार घर निर्माण गर्न तत्काल समिति बनाउने र सम्झौता गरी काम शुरु गर्ने निर्णय गरेको बताइएको छ । बैठक जनता आवास कार्यक्रम पर्साका अध्यक्ष्F सांसद राजेन्द्रबहादुर अमात्यको संयोजकत्वमा बसेको थियो भने बैठकमा सांसद विचारी यादव, सुरेन्द्रप्रसाद कुर्मी, प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रमुख मालपोत अधिकृत सनत द्विवेदी, खानेपानीका इन्जि. दिनेशप्रसाद साह, वनका प्रतिनिधि वशिष्टनारायण पटेललगायतको उपस्थिति रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय पर्साका इन्जिनियर सबरे आलमले बताए ।

Back to top