×

वीरगन्ज १४ भदौ वडा प्रहरी कार्यालय, श्रीपुरले चालक अनुमतिपत्रको लागि प्रशिक्षण लिएको प्रमाणपत्र बिक्री गरेको आरोपमा चारजना सञ्चालकलाई पक्राउ गरेको छ । जीप, कार, डिलेभरी भ्यान, टेम्पो, मिनी बस, ट्याक्टर चलाउन लाइसेन्स चाहिने र लाइसेन्स लिन प्रशिक्षण प्रमाणपत्र आवश्यक पर्ने हु“दा सञ्चालकहरूले नारायणी यातायात व्यवस्था कार्यालय अगाडि बिक्री गरिरहेको सूचना पाएर प्रहरीले पक्राउ गरेको वप्रका श्रीपुरका प्रनि ऋषिराज ढुगानाले बताए । पक्राउ पर्नेमा नारायणी ड्राइभिङ सेन्टरका सञ्चालक विकास बैठा, अधिकारी ड्राइभिङ सेन्टरका विमल अधिकारी, बाबा ड्राइभिङ सेन्टरका श्याम सिंह क्षत्री, श्रेष्ठ ड्राइभिङ सेन्टरका दीपक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मोटो रकम लिई नक्कली प्रशिक्ष्ँणपत्र बनाउने गरेको तथा ती ड्राइभिङ सेन्टरहरू यातायात कार्यालयबाट अनुमतिसमेत नलिएको प्रहरीको भनाइ छ । बाहिरबाट आएका व्यक्तिहरूलाई झुक्याई सो प्रमाणपत्र दिंदै आएको क्रममा प्रहरीले चारजनास“गै ड्राइभिङ सेन्टरको आवश्यक कागजात, प्रमाणपत्र, छाप–मोहर तथा फोटाहरू, अन्य व्यक्तिको नागरिकताहरू बरामद गरेको छ । लामो समयदेखि वीरगंजमा सञ्चालित एक दर्जनभन्दा बढी ड्राइभिङ सेन्टरहरूले नक्कली प्रमाणपत्र बनाइदिने र सोही आधारमा यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र पनि दिंदै आएको थियो । चारजना सञ्चालक पक्राउ परेपछि आज नारायणी यातायात व्यवस्था कार्यालयमा लाइसेन्स निवेदन दर्तासमेत रोकिएको छ । अन्य सञ्चालक फरार छन् । चालक अनुमतिपत्र लिन आएका विभिन्न जिल्लाका व्यक्तिहरू आज यातायात व्यवस्था कार्यालय अगाडि अलपत्र परेका थिए ।

श्रोत http://www.prateekdaily.com/2016/08/blog-post_982.html

Back to top