You are here: Homeसमाजसमाजअन्त्यहीन अस्थिरता- ओमप्रकाश खनाल

अन्त्यहीन अस्थिरता- ओमप्रकाश खनाल

Written by  Published in समाज Monday, 18 July 2016 13:07
Rate this item
(0 votes)

सत्तापरिवर्तन केका लागि ? यो जनहितका निम्ति हुनुपर्ने हो । सिद्धान्तत: राजनीति लोककल्याणमा केन्द्रित हुनुपर्छ । हामीकहाँ राजनीतिबाट नीति गायब भएको छ । राजनीतिको अभीष्ट नेतृत्वको वैयक्तिक स्वार्थबाहेक अन्य हुन सकिराखेको छैन । यतिखेर जारी सत्तापरिवर्तनको खेल यो आचरणको उपक्रम मात्रै हो ।

    राजनीतिक स्थिरता नभई विकासे अपेक्षाहरूले पूर्णता पाउन सम्भव छैन । जबसम्म समृद्धिको जग बलियो हुँदैन, तबसम्म जनता सुखी हुन सक्दैन । सुखी र सम्पन्न जनता नै राजनीतिक स्थिरताका आधारशिला पनि हुन् । यस अर्थमा राजनीतिक स्थायित्व र समृद्धि आपसमा अन्तर्सम्बन्धित छन् । राजनीतिले यो सरल सत्यलाई सधैं बुझ पचाइराखेको छ । अस्थिरताको अन्त्यहीन मञ्चन हेर्न जनता अभिशप्त छ ।

    सत्तामा केपी ओलीको आसन कायम रहनु वा त्यो शीर्षासनमा पुष्पकमल वा अन्य कुनै पात्रको बहाली हुनु/नहुनु आमजनताको रुचि बन्न छोडिसकेको छ । राजनीतिक गर्मीमा स्वार्थको रोटी सेकिराखेका वा पालो पर्खेर बसेका सीमित झुन्डबाहेक अन्यका निम्ति सत्तागणितको हिसाबकिताबमा कुनै लगाव पनि छैन । औसत दैनिकी त अभाव र अनिश्चितताको भासमा भासिंदै गइराखेको छ ।

    राजनीतिक नेतृत्वप्रतिको आक्रोशको प्रमाणिकता निम्ति निकट सन्दर्भहरू नै पर्याप्त हुन सक्दछन् । यो नेतृत्वको अकर्मण्यता र संदिग्ध चालाको परिणाम हो । यति बेलाको सत्तापरिवर्तनको उद्देश्य नीतिगत र जनमैत्री उद्देश्यको उपज होइन भन्ने कसैबाट लुकेको विषय होइन । न सत्ताबाट ओर्लिने बाध्यतामा प्रकट भएका असन्तुष्टिका स्वरहरू जनहितमा केही गर्न सकिएन भन्ने चिन्ताका उत्पादन नै हुन् ।  

    सत्तापरिवर्तनको तानाबाना नेतृत्वको वैयक्तिक सनक र अति महत्त्वाकाङ्क्षाको परिणाम हो भनेर भेउ पाउन दिमागलाई धेरै क्रियाशील बनाइराख्नु जरुरी छैन । कुनै पनि लोककल्याणका एजेन्डा सत्तापरिवर्तनको आधार बन्न सकेका छैनन् । र, यो सत्ताभोगी अभ्यास समकालीन राजनीतिमा नौलो प्रयोग पनि होइन ।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि नै सत्ता बनाउने र गिराउने खेलमा स्वार्थ हाबी भइआएको छ । आन्तरिक स्वार्थ बाह्य रुचिको औजार बनिराखेको छ । यो समयान्तरमा मुलुकले २२ जना प्रधानमन्त्री पाइसकेको छ । रुचिको चलखेलमा कतिपय अकल्पनीय घटना भोगिसकिएको छ । 

    सत्ताखेलमैं राजनीतिमा फुट र गुटको रमिता पनि देखिएकै हो । स्वार्थकै चलखेलमा १० वर्ष लामो हिंसाको पीडा खेप्नुपर्‍यो । अहिले फरक आवरणमैं भएपनि हिंसाका छिटा जारी छन् । निरूपण भइसकेको छैन । यसबीचमा द्रुत गतिमा राजनीतिक परिवर्तन नभएका पनि होइनन् । जनताले भेट्टाउन नसकेको कुरा अपेक्षित स्थायित्व, सुशासन र समृद्धि नै हो ।

