×

मधेस आन्दोलन २०७२ को भदौ १४ र १५ गते वीरगंजमा प्रहरीको गोलीबाट मारिएका ६ जना मधेसी सपूतको सम्झनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यही भदौ १५ गतेदेखि मनाउने भनेको शहीद सप्ताह अन्तर्गत भदौ २१ गतेसम्म मनाउने कार्यक्रम आजदेखि स्थगित गरेको छ ।

भदौ १४ गतेदेखि शहीद सप्ताह मनाउनुपर्नेमा मधेस आन्दोलन २०७२ मा शहादत प्राप्त गरेका शहीदहरूलाई बिर्सेको मोर्चाले सञ्चार माध्यममा शहीदहरूको सम्झना नगरिएको समाचारपछि हतार हतारमा भदौ १५ गते बैठक गरेर सोही दिनदेखि शहीद सप्ताह मनाउने निर्णय गरेको थियो ।

पूर्व तयारीबिना आलोचनाबाट मुक्त हुन मोर्चाले शहीद सप्ताह साताव्यापी मनाउने घोषणा गर्दै भदौ १८ गतेसम्म अन्तत्र्रिmया गरेको थियो ।

आज घण्टाघरमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म फोटो प्रदर्शनी, भोलि ओम इन्टरनेशनलमा निबन्ध प्रतियोगिता र भदौ २१ गते श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम स्थगित गरेको हो ।

मोर्चाको बैठकले तीन दिनदेखि लगातार भइरहेको वर्षाको कारण प्रतिकूल मौसम भएको कारण देखाएर शहीद सप्ताह स्थगित गरेको हो । जबकि वीरगंजमा भदौ १८ गते दिनभर घाम लाग्ने, पानी पर्ने क्रम जारी रह्यो भने साँझदेखि सिमसिमे पानी भदौ १९ गते बिहानसम्म प¥यो ।

दिनभरि प्रचण्ड घाम लागेर मानिसहरू गर्मीले त्राहिमाम भइरहेको बेला मोर्चाले झारा टार्ने हिसाबले विज्ञप्ति जारी गरी मौसमको कारण जनाई शहीद सप्ताह स्थगित गरेकोमा धेरैले आलोचना गरेका छन् ।

हतारमा निर्णय गर्नु नहुने र निर्णय गरेपछि सोको कार्यान्वयन गरी देखाउनुपर्ने उनीहरूले प्रतिक्रिया दिएका छन् ।आजको प्रतीक दैनीकबाट

Back to top