You are here: Homeसमाजसमाजमधेशी सच्चा राष्ट्रवादी र देश भक्त -साहित्यकार संग्रौला

मधेशी सच्चा राष्ट्रवादी र देश भक्त -साहित्यकार संग्रौला

Written by  Published in समाज Sunday, 08 November 2015 12:40
Rate this item
(0 votes)

मधेशमा जारी रहेको आन्दोलनलाई कमजोर पार्नका लागि सत्ता पक्षले सहमतिमा ढिलाई गरिरहेकाले शसक्त बनाउनुको विकल्प नभएको जनकपुरमा शुक्रवार आयोजना गरिएको एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।

अहिले जारी रहेको मधेश आन्दोलनलाई कमजोर पार्नका लागि वार्ताको नाउँमा आन्दोलनलाई लामो बनाएर मधेशी जनतालाई थकाउने तथा फूट गराई दिने पक्षमा शासक वर्ग रहेको साहित्यकार तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले बताए । जनकपुर बौद्धिक समाजको आयोजनामा आयोजना गरिएको विचार गोष्ठीमा साहित्यकार संग्रौलाले मधेशीलाई शासक वर्गले अधिकार दिनका लागि आनाकाना गरिरहेको बताउदै व्यापक सहभागिता गर्न जरुरी रहेको बताए ।

उनले छात्रबृत्ति देखि सत्ता सञ्चालन, सरकार गठन, विघटनको लागि दिल्ली दरवारमा ढोग चढाउने काम खस शासक वर्गले नै गर्ने गरेका कारणले चरम विभेदमा परेका शासक भन्दा मधेशी जनता नै देश भक्त भएको बताए । यसै देशमा रहेर शान्तिपूर्ण जनआन्दोलन मार्फत आफ्नो अधिकारका लागि जारी राखेको आन्दोलन निक्कै पूजनीय भएको बताए । आफूले प्रचण्डको क्रान्तिकारी धारलाई हेरेर नै चुनावमा पूचार प्रसार गरेको तर अहिले उनी प्रतिक्रान्तिका नायक बनेका कारणले मुलुकमा अहिलेको अवस्था आएको बताए ।

संग्रौलाले वर्तमान संविधानमा नागरिकको रगतको छिटा परेका कारणले अहिलेको अवस्थामा कार्यान्वयन नहुने बताउदै अहिलेको संविधान अन्तरिम संविधान धन्दा पश्चगामी संविधान रहेको बताए । उनले मधेश आन्दोलनलाई कमजोर गर्नका लागि विखण्डनकारी, जातिवादी तथा दिल्लीको आन्दोलन जस्ता उपमा शासक वर्गले दिई नै रहने भएकाले यसवाट रत्तिभर पनि पछाडी मधेशी जनता पछि हट्न नहुने बताए ।

वर्तमान संविधानको शुरु देखि नै मधेशी, आदीवासी तथा जनजातिहरुले विरोध गर्दै आएको स्मरण गर्दै खास गरेर तीन दलले १६ बुदे सहमति गरेर संघीयताको मृत्युपत्रमा हस्ताक्षर गरेदेखि नै मुलुक अनिश्तिताको भूममिा फसेको बताउदै फाष्ट ट्रयाकको नाउँमा मधेशी, आदीवासी तथा जनजाति माथि षड्यन्त्रका साथै सत्ता प्राप्तिको खेल मात्र भएको बताए ।

प्राध्यापक डा. भोगेन्द्र झा व्यथितले मधेशी जनता माथि विभिन्न आरोप लगाउने के पी ओली र विद्यादेवी भण्डारी भारतको ठूलो दलाल रहेको आरोप पनि लगाए । अहिलेको संविधान उत्कृष्ट होईन निकृष्ट रहेको चर्चा गर्दै अधिकार प्राप्तिका लागि मधेशी जनताहरु युद्ध गर्नका लागि अव तयार रहन जरुरी रहेको झाले बताए । अहिले मधेशी जनताले नेपालकै भूगोलमा रहेर अधिकार चाहेको बताउदै यस्तै अवस रहेको खण्डमा भागोल बदल्नका लागि भए पनि आन्दोलन गर्ने बताए । आफूलाई राष्ट्रवादी भन्नेहरु छद्म राष्ट्रवादी रहेको बताउदै झाले मधेशी जनता सच्चा राष्ट्रवादी रहेो बताए । राजतन्त्रमा भएको सामन्तवादलाई धाराशाही बनाउनका लागि मधेशी जनताले गरेको संघर्षलाई विर्षन नहुे बताउदै नवसामन्तवादलाई समाप्त गर्नका लागि जस्तो सुक्कै बलिदानी दिनका लागि तयार रहेको बताए ।

बरिष्ठ अधिवक्ता युगल किशोर लालले मधेशीको मुद्दालाई जायज र नजायज भन्ने अधिकार के पी ओलीलाई नभएके बताउदै पृथ्वी नाराण शाहले बनारसवाट ल्याएको सेनाले अढाईसय वर्ष देखि मधेशी जनतालाई शोषण गर्ने काम मात्र गरेको बताए । जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रम सम्पन्न भएका थिए ।

(संभार- अजय झा)

Read 515 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012