You are here: HomeसमाजItems filtered by date: Saturday, 01 April 2017

वीरगन्ज,१९ चैत । विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पाटीृमा प्रवेश गरेका छन  । तमलोपा पर्साले आज वीरगन्जको  मनियारीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रैस ,एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेको  सयौं जना तमलोपामा प्रवेश गरेका हुन ।

 विभिन्न पार्टी परित्याग गरी आएका नव प्रवेशीहरुलाई पार्टीका प्रवक्ता एवम् केन्द्रिय सदस्य विमल प्रसाद श्रीवास्तव र केन्द्रिय सदस्य एवम् सांसद रमेश कुर्मीले अविरको टिका  लगाई पार्टीका स्वाग गर्नुभएको थियो ।

कार्यक्रमलाइृ समबोधन गर्दै पार्टी प्रवक्ता श्रीवास्तवले मधेसवादी दलकै गलत कृयाकलापको कारण मधेसीलाई अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गर्नु भयो। उहाँले मधेसीको  मुक्तीको नाममा खोलिउको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पनी गर्दै श्रीवास्तवले त्यसका दलहरुलाइृ आउने निर्वाचनमा मधेसी जनताले आफनो मतदानबाट तह लगाउने बताउनु भयो।

 कार्यक्रममा सांसद कुर्मीले काँग्रेस एमालले भन्दा पहिले निवार्चन कार्यालयमा दर्ता गराई कही मधेसी दलले आफनो चरित्रलाई उजागर गरेको बताउनु भयो। उहाँले मोर्चाको निर्णय बगेर निर्वाचन कार्यालयमा दल दर्ता गराउने मधेसवादी दल मधेसी विरोधी भएको धारण राख्दै सांसद कुर्मीले  त्यसता दललाई मतदान नगर्न मधेसी जनतालाई अपिल गर्नु भयो।

कार्यक्रममा तमलोपा पर्साका अध्यक्ष पुरुषोत्मलाल झा लगायतका वक्ताले संविधान संशोधन नभए सम्म निर्वाचन हुननदिने धारणा व्यक्त गरेका थिए । 

Published in समाचार

वीरगन्ज १९ चैत वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा पनि आज फोरम नेपालले पर्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा वडा नम्बर १७ का पुर्व वडा अध्यक्ष एंव राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता भरत प्रसाद कुर्मी सहित पुर्व नगर परिषद सदस्य अब्दुल अलीम अन्सारी, धुरेन्द्र प्रसाद कुर्मी, सिकेन्द्र पटेल , जमुनी राउत कुर्मी गरि एक सय जना फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए । 

फोरम नेपालका वडा कमिटीका अध्यक्ष रफिक अन्सारीको अध्यक्षता एंव फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोरम नेपाल पर्साका अध्यक्ष यादव , विजय सरावगी, क्षेत्रीय अध्यक्ष कामेश पडित ,शिक्षक फोरमका उपाध्यक्ष अम्बुज सिंह, मुस्लिम फोरमका केन्द्रिय सदस्य रहुब अन्सारी , जिल्ला  सदस्य अजाद अन्सारी लगायतको उपस्थिती रहेको थियो  ।

Published in समाचार

विन्दुभुषण साह वीरगंज,१९ चैत पर्सा क्षेत्र नं.२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो । खेलकुद समाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले खेलाडी देशको गहना भएकोले खेलाडीको संरक्षण र बिकासमा आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सांसद यादवले खेलाडीहरुलाई निसंकोच भएर  खेलमा अगाडी बढन आग्रह गर्दै खेलकुद समाग्रीको लागि चिन्ता नलिन आग्रह गरेका थिए । नेकपा एमाले वडा नं. २३  प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु प्रसाद यादवको सभापतित्वमा सम्पन्न खेलकुद समाग्री बितरण कार्यक्रममा अथितीहरु मध्यमांचल फुटबल प्रशिक्षक एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सल्लाहकार हरी बहादुर श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पर्साका उपाध्यक्ष दिपक तिवारी, एमालेका स्थानिय नेता राजकुमार सिंह, अमल यादव, रामनाथ यादव,असरफी राउत अहिर, राजेश यादव लगायत खेलाडीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण राकेश साह गोंडले गरेका थिए ।

 

 

Published in समाचार

 वीरगंज,१९ चैत संघीय समाजबादी फोरम नेपाल पर्साले आज वीरगंज वडा नं. १३ मा बृहत पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन गरेको छ । पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा अधिवक्ता सतोष श्रीवास्तव,प्याबसन पर्साका पुर्ब सचिव शिव गुप्ता,कलवार समाजका कोषाध्यक्ष एवं कांग्रेस का स्थानीय नेता पुनम गुप्ता उद्योगी तथा व्यारपारीहरु पवन भगेडिया,क्याल ग्रुपका निर्देशक सुरेश क्याल खुद्रा व्यवसायी संघ बीरगजको पुर्ब अधयक्ष पवन कुमार सिसका लगायत बिभिन्न पार्टी परित्याग गरि २५० जना फोरम नेपालमा प्रबेश गरेको जिल्ला अध्यक्ष प्रदिप यादवले जानकारी दिनुभयो । नव प्रबेशीहरूलाई पार्टीका केन्द्रिय उपाध्यक्ष तथा सासद लालबाबु राउत फुलमाला  तथा अबिर लगाइ पार्टी प्रबेश तथा सम्मान गर्नुभएकोे । कार्यक्रममा पार्टीकी नेतृ तथा पुर्ब मन्त्री करिमा बेगम ,नेता तथां उधोगपती बिजय सरावगी नेता कार्यकताहरुको उपस्थिति रहेको अध्यक्ष यादवले बताउनुभयो ।

 

Published in समाचार

बारा १९ चैत बाराको भलुही भरवलिया गाबिसको त्रिवेणी टोलमा कार्यकरता भेलालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रीक पार्टीका महामन्त्री जितेन्द्र सोनलले सरकार र मधेशी मोर्च बिच कुनै प्रकारको सहमति नभएको र सरकारले मोर्चा संग सहमति भएको झुठो भ्रम फैलाएको ले भ्रममा नपर्न तथा आन्दोलनको तैयारी गर्न कार्यकरतालाई निर्देशन दिएका छन । मधेशीको अधिकार प्रप्त नभए सम्म मधेशमा कुनै निर्वाचन हुन नदिने नेता सोनलले कार्यक्रममा भनेका छन । संविधान केही बुदां मात्र संसोधन गरेर मात्र मधेशको मांग पुरा हुने नभएकोले सिमांकनको सवालमा संविधानको धारा २७४ सिमांकन हेरफेरको बाधक रहेको ले धारा २७४ संसोधन नगरिए संसोधनको कुनै औचितय नहुने भएकोले संसोधन भनेर होईन गरेर हुन्छ त्यसैले सरकार संसोधन को ढोल पिटनुको सट्टा संसोधन गरेर देखाउन मांग गरेका छन ।कार्यक्रममा क्षेत्रिय अध्यसिक्ष सिताराम गुप्ता , सचिव जवाहर महतो ,जिल्ला सदस्य बिन्दा यादव , मदन साह लोहा यादव ,तमबि फ्रन्ट बारा अध्यक्ष संतोष यादव लगायतले मन्तबय राखेका थिए ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012