You are here: Homeसमाजसमाजएसएसपी सर्वेन्द्र खनालः ६ महिने कार्यकाल, १ सय ३३ सफलता

एसएसपी सर्वेन्द्र खनालः ६ महिने कार्यकाल, १ सय ३३ सफलता

Written by  Published in समाज Tuesday, 22 December 2015 13:55
Rate this item
(0 votes)

सर्वेन्द्र खनाल काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख बनेर आएको ६ महिना मात्र भएको छ । तर धेरै पुलिस अफिसरले लामो कार्यकालमा प्राप्त गर्न नसकेको प्रशंसा र हाइ हाइ उनले यही ६ महिना मै प्राप्त गरिसकेका छन् । कतिपयले उनलाई हिन्दी फिल्म ‘सिंघम’मा बहादुर र दृढ पुलिस अफिसरको अभिनय गरेका अजय देवगनको नायकीय छविसँग समेत तुलना गर्ने गर्छन् । उनले छोंटो समयमै गरेका सफल अपरेसनका कारण यस्तो भएको हो ।

तराइका जिल्लामा काम गर्दा त्यहाँका सशस्त्र समूहलाई निस्तेज पार्ने श्रेय लिएका खनाल अहिले राजधानी क्षेत्रका आपराधिक समूहका लागि भयानक त्रासको विषय बनेका छन् ।

सर्वेन्द्र खनाल ,एसएसपी, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा

उनलाई चिन्नेहरु भन्छन्, ‘जहाँ खनाल हुन्छन् त्यहाँ गुन्डागर्दी गर्ने दादागिरी तथा कालो धन्दा चलाउनेहरुको सात्तोपुत्लो उड्छ’ । हुन पनि खनालले आफू अपराध महासाखामा आएपछि नै गुण्डागर्दीको दोहोलो काढ्ने घोषणा नै गरेका थिए । ‘हाइ प्रोफाइल अपरेसन पनि गर्नु भएको छ राजनीतिक दवाव आएको छैन?’ भन्ने हेडलाइन्सको प्रश्नमा आफूलाइ खासै राजनीतिक दवाव नआउने र आइहाले पनि सही काम गर्दा यस्तो दवाव वेवास्ता गर्ने गरेको जवाफ एसएसपी खनालले दिए । ‘देश र जनताको राजश्व खाएर देशमाथि नै गद्दारी गर्नेहरुलाई कसरी सहने ?’ उनले प्रतिप्रश्न गरे ।

महासाखाको जिम्मेवारीमा आएपछि गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टर देखि फुटवलको म्याच फिक्सिङ काण्ड तथा पछिल्लो समय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी र ठगीलाई प्रवर्द्धन गरिरहेका नेपाल सरकारका सहसचिव स्तर सम्मका अधिकारीहरुलाई पक्राउ जस्ता मुख्य सफल अपरेसन बाहेक एसएसपी खनालकै कार्यकालपछि माहासाखाले १ सय ३३ मुद्धामा सफल अपरेसन गरिसकेको छ ।

सर्वेन्द्रको नेतृत्वमा महानगरीय अपराध महासाखाका मुख्य सफल अपरेसनः

मेजर अपरेसन १

कुमार घैटेँ - घटनास्थल

कुमार घैंटेको इन्काउन्टरः गुण्डागर्दीको दोहोलो काढ्ने बताएका एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा महानागरीय अपराध महासाखाले राजनीतिक संरक्षण पाएका भनिएका गुण्डा नाइके डन कुमार घैटेको इन्काउन्टर गरेको थियो ।

कुमार घैटेँ - घटनास्थल

कुमार घैटेँको शव – घटनास्थल

२०७२ असोज ३ गते काठमाडौं कपुरधारास्थित बालकुमारी मार्गमा महानगरीय अपराध महासाखाको टोलीले घैंटेको इन्काउन्टर गरेको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई मार्ने उद्देश्यले पेस्तोल ताकेपछि प्रतिवाद गर्ने क्रममा कुमार श्रेष्ठको मृत्यु भएको महासाखाको भनाइ छ । यो घटनाले नै सर्वेन्द्र खनाललाई ‘सिंघम छवि’ दिएको मानिन्छ ।

मेजर अपरेसन २

फुटवल म्याच फिक्सिङः सर्वेन्द्रको नेतृत्वमा भएको अर्को ठूलो अपरेसन फुटवलमा म्याच फिक्सिङ गर्नेहरु पक्राउ पर्ने अपरेसन थियो । राष्ट्रिय टोलीका कप्तान सहित पक्राउ परेको यो घटनाले नेपालमा सनसनीनै मच्चाएको थियो । महासाखाले छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरुमा विभिन्न समयमा आयोजना गरिएका अन्तराष्ट्रिय फुटवल खेलहरुमा नेपालले भाग लिई अन्तराष्ट्रिय फुटवल खेल खेल्नका लागि पैसा खाएर अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी विदेशी भुमिमा नेपालको राष्ट्रिय झण्डा लिई सफथ खाई राष्ट्रिय गानको धज्जी उडाएको र राष्ट्रिय एकता तथा नेपाली जनताहरुको स्वाभिमान र आत्मसम्मानमा चोट पु–याउने उद्देश्यले काम गरेको भन्दै खेलाडीहरुलाई पक्राउ गर्‍यो । राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडीहरु अन्जन केसी, विकास सिंह क्षेत्री, तथा नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दिप राईलाई पक्राउ गरेको थियो । फुटबलप्रेमी मानिएका एसएसपी खनालले फुटबलसँग सरोकार राख्ने विभिन्न संघ-संस्थाका व्यक्तिहरुसँग समन्वय गरेर सुचना संकलन गर्दै यो अपरेसन सफल पारेको बताइन्छ ।

