You are here: HomeसमाजItems filtered by date: Monday, 10 April 2017

वीरगन्ज २८ चैत सघीय समाजबादी फोरम नेपाल पर्साले सोमवार औराहाँ पचगवामा आयोजना गरेको बृहत् पार्टी प्रबेश कार्यक्रममा पुर्ब मन्त्री मोहनलाल चौधरी समेत बिभिन्न पार्टी छोडेर आएकाहरुलाई पार्टी प्रवेश गराएको छ । आगामी निर्वाचनको राणनीतको रुपमा फोरम नेपालले भारी ठुलो जनसभाविच बृहद पार्टी प्रवेस कार्यक्रम गराएको भनिए पनि सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ‘पहिले संविधान स.सोधधन त्यसपछि मात्र चुनाव’ मान्ने बताए । 

‘संबिधान संसोधन अगाडी कुनै पनि हालतमा निर्वाचन मान्य हुदैन, दुनिया कुनै पपनि दोकतान्त्रिक मुलु्कमा नभएको कुरा अहिले सरकारले सेना लगाएर मधेशमा चुनाव गराउनन चाहिरहेको छ,’ उनले भने, ‘यसबाट थप अशान्ति सृजना हुने छ । सरकारले सेनाको बलमा मधेशलाई कब्जामा लिएर चुनाव गराउछुँ भन्ने गलत बाटो लिएको छ ।’ उनले स्थानीय निर्वाचन प्रान्तीय सरकारको मातहतको बिषय हुने भएकोले केन्द्रीय सरकारले यो गराउनु नहुने बताए । ‘पहिले प्रान्तको निर्वाचन भएर आएको प्रान्तीय सरकारले निर्वाचन गराउने हो,’ नेता यादवले भने, ‘केन्द्र आफैले स्थानीय निर्वाचन गराएर संघीयतालाई तुहाउन खोजेको छ ।’ 

सरकार र मुख्य दलहरु मधेसी मोर्चासँग वार्ता गरी निकास निकाल्न इमान्दार भुमिका नगरेको उनले आरोप लगाए । फोरम पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रवेश गरेर आएका पुर्वमन्त्री चौधरीको जिल्लका पुराना नेता र थारु समुदायमा बलियो पकड रहेको मानिन्छन् । ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य रामनरेश यादव, एमालेका राष्ट्रिय परिषद सदस्य जितेन्द्र यादव, पुर्ब गाविस अधयक्षहरूमा नागेन्नद्र यादव, सलीम असारी, भुपदेव राय थारू, काशीप्रसाद यादव, मुखदेव पँजीयार,  शिव राय थारू, कÞासिम असारी, रूपनरायण पटेल गौरीशंकर प्रसाद कलाकार मुखÞतार अंसारी काँग्रेसका पुर्व क्षेत्रीय सभापति खुर्रम आलम लगायतलाई पार्टी अध्यक्ष यादवले माला र टिका लगाई पार्टी प्रवेश गराए । 

 

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012