×

वीरगन्ज भदौ वीरगञ्जमा अत्याधुनिक सेवा सुविधा भएको होटल सञ्चालनमा आउने भएको छ । ६० करोडको लगानीमा निर्माणधिन चारतारे होटल दियालो प्रा.ली. एक वर्षभित्रमा सञ्चालनमा आउने सञ्चालकले बताएका छन् । होटेलका सञ्चालक मध्येका एक सभासद अनिल रुंगटा भन्छन, “धमाधम काम भइरहेको छ, अर्को दशैंसम्ममा सञ्चालनमा ल्याउँछौ ।” आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जमा व्यवसायिक र औद्योगिक वातावरण, दुई नं. प्रदेशको राजधानी बन्ने संभावना र भारतबाट नेपालप्रवेश गर्ने मुख्य नाका भएकोले स्तरीय होटलको आवश्यकता महशुस गरेर होटलमा लगानी गरिएको सांसद रुंगटाले बताए । पुरानो होटल दियालो र जग्गा खरिद गरी ४ तारे सरहको सुविधा उपलब्ध गराउने गरी दश तलाको होटल सञ्चालन गरिने लगानीकर्ताहरु बताउँछन् । तीन कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको होटलको भुइतल्लामा पार्किग, रेष्टुरेन्ट तथा बार, पहिलो तल्लामा ५ सय जना अटने २ वटा ब्यांक्वेट हल, दोस्रो तल्लामा स्विीमिङग पुल, तेस्रोमा क्यासिनो, चौथौ देखि ८ तल्लासम्म अरामदायी कोठाहरु, नौं तल्लामा रिसेट रेष्टूराँ सञ्चालन गरिने होटलका प्रबन्धक गुन्जन लोहियाले बताए ।

Back to top