    चामत्कारिक उथलपुथल भएन भने अबका केही दिनमा पुष्पकमल दाहाल यो देशको कार्यकारी प्रमुखको कुर्सीमा विराजमान हुनेछन् । संसदीय आयतनमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको भरथेग प्रचण्डलाई छ । यो सत्ताखेल प्रचण्डको महत्त्वाकाङ्क्षाको पूर्णता वा एमालेसितको असन्तुष्टिको बदलाको हिसाबकिताबका निम्ति पर्याप्त हुन सक्दछ । राजनीतिक औचित्य र जनहितका सवालमा भने कान चिरुवा जोगीको उक्तिबाहेक अन्य हुनेछैन । केही राजनीतिक व्यवसायीहरूले सत्तासुख उपभोग गर्नेछन् । यसबाहेक अन्य उपलब्धिको अपेक्षा भने कम्तीमा मौजुदा राजनीतिक आचरणमा मूर्खता मात्रै साबित हुनेछ । 

    ओली नेतृत्वको सरकार गठनसँगै सरकार ढाल्ने योजना तयार भइसकेको विषय राजनीतिक वृत्तका निम्ति नयाँ होइन । सत्ताबाट माओवादीले समर्थन फिर्ता लिएलगत्तै भारतीय राजदूतले राजधानीमा प्रयोजन गरेको भोजका मञ्चनहरू पनि यतिखेर चर्चाको विषय बनेकै छन् । सत्ता कसको स्वार्थ र रुचिमा फेरिंदैछ र राजनीतिक पार्टीहरू कसको गोटी बनिराखेका छन् भन्ने थाहा पाउन उतिसारो मिहिनेतको खाँचो पर्दैन ।

    आन्तरिक राजनीतिमा दक्षिण छिमेकको हस्तक्षेप पनि रहस्यको विषय होइन । न हाम्रा राजनीतिक मसिहाहरूको आचरणलाई नै पर्दाले ढाक्न सकेको छ । एउटै भूमिका एकै पात्रका निम्ति कहिले आशीर्वाद र कहिले अभिशाप जो बन्ने गरेको छ । यस्तो द्वैध मापदण्डको अवसान नभएसम्म स्वाभिमान र स्वाधीनताका कुरा कागजी मात्रै हुनेछन् । 

    दक्षिणको सहयोगमा पार्टीको सुप्रिम पावरमा स्थापित भएदेखि नै सत्तापरिवर्तनको ताकमा रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अभीष्ट यसपटक भने पूरा हुने देखिएको छ । माओवादीलाई भर्‍याङ बनाएर अभीष्टतिर उक्लिने योजनाको कार्यान्वयनमा छन् । बितेको वैशाखमा देउवा र माओवादी नेतृत्वको दिल्ली मिलनको अभीष्ट यतिखेर पूरा भएको छ । 

    दिल्ली भेटको अवतरणमा त्यही भूमिका आशीर्वादमा रूपान्तरण हुनु संयोगको निरन्तरता मात्र पक्कै होइन । न सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन आन्दोलनको मोर्चाबाट संसद्मा लाइन लाग्न पुगेका मधेसवादी यतिखेर आन्दोलनबाटै राजदूतद्वारा प्रायोजित पार्टीमा खुशी साट्न पुग्नु त्यस्तै संयोगको उपक्रम मात्र हो । यो निर्देशित मानसिकताको उपज हो । यही दास मानसिकता नेपालीले अपेक्षामा राखेको स्थायित्व र समृद्धिको मूल अवरोध हो । 

प्रधानमन्त्री ओलीमा प्रकट भएको स्वाभिमानको आवरण मात्र पनि जनताका लागि सहानुभूति र संयमका निम्ति पर्याप्त भइदिनुले नेतृत्वको दास मनोदशा पनि स्पष्ट हुन्छ । मधेस आन्दोलनताका भारतले लगाएको नाकाबन्दीमा जनतामा देखिएको संयमता यसको प्रमाण हो । तर यो परिदृश्यको अवतरण कसरी र कहाँबाट भयो भन्ने पनि राजनीतिक दैनिकीमा सामान्य चासो राख्नेका लागि रहस्यको विषय होइन । बोलीमैं सही, एउटा नेताको राष्ट्रियताको सतही आलाप मात्र पनि धैर्यताका निम्ति पर्याप्त हुनु भनेको प्रकारान्तरले नेतृत्वको औसत आवरण उघारिनुको दसी पनि हो ।

