You are here: HomeसमाचारItems filtered by date: Tuesday, 02 May 2017

वीरगन्ज १९ बैशाख पर्सा जिल्लामा सञ्चालनमा रहेका केहि निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तक बालबालिकालाई पढाउने गरेको पाइएको छ । प्याब्सन पर्सासँग आबद्ध माउन्ट हर्मन, गौतम, मनकामना, विद्यासदन,सनराइज, मास्कोट लगायत १३ वटा विद्यालयहरुले नेपाल सरकारको शिक्षा नीति विपरितका पाठ्यक्रम पढाईरहेको पाइएको हो । प्याब्सन पर्सामा आवद्ध रहेका निजी विद्यालयहरुले भारतीय फ्रेङक प्रकाशनको ग्रो विद ग्रामर, म्याकमिलन प्रकाशनको लिटिल रिडर्स लगाएतका पुस्तकहरू नियम विपरित अध्यापन गराइरहेका छन् ।नेपाली बजारमा त्यस्ता किताब नपाईने हुँदा अभिभावकहरु विद्यालयले तोकेकै स्टेशनरीमा गएर चर्को मुल्यमा खरीद गर्न बाध्य भएका छन् । नेपालको शिक्षा नियमावली अनुसार पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएको पुस्तक मात्र विद्यालयहरुले पढाउनुपर्ने व्यवस्था भएपनि वीरगन्जका निजी विद्यलयहरुले पुस्तक प्रकाशन गृहले दिने कमिशनको लोभमा नेपाली पाठ्यक्रममा दर्ता नै नभएका भारतीय बजारका पुस्तकहरु आफनो पाठ्यक्रममा समावेश गरेको अभिभावक सुनिल पटेलले बताउनु भयो । पुस्तक तथा स्टेशनरी महासंघ पर्साका अध्यक्ष नरेश रौनियारले भारतीय प्रकाशनका पुस्तकहरू वीरगंजका नीजी विद्यालयमा लागू भएपछि यहाँका पुस्तक व्यवसायीहरु पनि मर्कामा परेको बताउनु भयो ।प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साहले भने यस बारेमा आफुृलाई केहि पनि थाहा नभएको प्रतिकृया दिनु भएको छ।

वीरगन्ज १९ बैैशाख राष्ट्रिय जनता पार्टी नेपाल घोषणाको १२ दिनपछि बल्ल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ६ दलले एकताका विषयमा आ–आफ्ना दलबाट निर्णय गर्न लागेका छन्। ६ दल एकीकरण भएको स्थान अमृत भोग पार्टी प्यालेसमा आज सबै दलका छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछन्। बैठकबाट एकीकरणको १२ दिनपछि एकीकरणबारे निर्णय हुँदैछ। 

 

‘सबै पार्टीबाट एकीकरण गर्ने निर्णय भइसकेपछि ‘राष्ट्रिय जनता पार्टी’को केन्द्रीय समिति बैठक पनि अमृत भोगमै बस्नेछ’, जनता दलका नेता लक्ष्मणलाल कर्णले भने। 

 

कर्णले राष्ट्रिय जनता दलको केन्द्रीय समितिको पहिलो बैठकको प्रमुख अजेण्डा पार्टीको सांगाठानिक ढाँचा र जिम्मेवारी बाँडफाँडबारे हुनेछ। 

अध्यक्षहरु अध्यक्ष मण्डलमा रहनेबाहेक कुनै सहमति नगरी ज्योतिषको साइतमा एकता घोषणा गरेका तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र नेपाल सदभावना पार्टी बल्ल एकीकरणको निर्णयमा जुटेका हुन्। पार्टी एकीकरण भएको १२ दिनसम्म एकीकृत पार्टीको केन्द्रीय कार्यालय कहाँ रहने र जिल्लास्थित पार्टी कार्यालयहरु कसरी प्रयोग गर्ने भन्ने पनि कुनै निर्णय भएको छैन।

 

अध्यक्ष मण्डलका सदस्यबाहेक दोस्रो, तेस्रो तहका नेताहरुको वरीयता के हुने, पद कसरी व्यवस्थापन गर्ने, जिल्लास्थित पार्टीका अध्यक्ष र पदाधिकारी ेव्यवस्थापन कसरी गर्ने लगायतका विषमा समेत अहिलेसम्म निर्णय भएका छैनन्।

 

‘कुन पदको व्यवस्थापन कसरी गर्ने, पार्टीलाई कस्तो संरचनामा संचालन गर्ने, चुनावको तयारी कसरी गर्ने र राष्ट्रिय मुद्धामा कसरी उपस्थिति जनाउने भन्ने विषयमा निर्णय गर्नकै लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो,’ नेता कर्णले भने।

 

उनले प्राथमिक विषय संगठन भएपनि समसामयिक राजनीतिबारे पनि बैठकमा छलफल हुने बताए। तर बैठकका लागि राजनीतिक एजेण्डा तय भने गरिएको छैन। 

 

राप्रपाको समर्थन फिर्तापछि अल्पमतमा पुग्न लागेको सरकारलाई सहयोग गर्नु हुन्छ त? भन्ने प्रश्नमा कर्णले भने, ‘यो सरकारलाई हामीले अप्ठेरोमा धकेलेका पनि हैनौँ र उद्धार गर्नु जरुरी पनि छैन, तर, संविधान संशोधन पास भयो भने सरकारका विषयमा हामी निर्णय गर्न सक्छौं।’ 

Published in समाचार

वीरगन्ज १९ बैशाख  राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनलाई भाँडन प्रधानन्यायाधीश शुशीला कार्कीमाथि महाअभियोग लगाइएको निष्कर्ष निकालेको छ ।

संविधान संशोधन प्रक्रिया अगाडि बढ्दै गरेको अवस्थामा सरकार पक्षबाटै संशोधन हुन नदिने षड्यन्त्र भएको राजपाले जनाएको छ ।

राजपाका नेता जितेन्द्र सोनलले यात्रा डेलीसँग कुराकानी गर्दै भने,‘संविधान संशोधन अगाडि बढ्दै थियो । महाअिभयोगको कुरा ल्याएर अल्झाउने काम भएको छ । हामी आग्रह गर्दछौं कि संशोधनलाई अगाडि बढाएर राजनीतिक निकास दिनोस् ।’

पहिलो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउँदै सोनलले पार्टी निर्वाचन आयोगमा दर्ता नभएको र मधेशी मोर्चाको मागसमेत सम्बोधन नभएकोले निर्वाचनमा असर पर्न सक्ने बताए ।

महाअभियोग र निर्वाचनका विषयमा राजपाले एक विज्ञप्ति जारी गर्दैछ ।

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012