You are here: Homeसमाजसमाजमधेशको मर्ममा मलहम लगाउने को ?

मधेशको मर्ममा मलहम लगाउने को ?

Written by  Published in समाज Sunday, 24 January 2016 13:17
Rate this item
(0 votes)

समान्य अर्थमा भन्नुपर्दा मधेश क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण आमनागरिक मधेशी नै हुन । तसर्थ मधेशीहरुको यो अस्मरणीय पाईलाले जुन आन्दोलनको रुप धारणा गरेको छ त्यो विल्कुलै जायज र नैसर्गिक अधिकार ठहरिने भएको छ । आन्दोलन र मधेशीको प्रगाढ सम्बन्ध बन्न पुगेको छ । पहिलो संविधानसभाबाट गठित राज्य पुर्नसंरचना तथा राज्यशक्ति वाँडफाँड समिति तथा राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेशी, आदिवासी, जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ को धारा ९३८ को १ (क) अनुरुप तराई मधेशमा मेचीदेखि महाकालीसम्मको संरचना निर्माण गर्नुपर्ने, संघीय प्रदेश लगायत राज्यको सम्पुर्ण अंग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुनुपर्ने कुराको प्रत्याभुति हुनुपर्ने , न्यायपालिकालाई संघ राज्यको आधारभुत मान्यता अनुरुप संघीय ढाँचामा रुपान्तरित गर्ने तथा सम्पुर्ण न्यायिक निकायमा समावेशीता प्रादेशिक कानुन बमोजिम हुनुपर्ने, बहुभाषिक नीति लागु गर्नुपर्ने, नागरिकता विवादको समाधान सेनामा मधेशीहरुको प्रवेश साथै वहुराष्टिय राज्यको रुपमापरिभाषित गरी एकल राष्टिय राज्यको अवधारणालाई परिवर्तन गर्नुपर्ने लगायतका मागहरुलाई आज बर्षौदेखि मात्र नभई करिब २४० बर्षको एकल शासनले आज यो अवस्था सुजना गरेको कतिपयको कथन रहेको छ । गत साउनको अन्तिम साता प्रारम्भ भएको मधेश आन्दोलनले विश्वकै सवैभन्दा लामो आन्दोलनलाई अर्थात १ सय ४५ दिने अध्याय पुरा गरिएको छ । नेपाल सरकार मधेशीहरुको जग्गाहरु हड्पेर उनीहरुकै भुमिबाट भगाउने र कमैया, कमलरी र दास जीवन विताउन बाध्य तुल्याए । फलस्वरुप सन १९५१ देखि २००१ सम्ममा मधेशमा ६ प्रतिशतबाट बढेर ३३ प्रतिशत पहाडीहरुको बसोबास हुन पुग्यो । हदको सीमा नाघेर शासकबर्गले मधेशी, थारु, आदिवासीलाई सदाको लागि गुलाम बनाउन अलग नियम कानुन, भुमि हदबन्दी, दण्ड सजायको व्यवस्था गरे । यतिमात्र नभई नागरिकताविहीन राखे, भुमि स्वामित्वदेखि सरकारी जागिरबाट बञ्चित राखे । झन मनमा दुनदनी आगोका लप्काहरु पmुटाउने अमानवीय र नेपाली नभएको घोच्ने शब्दबाट के महसुस गराए कि नेपालमा बस्ने हामी मधेशी नेपाली नै होईन भने काले, मर्सिया, धोती, भेले जस्ता संवोदनले मन भने झनै खिन्न बनायो लाखौ मधेशीहरुको । युवाहरुलाई तराई मधेशमा जारी प्रोजेक्टहरुलाई बन्द गरी , पहाडमा लगि वेरोजगार बनाए , जीवन धान्न पनि धौ धौ पर्ने बनाए यी नेपाली शासकहरुले । अंग्रेजहरुको उपनिवेश कालमा भारतमा मात्र ३ प्रतिशत सैनिक अंग्रेज थिए तर हाम्रो मधेशमा ९५ प्रतिशत सैनिक बाहिरबाट आएका छन जसमा रतिपनि मधेशीहरु छैनन । बलिउड चर्चित अभिनेता ऋतिक रौशनको काण्डा हाओस या नेपालगन्जको काण्ड होस, मुश्लिम र जनजातीमाथिको दुव्र्यवहार अझपनि ताजा नै रहेको छ । नेपाली