You are here: Homeसमाजसमाजबाबुराम र नँया शक्ति- राकेश यादव

बाबुराम र नँया शक्ति- राकेश यादव

Written by  Published in समाज Saturday, 28 November 2015 17:46
Rate this item
(2 votes)

वर्तमान राजनितिलाइ राणक्य रुपी दिशानिर्देश तिर स्पान्तरित गर्न अभ्यासरत बाबुरामजीलाई नेपाली जनताले उनले गर्ने हरेक क्रियाक्लापको सार्थक रुपलाई विश्लेषकहरुले समय समयमा विश्लेषण गर्ने गरेको पनि देखिएको हो । बाबुराम जी तत्कालीन नेकपा माओवादीमा पनि एक अलग धारमा प्रस्तुत हुने गरेको भनि उनका नजिकका पात्रहरुले भन्ने गरेको मैले सुनेको छु , नेपालमा संविधान सभाको चुनावको जोडदार एजेन्डा राख्ने पात्रको रुपमा बाबुराम जीलाई उनका समर्थक साथीहरुको कथन छ र यो विचार पार्टीमा राख्दा पार्टी भित्र यो अकल्पनिय एजेन्डा हो भनि भुतमा बाबुराम जीले आलोचना पनि खेपे रे । जे होस नेपालमा संविधान सभाको चुनाव पनि भयो र नेपालेले वर्तमानमा एक नँया संविधान पनि पायो र यो संविधानबाट नै अहिले देशलाई संचालन गर्ने भनि एक पक्षको असन्तुपष्टीका बावजुद सार्थक कार्यन्वयनमा राजनितिक खेलाडिहरु लागि परेका छन ।

   समकालिन राजनितिकमा बाबुरामको वा तत्कालीन नेकपा माओवादीको विभिन्न नारा मध्ये नेपाललाई स्वीर्जरल्यान्ड संग तुलना गरी नँया नेपालको निर्माण त्यस अनुरुप नै गर्ने भनि विभिन्न भोटको भाषणमा बाबुराम जी देखी र्वतमान राजनितिकका विदुरु पुष्प कमल दहाल (प्रचन्ड) ले पनि उदघोष गरेको शब्दको सम्झना नेपाली जनताको मानसपटमा चित्रीत छ तर हात लाग्यो सुन्यो । त्यसका प्रचन्ड प्रमाण हो पुष्प कमल दहाल र बाबुरामजी दुइटै देशको ठुलो पद सम्हाली सके तर नेपाल जस्ता को त्यसतै । बाबुराम जीको फरक धार भए पनि उनले चित्रित गरेको नेपालको वर्तमान अवस्था हो भने उनी आफ्नो राजनितिक कालमा गरेको संघर्षको कुनै अर्थ रहेन उनले आफ्नो कमान्डमा गरेको त्यो लडाई को कुनै अर्थ रहेन । उनको शब्दको मोहमा परि आफ्नो ज्यानको बाजी लगाएर आहुती दिएका ति सुद्ध आत्माहरुले बाबुराम जीलाई कुन अर्थमा र्हेदै होलान त्यो शब्द पाठकले आफै अक्षरित गरे हुन्छ । 

 संविधान निमार्णका प्रमुख जिम्मेवारी पाएका बाबुरामले आफ्नो भुमिका कुसल प्रस्तुत गरे र आफ्नो विमति रहे पनि नेपालमा नँया संविधान निमार्णको जिम्मेवारीबाट पछि नपरी अग्ररसरता देखाए र उनले मधेशको समस्यालाई नजिकबाट नियाल्दै संविधान र दिपावली सगै नलगन गरेको आग्रहलाई पनि मधेशी जनता देखेको छ तर कुरा त्यतीमा सिमित भए समस्याको सामाधान हुनेथ्यो भने किन भएन आम मधेशी जनताको सवाल तेर्सिन छ , आज संविधान घोषणा सगै बाबुरामको राजीनिमा र आफ्नो प्रथम कर्यक्रम मधेशबाट नँया शक्तिको निमार्ण अभियान शुरु गर्नुको मंञचन गर्नु मधेश लगायतका आम नेपाली बुझिनसकनु पहेली जस्तो भएको छ । बाबुराम जीको भारत अध्यन्न र र्वतमानमा भारतको नेपाल प्रतिको क्रियाक्लापले गर्दा पनि नेपाली जनता बाबुराम जीलाई हेर्ने नजरिया फरक छ । बाबुराम जीको राजनितिक पृष्टभुमी कम्युनिस्ट विचारधारबाट शुरुभएको सर्ववितितै छ यस्तो अवस्थामा उनले नँया शक्ति निमार्णमा कस्ता विचारधारा लाई अनुसरण गर्नुहुन्छ त्यो प्रशन एक ठाउँमा छ । यस्ता कयौ प्रशनहरुको विचबाट बाबुराम जीको यात्रा शुरु छ यो यात्रा कति सफल हुन्छ यो विचारनिय छ ।

