You are here: Homeसमाजसमाजवीरगञ्जमा मोटरसाइकल तोडफोड, बारामा झडप

वीरगञ्जमा मोटरसाइकल तोडफोड, बारामा झडप

Written by  Published in समाज Saturday, 21 November 2015 10:30
Rate this item
(1 Vote)

वीरगन्ज ५ मसिर चाडपर्वमा आन्दोलन केही मत्थर पारेका मधेसवादी मोर्चाका कार्यकर्ताले यतिबेला फेरि प्रदर्शन चर्काएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुपमा केही परिमार्जन गरे पनि कार्यकर्ताले वीरगञ्जमा प्रदर्शनलाई झन् उग्र पारेका छन् । 

मधेसवादी मोर्चाका कार्यकर्ताले शनिबार बिहानैदेखि वीरगञ्जमा विभिन्न स्थानमा प्रदर्शन गर्दै मोटरसाइकल तोडफोड गरेका छन् । मोर्चाका स्थानीय नेताहरुले मोटरसाइकल, एम्बुलेन्स, मानवीय स्वास्थ्यसँग सम्बन्धित औषधि बोकेकालगायत अत्यावश्यकीय गाडी सञ्चालनमा अवरोध नगर्ने बताए पनि कार्यकर्ताले अवरोध गरेका छन् । कार्यकर्ताले शनिबार बिहानै वीरगञ्जको घण्टाघरमा २ ओटा मोटरसाइकल तोडफोड गरेका छन् । ना २ प ९०१२ र एउटा अनटेस्ट मोटरसाइकल तोडफोड गरेका हुन् । वीरगञ्जको माइस्थान, मुर्ली, नगवा, बाइपास, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यसैबीच बाराको परवानीपुरमा शनिबार बिहान प्रहरी र मोर्चाका कार्यकर्ताबीच झपड भएको छ । कार्यकर्ताले हानेको ढुङ्गा लागेर प्रहरीको गाडीको सिसा फुटेको छ । लिपनीमाल गाविस भवननजिकै फेला परेको बेवारिसे शवको मुलुल्का गर्न आएको प्रहरीले कार्यकर्ताले बालेको टायर निभाउन खोजेपछि झडप भएको थियो । प्रहरीको लाठी प्रहारबाट एकजना आन्दोलनकारी घाइते भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराको प्रचार प्रमुख रमेश सर्राफले जानकारी दिएका छन् ।

Read 381 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012