शासकवर्गले थारु संग्रहालयमा लगाएको आगो, काठमाण्डौमा मस्जिद जलाएको, हाम्रा चेलीवेटीमाथि वेईज्जत र अस्मितासँग भएको खेलबाड अझपनि हाम्रा रगतलाई उमाल्दैछ । पहिलो कुरा यदि कोही उपनिवेश छन वा गुलाम छन कतैका जनता भने स्वतन्त्रता पाउन उनको प्राकेतिक समाधान हो तर हामी अझपनि शोषित नै छौ । औपनिवेशिक सेनालाई मधेशबाट हटाउने पनि जायज आन्दोलनको उपज हो । ०६३–०६४ को मधेश आन्दोलनपछि स्वायत मधेशको सम्झौता हुँदाहुँदै पनि हामीबाट शान्ति, सुख, अमनचयन खोसिन पुग्यो । प्रत्येक १०–१५ बर्षमा बनेको संविधान टुटेकै छ भने मधेशीको हक अधिकार सुनिश्चित नगर्ने यी फर्सी टाउकेहरु ढोगी र लालची स्वभावका छन । राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनआधिकार फोरम ( गणतान्त्रिक ), तराई मधेश राष्ट्रिय अभियान, नेपाल सदभावना पार्टी, तराई मधेश राष्ट्रिय अभियानको गठबन्धन संघीय मधेशी गठबन्धनको साथै तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, सदभावना पार्टी, संघीय समाजवादी फोरम नेपालको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा समावेश सम्पुर्ण मधेशीहरुले आजको आन्दोलनको महसुस गरे । हालसम्म करिब ४ दर्जनभन्दा बढी सर्वसधारणहरुले आफनो ज्यानको वलिदानी दिएका छन । मधेश आन्दोलन सल्काउनुपर्ने आवश्यकता झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुर जिल्लालाई गाभ्नुपर्ने रहेको छ । आजभन्दा करिब ६०–६१ बर्ष पहिले मधेशीलाई काठमाण्डौ जान भिसा लिनुपर्ने हुन्थ्यो । वुद्धको देश, सगरमाथाझै शीर्ष महत्व बोकेका नेपाली, माता जानकीको पावन भुमि यो नेपालमा अव केहीपनि कहलिनुभन्दा पनि मधेशी कहलिन गर्व महसुस गर्नेछु । ०६३– ०६४ को आन्दोलनमा ५४ जना मरे अबको आन्दोलनमा ५४ हजार मधेशीहरु मरेपनि हामी तन, मन, धनले लाग्न सल्लाह दिन चाहन्छु कि यो लडाई विल्कुलै जायज हो । सन्तान थरीथरीका भनेझै कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न । कोई उपेन्द्र महतो जस्तो पासपोर्ट नछोडने, कोई सीके राउत जस्ता आफुलाई नेपाली नभन्ने, कोई वीपी कोईराला जस्ता महान त कोई ओलीजस्ता तुथ, डा गोविन्द केसी जस्ता ज्यान बचाउने त कोई प्रचण्डजस्तो ज्यान लिने कोई माहतवीर पुनः जस्ता शिक्षाको ज्योती फैलाउने त कोई आडकाजीजस्ता गाली गलौज र आपसी कलह सिकाउने । त्यसैले भन्न चाहन्छु “दुध मागे तो खीर दुँगा मधेश मागे तो चिर दुगा ” म र मेरा भविष्य, मेरा अतित । यी यस्ता कुराहरु हुन जुन मलाई भन्दा सोच्दा र महसुस गर्दा निकै खुशी लाग्दछ भने कैयौ गुणा मन रोएर आउँदछ पक्कै पनि यसको कारण देशमा चलिरहेको आपसी द्धनद्ध र बर्षौदेखिको चलिआएको अराजकता । मधेशी, दलित, जनजाती, थारु मात्र नभई देशका एकएक मन र दृश्यहरुलाई चोट पुग्न गएको छ । बुद्धको देश, माता जानकीको पावनभुमी, पुर्खाहरुले अर्जेका मान–सम्मान र संस्कृतिलाई सदैव जोगाई राख्ने राष्ट्रिय गौरब बोकेको ध्वजा आज उल्टै फहराईरहेको छ भने त्यसवाट आउने बीरपुर्खाहरुको रगत धमिलो हुन पुगेको छ । कतै भुकम्पको प्रताडना, कतै चिसो