You are here: Homeसमाजसमाजअहिलेको अवस्था न जितको र न हारको अवस्थाा हो -दिपेन्द्र झा

अहिलेको अवस्था न जितको र न हारको अवस्थाा हो -दिपेन्द्र झा

Written by  Published in समाज Sunday, 28 February 2016 12:28
Rate this item
(0 votes)

मित्र तुला नारायण साहजीको मधेस आन्दोलन तुहियो भन्ने विचारसंग म पनि सहमत छैन । किनभने मधेश आन्दोलन जारी छ । यो आन्दोलन तबसम्म जारी रहन्छ जबसम्म मधेशी, थारु लगायतका सिमान्तकृत समुदायले मानसम्मान, राज्यको हरेक निकायमा आधा हिस्सेदारी, स्वायत्तता सहितको संघीयता पाँउदैन । फेरी विश्वको विभेद विरुद्धको आन्दोलनको इतिहासलाई हेर्ने हो भने यस्ता संघर्ष लामो हुने गरेको छ । चाहे त्यो दक्षिण अफ्रिको रंगभेद विरुदको आन्दोलन होस वा आयरल्याण्डको पहिचानको आन्दोलन होस् । आन्दोलन संधै एकै नास र स्वरुपको हुदैन । आन्दोलन गर्ने नेतृत्व पनि संधै सफल नै हुन्छ भन्ने पनि हुदैन । फेरि नयाँ नेतृत्व पनि आकासबाट आउने होइन । समय लाग्छ त्यही आन्दोलनवाट निस्किने हो । हामीले नेतृत्वको सार्वजनिक आलोचना गर्दा नेतृत्व नै कमजोर हुने गरी गर्याैं भने त्यो ठाउँ खाली हुन्छ र अर्काे अतिवादले ठाउँ लिने हो । मधेशीदलका नेतृत्वले मधेश आन्दोलनमा जे जति योगदान र संघर्ष गरेका छन् सरहानीय र ऐतिहासिक छ। अहिलेको अवस्था न जितको र न हारको अवस्थाा हो । न त मधेसीले जितेका छन्, न राज्य हारेको छ वा न राज्यले जितेको छ र नत मधेशीले हारेको छ । यो आन्दोलनमा भएको ठुलो शहादत र जनताको योगदानमा यति धेरै शक्ति छ जसले आन्दोलनलाई तुहिन दिदैन भनेममा सबै ढुक भए हुन्छ। तर तुलाजीको बिचार कान्तिपुरमा आएपछि जसरी वहाँको पृष्ठिभूमिलाई लिएर व्यक्तिगत आलोचना गरिएको छ त्यो उपयुक्त होइन । वहाँको मधेसप्रतिको कमिटमेन्टमा तनिक पनि शंका उपशंका नगरियोस् । वहाँले लेख र अनुसन्धान मार्फत मधेशीहरुको अधिकारको सवाल र एजेण्डमा दिएको योगदान अविष्मरणीय छ ।

Read 777 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012