  तर बाबुराम जीको एक वकपत्र मैले केही दिन पहिला कान्तिपुर दैनिकमा पढेको थिए र उनले बोल्ने गरेको हरेका शब्दलाई मैले राम्ररी सुनेको छु उनको त्या पाँच स आफैमा पूर्ण छन त्यसलाई आत्मसात गरी नेपाललाई साचिकै नाया दिशा दिने हो भने नेपालको भविष्य उज्जवल छ तर विश्वासका खाडलहरु पनि अगाडी छन् नँया शक्ति निमार्णको उदघोष सगै पार्टीका ४५ केन्द्रिय सदस्यहरुको राजिनमा र विभिन्न जिल्लामा बाबुराम जीको विश्वास पात्र क्याडरहरुको अग्रगामी भुमिकाले पनि यो अभियानका बाधक सावित हुन सक्ने संकेतको रुपमा लिन सकिन्छ । बाबुराम जीको वकपत्रको अर्को शब्द मलाई सम्झना छ (पुरानै बोतलमा नँया रक्सी राख्नु कुनै अर्थ हुदैन तसर्थ नँया स्वादको लागि नँया बोतल र नँया रक्शी पनि चाहिन्छ) यो भनाईको सार सायद बाबुराम जी प्रस्ट पार्न सकेन्न होलान हैन भने उनको अभियान कसरी अगाडी जाने पहिलो शंका दोस्रो उनको राजनितिक पृष्टभुमी मार्कवाद, माओवाद र लेलिनवादको रटान रटेको सुगाले कसरी समाजबादी शक्तिलाई आफ्नो अभियानमा जोडन सक्छन यो अक्रो गम्भिर प्रशन यो गम्भिर प्रशनहरुको इनारबाट उनले थालनी गरेको नँया शक्तिको सिनेमाको नत शुरुवात देखिन्छ न त अन्त्य नै जे होस राजनिति पेशा अन्गालेको व्यक्तिहरु प््राायः केही नँया खोजी गर्नुलाई नराम्रो भन्न मिल्दैन ।

   विगत केही दिनको बाबुराम जी केही शब्दहरुले मलाई छोएको छ उनले भनेको मधेश समस्या सामाधानका सुझावहरु नेपाली राजनितिकका धुरन्धरहरुले मधेशमा भएको आन्दोलनलाई भारत सँग जोडी हेरेको चश्माको सवालमा उनले भनेको पहिला मधेश समस्या सामाधान गरौ र त्यसपछी भारतको रवैयालाई अवलोकन गरौ यो भनाई एक सफल राजनितिक्षको हो । अहिले वर्तमानमा मधेश,पहाड,र हिमाललाई एक सुत्रमा जोडेर जानुको विकल्प नभएको भन्दै सिमाँकनमा हेरफेर गरेर समस्या सामाधानको लागि अगाडी वढनु अहिले आवश्यकता भन्नु र संविधानमा संसोधनको प्रस्तावलाई पारित गर्न नेपाली काग्रेसलाई आग्रह गर्नु जस्तो कार्य पनि बाबुराम जीको राजनितिको एक कुशल पहल हो । तसर्थ यो शब्दहरु लेखि राख्दा बाबुराम जीलाई नेपालका युवा शक्ति साच्चिकै अन्र्तमनबाट नियाल्दै छन् तर आर्कषण पनि बढेको छ तर केही स सना क्रियाक्लापहरुलाई हेर्दा कतै फेरी पनि त्यही पुरानो कथा दोहरिने हो कि भन्ने शंका मात्र हो, त्यका लागि हतारमा संगठन निर्माणको कार्यलाई अगाडी बढाउनु भन्दा पनि मधेश,पहाड र हिमालका युवा जमातलाई आफ्नो विश्वासमा लिन व्यपक छलफल र मंथनको जरुरी देखिन्छ र अहिलेको राजनितिज्ञ संग मधेशको बिभेद खास गरी पहाडी थरबाट नेतृत्व शुरुवात भएको पार्टी प्रतिको घृणालाई कसरी चिरफार गरी आफ्नो विश्वासमा लिने त्यो एक प्रमुख च्यालेजको रुपमा पनि अगाडी आएको छ । मेरो शुभकामना छ बाबुराम जी लाई र नँया शक्तिको निमार्णको अभियानलाई यसले सवैको समनुपातिक र समावेशी प्रतिनिधित्व गदै अगाडी बढोस ।

 

Read 632 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012