×

वीरगंज, जेठ जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले विश्व धूमपान तथा सुर्तीरहित दिवस औपचारिकता पूरा गर्न मात्र मनाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रजिअ दुर्गादत्त पौडेल कार्यक्रमस्थलमैं पडकिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले ३१ मेमा मनाइने विश्व धूमपान तथा सुर्तीरहित दिवस कार्यालयको बन्द कोठाभित्र मनाएको भन्दै कार्यक्रमका प्रमुख अतिथि सप्रजिअ पौडेल रिसाएका थिए । उनले सार्वजनिक चासोको विषय रहेको धूमपान तथा सुर्तीरहित दिवस सार्वजनिकस्थलमा आयोजना गर्नुपर्ने बताए । उनले दिवसको अवसरमा ¥याली ननिकालिएकोमा पनि आपत्ति जनाए ।

प्रमुख अतिथि पौडेलले दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले वितरण गरेको प्रचार सामग्री सन् २०१० कै वितरण गरिएको भनी हपारे । सन् २०१७ चलिरहेको बेलामा ६ वर्ष पुरानो प्रचार सामग्री वितरण गरेर आम मानिससहित पत्रकारहरूलाई पनि भ्रमित सूचना दिएको भनी उनले आगामी दिनमा एक वर्ष अगाडिको तथ्याङ्कसहितको प्रचार सामग्री वितरण गर्न निर्देशन दिए ।

पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F श्याम बन्जाराले पनि सार्वजनिक महŒवको कार्यक्रम झारा टार्ने तरिकाले कार्यालयको बन्द कोठामा गरिएकोमा विरोध गरे । उनले शिक्ष्Fा र स्वास्थ्यमा सरकारको सबैभन्दा बढी लगानी रहेको र यही क्षेत्र चरम आर्थिक अनियमितताको कारण सबैभन्दा पछाडि परेको भनी आलोचना गरे ।

उनले स्वास्थ्य क्ष्Fेत्र आम मानिसको सरोकारको विषय भएकोले यससँग सम्बन्धित कामहरू पारदर्शी तरिकाबाट इमानदारितापूर्वक गर्न सुझाव दिए ।

कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पडितको अध्यक्ष्Fतामा भएको थियो भने कार्यक्रमको सहजीकरण अमलेश्वर मिश्राले गरेका थिए ।

ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा धूमपान तथा सुर्तीरहित दिवस सम्पन्न

ष्ठलगायतको सहभागिता थियो ।

Back to top