You are here: Homeसमाजसमाजवीरगंज शहरका निर्माता को हुन् ? - चन्द्रकिशोर

वीरगंज शहरका निर्माता को हुन् ? - चन्द्रकिशोर

Written by  Published in समाज Monday, 14 November 2016 13:28
Rate this item
(1 Vote)

वीरगंज शहरलाई अनेकौ विशेषणले चिन्ने र चिनाइने गरिन्छ, नेपालको प्रवेशद्वार, क्रान्तिद्धार, प्रथम मुक्त क्षेत्र, आर्थिक राजधानी, तराईकी रानी, भोजपुरीको हृदय प्रदेश आदि । मध्य तराईको ऐतिहासिक शहर वीरगंज जो अन्तर्राष्ट्रिय सीमास“गसमेत जोडिएको छ, इतिहासका महŒवपूर्ण कालखण्डहरूमा यो शहर र यो क्षेत्रको चर्चा भएको पाइन्छ । वीरगंज शहर वर्तमानको आप्mनो हैसियत र खुबीले गर्दा अब क्षेत्रकै रूपमा परिचय पाउन थालेको छ । अर्थात् वीरगंजले केवल उपमहानगरपालिका भित्रको परिधिलाई मात्र पहिचान दिंदैन यसभन्दा बाहिरको क्षेत्रलाई पनि प्रतिनिधित्व गर्न थालेको छ । जसलाई ग्रेटर वीरगंजको नामले आकार दिने प्रयत्न हु“दैछ ।

    वीरगंज शहर राणाकालीन प्रधानमन्त्री वीरशम्शेरको नामस“ग बसाइएको भनिन्छ, राजधानी शहर काठमाडौस“गको भोैगोलिक निकटता, भारतीय रेल्वे स्टेशन नजिकमा हुनु, तराईको समतल भूभाग, सीमावर्ती अवस्थिति र नेपाली भूगोलको मध्य क्षेत्रमा हुनुजस्ता पक्षले यो शहरको विकासलाई प्रारम्भिक समयमा बल दिएको भेटिन्छ । नेपाली उद्योगीकरणको पहिला प्रयत्नहरूको पाइला यहा“ टेकिने अवसर जु¥यो । विद्यालय, क्याम्पस, दूरसञ्चार, राजमार्ग, अस्पताल, प्रशासनिक संरचना, विद्युत्प्लान्ट, खानेपानी व्यवस्थापनजस्ता कतिपय पक्षमा काठमाडौं बाहिर वीरगंजले नै सुविधा पाएको छ । शहरका भौतिक पूर्वाधारहरू मात्र होइन, यहा“को कला संस्कृति, सामाजिक व्यवहारजस्ता पक्षले पनि शहरको पहिचान दिइराखेका हुन्छ । यी सबै कुरा कुनै एउटै व्यक्ति–विशेषको प्रयत्नले सम्भव हु“दैन, इतिहासदेखि वर्तमानसम्म आइपुग्दा सैकडौं व्यक्तिको दूरदृष्टि, समर्पण र पहलले वीरगजले आप्mनो गति बनाउन सम्भव भएको छ ।

    २३ साउन २०१९ को गोरखापत्रले एउटा खबर छापेको थियो–‘वीरगंजमा यस वर्ष पा“च सय किलोवाट बढी बिजुली उत्पादन गरिने’ । आवश्यक सरसमानहरू बेलाायतबाट झिकाई त्यहां प्लान्ट स्थापना गर्ने बेहोरा खबरले दिन्छ । जलस्रोतविद् अजय दीक्षितले गोरखापत्रको पुरानो अड्ढबाट उक्त सूचना पाएपछि गत वर्ष पुषको पहिलो सातातिर मलाई फोन गर्नुभयो, यस सम्बन्धमा थप जानकारीका लागि । यहा“ प्राप्त सूचना थियो– काठमाडौंको फर्पिङमा बिजुली उत्पादन गरेकोे समयमैं यहा“ एक सय किलोवाटको प्लान्ट राखिएको थियो तर पछि हेटौडातिर स्थानान्तरित गरियो । यो सन्दर्भले के देखाउ“छ भने काठमाडौं बाहिर बिजुलीको झिलिमिली पहिले यहीं देखियो ।

    नेपाली फोटो पत्रकारिताको प्रारम्भबिन्दु वीरगंजकै प्रस·स“ग जोडिन पुग्छ । आप्mनो कपासको बगैंचामा श्रीचन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगंज बस्ने १२ वर्षकी सूर्यमति श्रेष्ठनीको तस्वीर गोरखापत्रमा पहिलोपटक वि.स. १९९४ साल वैशाख १३ गते छापिएको थियो । फोटो पत्रकारिताको इतिहास कोर्ने उक्त तस्वीरलाई नेपाली फोटो पत्रकारिताको प्रथम प्रयासको रूपमा अड्ढित गरिएको छ । यसरी नेपाली फोटो पत्रकारिताको आदिकालदेखि नै वीरगंजको नाम जोडिन पुगेको छ ।