    केपी ओली ९ महिना सत्तामा बसे । गत वैशाख अन्तिमतिरै ढलिसक्ने करिब पक्काजस्तै भएको ओलीको आसनलाई नौ बुँदेको टेकोको भरथेग धेरै चल्न सकेन । भद्र सहमतिको अभद्र मञ्चन सत्ताविघटनको कारण बन्यो । र, माओवादी र काङ्ग्रेसबीच पुन: ९/९ महिने भागबण्डाको सहमति बनेको छ । भद्र सहमतिको अभद्र दुर्गतिसित 

परिचित देउवाले प्रचण्डलाई सत्तासाझेदारीको लिखतमा हस्ताक्षर नै गराए । एमालेसितको भद्र सहमति पालनामा आपैंm पछि फर्किएको काङ्ग्रेसलाई आशङ्काले घेर्नु पनि स्वाभाविकै हो ।

    सहमतिका लिखतको चाङमा उभिएर असहमति ओकल्ने समकालीन राजनीतिको खासियत नै बनेको छ । यस्तो अवस्थामा अलोकतान्त्रिक भागबन्डे सहमति पालना भएन र पुन: सत्तासाझेदारबीच कायम सम्बन्धमा दरार पैदा भए असमान्य दृश्यावली मानिनेछैन । सत्ता निर्माण र विघटनका निम्ति लोकतान्त्रिक मर्मविपरीतका नौला प्रयोग र प्रहसन हाम्रै राजनीतिमा सम्भव छ । पछिल्लो सत्तागणितमा ९ को संयोगको औचित्य समयान्तरमा प्रस्ट हुने नै छ ।

    सत्ताको बहुमतीय आधार भत्किएपछि केपी ओलीले त्यसको मुख्य पात्र काङ्ग्रेसलाई नेतृत्वको आग्रह गरेको समाचार सार्वजनिक भइसकेका छन् । राजनीतिमा यस्ता खेल नवीन प्रयोग पनि होइनन् । आफूलाई धोका दिने माओवादीलाई स्वाद चखाउने ओलीको उपायमा काङ्ग्रेस सभापतिले पानी खन्याइदिए । यो प्रस्ताव नेता रामचन्द्र पौडेलसम्म पुगेको खबरहरू आएका छन् । यसले सत्ताखेलका सम्भावित पहेलीहरूलाई सङ्केत गरिराखेकै छ । 

    ९ महिनापछि माओवादीले सहमति अनुसार काङ्ग्रेसलाई सत्ताको नेतृत्व नदिन बहानाबाजी गरे त्यो आठौं आश्चर्य हुनेछैन । सहमतिको शाब्दिक व्याख्या स्वार्थले प्रभावित हुन सक्दछ । सहमतिको दुर्गति नहोला भनेर पत्याइराख्नुपर्ने आधार राजनीतिले नै सखाप पारिसकेको छ । 

    अल्पमतको कुर्सीमा अडिएका ओली संविधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार आफूलाई फाल्ने उपाय नै नभएको तर्क पनि गर्दैछन् । सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सत्तागणितको अन्तर्य नेतृत्वको वैयक्तिक महत्त्वकाङ्क्षाबाहेक अन्य नभएको प्रमाणित भइसकेकाले ओलीको यो अर्घेल्याइ राजनीतिकरूपमा एमालेकै निम्ति लाभदायी हुनेछैन ।

    आवरणमैं सही, यतिखेर सीमित अडान र देखे/देखाइएका सपनाले ओलीको शैली अन्यभन्दा केही पृथकजस्तो मानिएको छ । काङ्ग्रेस–माओवादी गठबन्धन यतिखेर सत्ताभोगीको झुन्डको हैसियतमा बढी आलोच्य छ । यो अवस्थामा ओलीले नयाँ सत्तानिर्माणको बाटोमा बखेडा नगरे एमालेको निम्ति राजनीतिक लाभ सुरक्षित हुनेछ । अन्यथा ओलीको चित्रण पनि सत्तामुखी पात्रभन्दा अन्य हुनेछैन । संवैधानिक व्यवस्थाका शाब्दिक आशयको स्वार्थजडित व्याख्याभन्दा महत्त्वपूर्ण कार्यभार सङ्क्रमणको निकास हो । सत्ताको चक्रब्युहमा रुमलिएको नेतृत्वले यथार्थतिर आँखा चिम्लिनु सहजताको सङ्केत 

Read 327 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012