शीतलहर, कतै शासनसत्तामा बसी आफनै पुर्खाले उपहारस्वरुप दिएको मानपदवी ठान्ने फर्सी टाउकेहरुको निच सोचवादी शासकवर्गको अतिवादी सिद्धान्त, दलित र उत्पीडीत वर्गको मनको वहहरु आदिको आवाज यस नेपाल मातृभमीमा गुञ्जयमान हुँदा मेरो यो निर्दोष कानले किन न सुनला त ? ई नयनहरु पनि समाधानका स्पन्दनहरुलाई च्वास्स छुएझै झलकहरु देख्छन भने हृदयले कदापि पनि मान्न तयार छैन । यो दृश्यलाई फकाउन लाखौ कोशिस गर्दा पनि ‘मेरो गोरुको बाह्रै टाका भने झै’ टसमस पनि हुन तयार नभएको भास हुन आएको छ । बिगतका आन्तरिक द्वन्द्व, झडप, नाकावन्दी, तालाबन्दी, बन्दीले पिल्सिएको हामी र हाम्रा व्यथाका कथारुपी पलहरुले जहिलेपनि आन्दोलनरत पक्ष र कानमा तेल राखी कुम्भकर्ण झै सुतिरहेका सुताहा राज्यपक्षका कृदृष्टि नीति बोकेका अगुवा भनिने कीराहरुको समस्या समाधान नहुँदा र वार्ता निष्कर्षमा नपुग्दा गर्भ बोकिरहेका ती वीर सपुतहरुलाई जन्म दिन खप्पिस नेपाली आमाहरुको प्रसव पीडा झनै बढी चरम विन्दुमा पुगिन गएको छ भने आहार नपाए झै जन्मेकाहरु पनि लालनपालनबाट वञ्चित भएका छन । कठयाङ्ग्रिदो चिसोमय र शीतलहरले राम्ररी औलाहरुलाई नचलाई भविष्य कोर्न असमर्थ भएका ती निर्दोष र कलिला देशका कर्णधारहरुले पनि ज्ञान प्राप्त गर्नु धर्म की पाप भन्ने अन्यौलमा हुन । सम्पुर्ण मानिसहरुको आवश्यकता पूरा गर्ने उद्योगधन्दा, कलकारखानाहरुले पनि आन्तरिक र बाह्य रुपमा आर्थिक भारमा मार खेप्दै आफना कामकाजलाई अगाडि बढाउनुको दोष राज्यपक्षलाई नदेला भन्न सकिन्न । कोपिलाझै नयाँ संसारमा फक्रिन खोजिरहेका ती साना बालबालिकाह र तिनका आवश्यकता पुर्ति गर्ने शैक्षिकसंस्था, कलकारखाना बन्दको कारण शोषितवर्ग बर्षौदेखि अलमल्लमा परेको सुनिश्चित भविष्यको छिनोफानो गर्न नसकेका कैयौ राजनीतिक पक्षधरहरु नै हुन भन्ने कुरामा विशेषको औला ठडई सही साबित हुन पुगेको छ । राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा वाहवाही लुट्ने र राष्ट्रियगानका एक–एक शब्दमा वीर सपुतहरुको रगतको सपना साकार बनाउने कथाहरुले आज नेपाली र नेपालीहरुको मनको कुनाकान्द्रामा कालो छिद्र बनाएको छ । डाँफे र लालीगुराँसको चिरचिर आवाज र सुमधुर रमणीयता यस्ता पिसाँचुहरुबाट खोसिन पुगेको छ । चेलीवेटीहरुको ईज्जत र अस्मितामाथि सगरमाथाझै ठुलो प्रश्न चिन्ह खडा भएको छ जसको जवाफ जतिदिन खोज्दा पनि नभेटिने उत्तर नै पाईरहेका छौ । राष्ट्रको गौरव, मानसम्मान मात्र नभई समाजिक, साँस्कृतिक, धार्मिक, राजनैतिक, शैक्षिकजस्ता सम्पुर्ण क्षेत्रहरु नै पुर्णरुपमा नराम्ररी प्रभावित भएको छ । तसर्थ व्यक्तिगत स्वार्थलाई त्यागी राष्ट्रिय हितमा जुटेर सर्वाङ्गीण विकासमा टेवा पुग्ने सोचको विकास गरी आपसी सदभाव, समझदारी र सामीप्यता बढाउनु नै बहादुरी कहलिन पुग्छ । सैद्धान्तिक र प्रयोगात्मक अवस्थालाई चित्रण गरी अर्थतन्त्रलाई बल दिन सक्नुपर्ने धारणा र कार्यलाई अगाडी बढाउनु नै बुद्धिमानी हो ।

Read 409 times

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012