    यी सन्दर्भहरूको आलोकमा के भन्न खोजिएको हो भने बिजुली प्लान्टको स्थापना वा पहिलो फोटोको छनोटमा कसै न कसैको दृष्टिचेतले काम पक्कै गरेको होला, ती व्यक्ति को हुन् ? वीरगंज शहरभन्दा पहिले अलौ केन्द्र थियो । अहिले वीरगंज अलौतिर ढल्किंदैछ । यो विषयमा पछि लेखौंला । तर यहा“का पुराना बस्तीहरू गहवा, मुर्ली, घडिअर्वा कसरी फेरिए, बिर्ता र छपकैया बजार कसरी जमे, तेजारथ टोलले कसरी नाम पायो, सिर्सिया किनारमा कसरी रानीघाट बस्यो, बारा जिल्लाबाट केही गाउ“हरू कसरी नगरपालिकाभित्र ल्याइयो । शड्ढराचार्यद्वार, घण्टाघर, र·शाला, बालमन्दिर, सभागृह, बस बिसोैनीहरू बनाउ“दा कस कसले मुख्य भूमिका खेलेका थिए, कसको योगदान थियो ?

    अहिले कुनै व्यक्ति विशेषले निजी फाइदाका लागि जग्गा प्लटिङ गर्छ र आप्mनो नाममा बस्तीको नाम राख्छ, तर जब आदर्शनगरको परिकल्पना गरियो त्यहा“ अनेकौ व्यक्तिका निजी खेत थिए, जसलाई अहिलेको आ“खाले हेर्दा अत्यन्त कम मुआब्जामा अधिग्रहण गरियो । जतिखेर आदर्शनगरको प्लटिङ गरेर गुलजार बनाइ“दै थियो त्यतिखेर नै ती पुराना जग्गाधनीहरू भन्दा नया“ धनीहरू लाभमा देखिए । घण्टाघर बस स्टयान्डको लिंकरोड, बाइपास रोड, र·शाला बनाइ“दाताका त्यहा“का अनेकोै जग्गा धनीहरू अहिले अज्ञात छन् । उनीहरूले पाएको मुआब्जा अत्यन्त थोरै थियो । तर उनीहरूले एउटा सुन्दर शहरको सपना बा“च्दै आपूmले नोक्सानी बेहोरे । उनीहरूको योगदान के कम छ ? महलभन्दा गुम्बजका इ“टहरूतिर सबैको आ“खा जान्छ तर जगमा थापिएका इ“टहरू ओझलमा पर्छन् । मूलतः वीरगंजमा यसका निर्माताहरूबारे छलफल नेै भएको छैन । एउटा ज्यु“दो शहरले आप्mनो इतिहासलाई स्मृतिमा राख्न सक्नुपर्दछ । यो काम वीरगंज उपमहानगरपालिकाले गर्न सक्थ्यो, कुनै पत्रिका विशेषले कुनै अवसर विशेषमा निर्माताहरूको सूची सड्ढलन गर्न सक्थ्यो, कुनैे इतिहासकारले खोजीको विषय बनाउन सक्थ्यो । तर त्यतातिर अहिलेसम्म खासै प्रयास भएको पाइ“दैन ।

