×

बारा २० भाद्र नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्यायले बाराका अग्रज संचारकर्मीहरुलाई ल्याएको पेन्सनको ब्यवस्था नितिलाई बाराका संचारकर्मीको संगठनका अध्यक्षहरुले सहमती जनाएका छन ।

पचास वर्ष नाघिसकेका वा २० वर्ष देखी पत्रकारीता गरेका पत्रकारको हकमा महासंघले सदस्यता नविकरण गर्ने तथा २५ वर्ष देखी पत्रकारीता गरेका वा ५५ वर्ष उमेर पुगेका पत्रकारको हकमा मासिक रु ५००।– प्रोत्साहन भत्ताको ब्यवस्था गरेको छ ।हाल बारामा गम्भिरा सहनी, सत्य प्रकाश श्रेष्ठ, रेशम तिवारी, अजयराज गौतम, रामेश्वर मेहत्ता लगायतका संचारकमीहरुले यो सुबिधा पाउने अध्यक्ष उपाध्यायले बताए । त्यसतै महासंघका सबै सदस्यहरुको एक लाख बराबरको दुर्घटना बिमा समेत गराउने निर्णय गरीएका बताए ।

बैठकमा अध्यक्ष उपाध्यायले आफ्नो कार्यकालमा सबै संचारकमीहरुको सहयोगमा महासंघले गरेका कार्यहरुको सार्वजनीक गरेका थिए । उनले बारामा पहिलो पटक महासंघका मध्यामन्चल बैठक गढिमाईमा राख्न सफल भएको बताएका छन । त्यसतैे केन्द्रिय अधिवेशनका बेला चितवनमा बाराका सम्पूर्ण संचारकर्मीलाई धोती , कुर्ता, गमछा तथा ढाका टोपी लगाई बारालाई चिनाउन सफल भएका थिए । त्यसतै संचारकर्मीहरुको लागी महालक्ष्मि फाईनान्समा कल्याण कोष र पुरस्कार कोषको स्थापना गरेका जानकारी गराए । त्यस्ते सुबिधा सम्पन्न दुई तल्ले भवन बनाउने कार्य अन्तिम चरणमा पुगेका बताए । उनले भवनमा सुचना केन्द्र, पुस्तकालय, अतिथि कक्ष, ब्यवस्थित बैठक कोठाको तयार हुन लागेको बताएका छन । भवन बनाउन सभासद फरमुल्ला मसुंरले संसदिय विकास कोषबाट रु ७ लाख र जिबिस तथा नगरपालिकाहरुबाट सहयोग भएको बताएका थिए ।

त्सस्तै बाराको सिम्रौनगढ नगरपालिका , महागढीमाई नगरपालिका , गढीमाई नगरपालिका , तथा कोहल्वी नगरपालिका कार्यालयहरुमा महासंघको सुचना केन्द्र खोल्नको निमित विषेश पहल गरीएका अध्यक्ष उपाध्यायले बताए । उनले ति नगरपालिकाहरुको परिषदमा सुचना केन्द्र खोल्ने निर्णय गर्न सहयोग गरेका राजनैतिक दलहरुलाई प्रति कृतज्ञता जनाएका थिए ।

Back to top