×

वीरगंज, जेठ १७ - नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार बिष्टका अनुसार ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरी पटवाल प्रशिक्षकमा नियुक्त भएका हुन् ।

पटवालको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराउने छ । ‘पटवाल नेपाल आइसकेका छन् । उनको पारिश्रमिक पनि आईसीसीले नै उपलब्ध गराउने छ सदस्य सचिव बिष्टले जानकारी दिएका छन् ।

सदस्य सचिव बिष्टले राखेपले प्रशिक्षक उपलब्ध गराउनका लागि आईसीसीसँग अनुरोध गरेको थियो । सोही अनुसार आईसीसीले पटवाललाई प्रशिक्षकका रुपमा पठाउने निर्णय गरेको हो ।

‘हामीले आगामी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई ध्यानमा राखी आईसीसीसँग प्रशिक्षकको माग गरेका थियौं’, बिष्टले भने, ‘पटवालको पारिश्रमिक आईसीसीले राखेपको खातामा पठाउने सहमती भएको छ ।’ पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

Back to top