    निर्माताहरूलाई सूचीकृत गर्ने कार्यमा सहज होस् त्यसका लागि पहिले वर्गीकरणमा राखेर हेर्नुपर्ने हुन्छ ।  सहजताका लागि शहरका चिनारीहरू स्थापना कार्यमा अगुवाइ गरेका व्यक्तिहरू, नागरिक संस्थाहरू स्थापना गर्ने व्यक्तिहरू, वीरगंजमा जन्म लिई सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरू, वीरगंज घर भई वृत्ति विकासका लागि अन्यत्र गई आप्mनो क्षेत्रमा सफलता पाएका, वीरगंज बाई च्वाइस् अर्थात् वीरगंजलाई छनोट गरी यसलाई कर्मभूमि बनाई सफलता पाएका, वीरगंज क्षेत्रमा नया“ संरचना विकासमा योगदान दिएको वा शुरुआत गरेको, वीरगंजमा क्रियाशील भई राष्ट्रिय जीवनमा पहिचान बनाएको, सयमक्रममा वीरगंज केही अवधिका लागि आएका र यहा“को समाजमा एउटा प्रभाव छोडेर गएका व्यक्तिहरू, वीरगंंजको भौतिक विकासमा मौन सहयात्री भएका व्यक्तिहरूलाई परिभाषित गर्दै नामावली तयार गर्ने हो भने वीरगंजको निर्माताहरूको सूची तयार गर्न सकिन्छ । वीरगंजमा व्यवस्थित नगर विकासको परिकल्पना गर्ने र त्यसको संरचना खडा गर्न पहल गर्नेहरू, वीरगंजमा दर्शनीय वा समाजोपयोगी भौतिक संंरचना यथा नारायणी र·शाला, घडिअर्वा पोखरी, नगर सभागृह, नारायणी अस्पताल, शड्ढरार्चाय प्रवेशद्वार, बाइपास रोड, बस बिसौनी, घण्टाघर, अलखिया पुस्तकालय, आदर्श पुस्तकालय जो अब भत्किसकेको छ, देवकोटा अध्ययन मण्डल, विद्यापीठहरू, क्याम्पसहरूको स्थापना, निर्माण र संरक्षण गर्नेहरूबारे अहिले पनि पत्तो लगाउन सकिन्छ । नेपाली राष्ट्रिय जीवनका कतिपय महŒवपूर्ण व्यक्तिहरूको जन्म वीरगंजमा भएको छ र त्यो साइनोले यदाकदा वीरगंज आपूmलाई गौरवान्वित महसुस गर्ने गरेको छ । वीरगंजका कतिपय व्यक्ति कूटनीति, प्रशासन, शिक्षा, साहित्य र कला क्षेत्रमा शीर्ष स्थानमा पुगेका छन्, जसलाई अहिलेका पुस्ताले बिर्संदै गएका छन् । यिनीहरूको पनि भूमिका जोडिन पुग्छ । कतिपय यस्ता व्यक्तिहरू पनि छन् जो नेपाली नागरिक थिएनन्, यहा“ नागरिकता पनि लिएनन् तर यहा“को समाजमा उज्यालो छर्ने काम गरे । आधुनिक वीरगंजले उनीहरूको योगदानको सम्झना गर्नैपर्छ । त्यस्तै वीरगंजलाई नै कर्मभूमि बनाई यहा“को सामाजिक जीवनलाई योगदान दिंदै अगाडि बढाउनेहरू पनि अनेकौ छन्, उनीहरूले अरू शहरमा पनि आप्mनो क्षमता प्रदर्शन गरी आप्mनो हैसियत हासिल गर्न सक्थे तर, उनीहरूले वीरगंजलाई रोजे र यहा“को समाजलाई गति दिन आप्mनो पनि भूमिका बनाए । त्यस्तै कुनै सामाजिक, आर्थिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, कानुन व्यवसायजस्ता क्षेत्रमा पहिला वा अगुवा भएर काम गरेकालाई एउटा चिनारी प्राप्त हुन्छ तर उनका काममा सहयोग पु¥याएका, माहौल बनाइदिएकाहरूको नाम ओझलमा पर्छ ।

    वीरगंजमा अहिले कसैले कुनै संस्था विशेषलाई केही धुर जग्गा प्रदान गर्दा ठूलो विभूषण दिने चलन चलेको छ तर वीरगंजमा यस्ता कतिपय व्यक्ति वा संस्था छन् जसको बिघौं सामाजिक काममा प्रयोग भएको छ । तर अहिलेको वीरगंजलाई त्यसको जानकारी छैन । बाल कल्याण समितिको जुन भवन बनाइएको छ त्यसको स्वामी को हो ? त्यस्तै यहा“का मठ–मन्दिर, धर्मशाला, मस्जिद, गुरुद्वारा, चौतारी, घाट, पोखरी बनाउनेहरूमध्ये अनेकौ गुमनाम छन् । अहिले माईस्थान मन्दिरको पुनर्निर्माण हु“दा निर्माण समिति, चन्दादातालगायत सबैको अभिलेख छ तर विगतमा ती मन्दिरहरू बनाइ“दा कसले बनाएको थियो, कस–कसको भूमिका थियो, चा“दीको पिढिया कसले बनायोजस्ता पक्षहरू जानकारीमा छैन । वीरगंजमा जात्रा, मेलाहरू कहिलेदेखि शुरु भयो, कस कसका प्रयास थिए, ती सबको खोजीनीति हुनु बा“की छ ।

    वीरगंजको शिक्षा, स्वास्थ्य, उद्योग, पत्रकारिता, व्यवसाय, सामाजिक क्षेत्र, राजनीति, अधिकारकर्मी, साहित्य, स·ीत, कला, शिल्प, कूटनीति, पर्यटनका क्षेत्रमा कस–कसले काम गरे यी सबको पनि लेखाजोखा हुनैपर्छ । शहरको विस्तारस“गै नया“ पुस्तामा पुराना क्रियाकलापहरूबारे जानकारी गराउनु जरुरी हुन्छ । वीरगंजले आप्mनो सम्झनाको क्षितिजमा पुर्खाहरूबारे सुसुचित हुनै पर्छ । केही यस्ता व्यक्तिहरू पनि छन् जो ज्युदै छन् तर उनीहरू निर्माताको सूचीमा पहिलो पङ्क्तिमा आउने नामहरू हुन् । निर्माताहरूको

सूचीले वीरगंजको बदलिंदो तस्वीर र यहा“को जीवन प्रदर्शित गर्न बल 

पु¥याउ“छ । निर्माताहरूको सूची बनाउने काम एउटा यस्तो प्रदक्षिणा हो जसले वर्तमानको बिन्दुबाट अतीतसम्म आप्mनैबारे अर्थात् यस शहरबारे मसिनो तरिकाले जान्न र केलाउने पुण्य प्रदान गर्दछ ।

Read 961 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012