मेजर अपरेसन ३

ठगीमा संलग्न सहसचिव पक्राउः अपराध महाशाखाको टोलीले केही दिन अघि मात्र पेट्रोल पम्पहरुमा रिमोट चलाएर ठगी गर्ने चिप्स जोड्न मिलोमतो गरेको आरोपमा नेपाल सरकारका सहसचिव एवं गुणस्तर तथा नापतौल विभागका प्रमुख प्रमुख रामआधार साहलाई पक्राउ गरेको छ । पक्राउ पर्ने साह वातावरण मन्त्रालयका सहसचिव हुन् । साह चार वर्ष अघि विभागको क्षेत्रीय निर्देशक हुँदा नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि सुरु भएको तथ्य पत्ता लगाएर एसएसपी खनाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेपछि यो घटनाले पनि उनको प्रशंसा बढेको छ ।

मेजर अपरेसन ४

जमिम साहका हत्यारा पक्राउः महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेपछि एसएसपी सर्वेन्द्र खनालले सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका पूर्व डिएसपी जगदिश चन्दलाई करिव ७ वर्ष पछि पक्राउ गरे ।२०६६ सालमा स्पेश टाइमको संचालक जमिम साहको हत्यामा संलग्न जनदिश चन्द २०७२ असार १३ गते पक्राउ परेका थिए । जुन एसएसपी खनाल आएको केवल १ साता भित्र भएको थियो ।

मेजर अपरेसन ५

 

१२ वर्षपछि हत्यारा पक्राउः २०६० साल असोज १६ गते ललितपुरको बडिखेलमा एकै परिवारका ५ जनाको हत्या काण्ड वर्षौंसम्म रहस्यमय थियो । भानु नगरकोटी सहित उनकी श्रीमती छोरा र छोरी सहित ५ जनाको हत्या गरेको आरोपमा अपराध महाशाखाले १२ वर्षपछि चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै नेतृत्वमा पक्राउ गरिएको थियो ।

अन्य मुख्यः

१. एटिएम मार्फत धन्दा गर्ने पक्राउः नविल बैकको ग्राहकहरुको बैंक खाताबाट अनधिकृत समुहले पोखरा र वीरगंजमा विभिन्न स्थानबाट ग्राहकलाई झुक्याएर ठगी गर्ने भुषण पाण्डे, दिलिप कुमार यादव, ०७२ साउन २४ गते पक्राउ परेका थिए । खनाल महासाखाको जिम्मेवारीमा आएपछि यो विद्युतीय ठगीको पर्दाफास भएको थियो ।

२. अवैध कन्सलटेन्सी सचालक पक्राउः एसएपी खनाल आएपछि कन्सल्टेन्सीको रुपमा खोलिएका संस्थाहरुको अवैधरुपमा विदेश पठाउने धन्दामाथि खनालले पहिलोपटक धावा बोलेका थिए । भदौ २ को उक्त मेजर अपरेसनपछि दर्ता नभएका करिब ९०० कन्सल्टेन्सीले दर्ता गरेका छन् ।

३. युनिटी सञ्चाकल दाजुभाई पक्राउः थुप्रै जनाको करोडौं रकम कुम्ल्याएको भनिएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडको नाममा करोडौ रुपैयाँ ठगी गर्ने विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्रीलाई फरार अवस्थामा महासाखको टोलीले प्रहरीले पक्राउ गरेको थियो । गत न २५ गते उनहरु पक्राउ परेका थिए ।

४. अवैध मेसिन जडान गरेर तेल बेच्ने पम्पका सञ्चालक पक्राउः एसएसपी खनालले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पेट्रोल पम्पमा हुने गरेको ठगीको पनि खुलासा गरेका छन् । खनालकै निर्देशनमा लामो समय देखि अवैध तवरले पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा तेलको मात्रार नाप कम गर्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी गराई उपभोक्ता ठग्ने कार्यमा विभिन्न पेट्रोल पम्पका संचालक तथा सो कार्यमा संलग्न प्राविधिकहरु प्रहरीले पक्राउ गरेको छ ।

यी घटनासहित एसएपपी खनाल महाशाखामा आएको ६ महिनाको अवधिमा १ सय ३३ वटा घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सफल भैसकेका छन् । छोंटो समयमा गरिएका यी सफल अपरेसनले भावी प्रहरी महानीरिक्षकको दावेदार मानिएका खनालको दावेदारी बलियो बन्दै गएको सुरक्षा विश्लेषकहरु बताउँछन् ।

एसएसपी सर्वेन्द्र खनालका ११ रोचक घटना

अपराध नियन्त्रणमा युवाको साथ अपरिहार्यः एसएसपी खनाल

Read 472 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012