You are here: Homeसमाजसमाजतराई–मधेसमा शान्तिपुर्ण आन्दोलनमा प्रहरी लगाएर दमन गरिनु राज्य आतंक : सहअध्यक्ष कर्ण

तराई–मधेसमा शान्तिपुर्ण आन्दोलनमा प्रहरी लगाएर दमन गरिनु राज्य आतंक : सहअध्यक्ष कर्ण

Written by  Published in समाज Thursday, 26 November 2015 09:24
Rate this item
(0 votes)

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिले तराई–मधेसका विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच भइरहेका झडपका घटनालाई “राज्य आतंक”को सज्ञा दिएका छन् । शान्तिपुर्ण आन्दोलनमा प्रहरी लगाएर दमन गरिनु “राज्य आतंक” भएको कर्णको भनाई छ ।

“तराई जिल्लामा प्रहरीले गरिरहेको धरपक्कड र गोलाबारीका घटना अब दमन मात्रै रहेन,” कर्णले कारोबारसँग भने,“यो राज्य आंतक हो । सप्तरीमा तेस्रो तलमा बसेको सर्बसाधारण नागरिकलाई प्रहरीले गोलि चलाएर हत्या गरेको छ । उनकी ५ वर्षिया छोरीलाई गोलीको छर्रा लागेको छ । यो राज्यको क्रुरताको पराकाष्ठ हो ।”

वीरगन्ज, सप्तरी, सिराहा र सुनसरीमा भएका प्रहरी ज्याजतिको निन्दा गर्दैै सद्भावना सहअध्यक्ष कर्णले सुनसरीको आजको घटना मधेस आन्दोलनको दमनको परिणाम भएको बताए । “हाम्रो अधिकारसहितको संविधान जारी भएको भए तराईमा आन्दोलन हुने थिएन । आन्दोलन भएको भए यस्ता घटना नै हुने थिएनन् ।”

सुनसरी जिल्लाको नेपाल–भारत सीमानाका भण्टाबारीमा अवैध सामान ल्याइरहेको अवस्थामा भएको विवादका क्रममा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका थिए ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले अवैध रुपमा सामान लिएर नेपाल आउँदै गरेको व्यक्तिलाई रोकेर सोधपुछ गर्न खोज्दा विवाद बढेपछि एसएसबीले चलाएको गोली लागेर हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका छन् । घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

कर्णले संविधानमा मधेसी जनताको अधिकार नसमेटिएका कारण जनआक्रोश थपिदै गएको भन्दै आन्दोलन झन सशक्त हुने चेतावनी दिए । पछिल्ला केही दिन यता राज्यको व्यवाहारले वार्ता र संवादको वातावरण झनै विग्रिदै गएको उनको भनाई छ । राज्य स्वयम वार्ताका पक्षमा नरहेको उनको टिप्पणी छ ।

Read 448 times Last modified on Thursday, 26 November 2015 16:50

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012