You are here: HomeसमाचारItems filtered by date: Saturday, 13 May 2017

वीरगम्ज ३० बैशाख भारत, बिहारको बेतिया (पश्चिमी चम्मपारण) को भ्रमणमा रहेका भारतीय रेल्वे राज्य मन्त्री माननीय मनोज सिन्हा संग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा र नेपाल भारत सहयोग मञ्चका अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध तथा  पदाधिकारी सम्मिलित एक प्रतिनिधि मण्डले आज एक समारोहबीच बेतियांमा भेटघाट गरेको   छ । 

भारत विहार पश्चिमी चम्पारणका सासंद माननीय संजय जयसवाल, रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतको उपस्थिति रहेको उक्त रेल्वे राज्य मन्त्री संगको भेटघाटका क्रममा सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले रक्सौल रेल्वे साइडिङ्ग, एकीकृत जाँच चौकीको व्यवस्थापन तथा रक्सौल–वीरगञ्ज नाकालाई व्यवस्थित बनाउन गर्नुपर्ने आवश्यक पूर्वधार विकासका सम्बन्धमा राज्य मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गका कारण यात्रुहरु दिनहुँ घण्टौं जाममा बस्नुपर्ने र दुर्घटना हुने सम्भावना रहेकोले आकाशे पुलको आवश्यकता रहेको बताउनु हुँदै रक्सौल रेल्वे साइडिङ्गमा व्यवस्थापनको कमीले आयातीत मालवस्तु नोक्सान हुने गरेको, रेल्वे साइडिङ्गमा २४औं घण्टा काम गर्ने वातावरण भएतापनि भारतीय तथा नेपाली भंसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने गरेकोले मालवस्तु लोड गराई समयमैं रेल्वे साइडिङ्ग खाली गराउन नसक्दा ठूलो रकम वारफेज र विलम्ब शुल्कको रुपमा तिर्नुपरेको र रक्सौल रेल्वे साइडिङ्गदेखि भंसारसम्मको बाटो एकदमै दयनीय अवस्थामा रहेकोले सो बाटो बाट ढुवानीको लागि भाडाको ट्रक जान आनाकानी गर्ने र दुर्घटना हुने सम्भावना बढी रहेकोले सो बाटोको स्तरोन्नतिको लागि आग्रह गर्नुभयो । 

साथै प्रतिनिधि मण्डलले भारतमा बखर्रै लागु भएको नया ई–एक्टले गर्दा नेपाली आयातकर्ताहरुलाई धेरै नै असजिलो भई रहेको तर्पm माननीय मन्त्रीको ध्यानाकषर्ण गराउनु हुँदै सम्बन्धित समस्याहरु समाधान सम्बन्धमा लिखित निवेदन राज्य मन्त्रीलाई हस्थान्तरण गरेको प्राप्त समाचारमा उल्लेख छ । 

भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हाले रक्सौल रेल्वे साइडिङ्गको व्यवस्थापन र रक्सौलको भौतिक पूर्वाधारका साथै नेपाली  आयातकत्र्ताहरुले रेल्वे ¥याक सम्बन्धी भोगी रहेको समस्या समाधानका लागि एक हप्ता भित्रमा कार्य थालनी गर्न रेल्वेका जि.एम., डि.आर.एम., सि.सि.एम. समेतलाई निर्देशन दिनु   भयो । 

उक्त भेटघाट कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष अनिल पटवारी, महासचिव सुनिलकुमार खेतान, कोषाध्यक्ष रविन्द्रकुमार वर्णवाल, सचिव माधव राजपाल तथा सिमावर्ति शहर रक्सौलका वरिष्ठ व्यवसायी महेश अग्रवाल समेतको उपस्थिति रहेको थियो । 

Published in समाचार

वीरगन्ज,३० बैशाख । काँग्रेस, एमाले र माओवादी केन्द्रल गायतका पार्टी परित्याग गरी सयकडौ नेता कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पर्साको प्रसौनिका जेष्ठ नागरिक रामचन्द्र यादवको अध्यक्षतामा  शुक्रबार  अबेरराती सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका एक सय ५० जना नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवशे गरेका हुन । 

फोरम नेपाल बीरगज-२३ वडा  कार्यसमिति पर्साले आयोजना गरेको कार्यक्रममा नव प्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, पार्टीकी केन्द्रिय सदस्य करिमा बेगम, बिजवय सरावगी लगायतका नेताहरुले फुलको माल र अविरको टिकालगाई पार्टी प्रवेश गराएका थिए । 

पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी परित्याग गरेका पुर्व वडा अध्यक्ष सलाउदिन अहमद, स्थानिय नेता देवनाथ पाशवान, बिजय यादव, चौठीलाल यादव,काँग्रेस परित्याग गरेका भुवन महतो,सोनालाल ठाकुर, र माओवादी केन्द्रका नेता क्यामुदिन अंसारी,अक्षेलाल पासवान लगायत एक सय ५० जना फोरम नेपालमा प्रवेश गरेको जिल्ला कार्यसमितिले जनाएको छ । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले संविधान संशोधन भएपछिमात्र स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा मधेसी जनता सहभागि हुने मन बनाएको बताउनु भयो । उहाँले संविधान सभामा दर्ता रहेको संशोधन प्रस्ताव पारितभएपछि मात्र मधेसी, आदिवासी, जनजाती,महिला,मुस्लिम र विभेदमा पारिएकाहरुको अधिकार संविधानमा समावेश हुने ठोकुवार गर्नु भयो । 

तराईमा रहेका मधेसी जनताकोे एमाले पार्टीबाट मोहभंग भएको अध्यक्ष यादवले बताउनु भयो । उहाँले मधेसीको भोटमा दोस्रो पार्टीको रुपमा हैसियात पाएको एमालेले अधिकार दिने वेलामा मधेसी विरोधी भुमिका निर्वाहगरेको देखेपछि पार्टी प्रतिको मोहभंगभई फोरम नेपाल प्रती आक्रषण बढेको दावी गर्नुभयो। आसन्न स्थानिय तह निर्वाचनमा एमालेका उम्मेदवारको जमानत जपत गर्ने मनिस्तिीमा मधेसी जनता रहेको बताउदै अध्यक्ष यादवले मधेसीलाई अधिकार दिलाउन अग्रणि भुमिका निर्वाह गरेको फोरम नेपालमा प्रवेश गर्नेक्रम बढेको  बताउनु भयो । पार्टी प्रवेश कार्यक्रमलाइ जितेन्द्र महतोले संचालन गर्नु भएको थियो ।

Published in समाचार

वीरगन्ज ३० बैशाख बाराको जीतपुरमा शनिबार मध्यान्ह भएको दुर्घटनामा २ जना घाईते भएका छन् । काठमाण्डौबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना १ ज ५९६१ नम्बरको टाटासुमो जीतपुरसिमरा उपमहानगरपालिकाको वीरगञ्ज–पथलैया सडक खण्ड अन्तर्गत नितनपुरचोक नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाईएको छ । तिव्र गतिका कारण अनियन्त्रित भई पल्टिएको सुमोले वीरगञ्ज स्थित सरकारी वकिलको कार्यालय पर्साको बा १ झ ९६६४ नम्बरको कारलाई समेत ठक्कर दिएको छ । कारमा सवार सरकारी वकिलको कार्यालय पर्साका कर्मचारीहरु भने समान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । टाटासुमोका चालक सहित दुबै गाडी जीतपुर प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब नीरिक्षक जयकृष्ण कुर्मीले जानकारी दिए ।

Published in समाचार

कलैया ३० बैशाख । राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं प्रभावशाली नेता जीतेन्द्र सोनलले संविधान संशोधन पछी मात्र चुनाव हुने बताउनु भएको छ।आज पार्टी प्रवेश कार्यक्रममा नेता सोनलले तराई मधेसको जिल्लामा स्थानीय तहको जनसंख्याको अधारमा गाउँपालिका र निर्वाचन श्रेत्र बढाउनु पर्ने र मधेस आन्दोलन क्रममा लगाईएको मुद्दा फिर्ता भएपछि मात्र चुनावको वतावरण निमार्ण हुने बताउनु भएको छ । नेता सोनलले नेपाल देशमा अहिले स्थानीय तहको निर्वाचन हुदै छ,मधेस राष्ट्रमा संशोधन पछी मात्र हुन्छ उहाले् कार्यक्रममा भन्नु भयो । कलैया उपमहानगर १७ ब्रहमपुरीमा एमाले का निर्वतमान अध्यक्ष महेन्द्र राउत कुर्मी लगायत काङ्ग्रेस ,माओवादीबाट पार्टी परीत्याग गरि दर्जनौं नेता कार्यकर्ता राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन । नव प्रवेसि नेता कार्यकरता लाई पार्टीको महामन्त्री जीतेन्द्र सोनलले फुलमाला टिका लगाएर स्वागत गरेका छन।उक्त कार्यक्रममा महासचिव रमेश यादव,अध्यक्ष मण्डलको बारा संयोजक नवल किशोर सिंह,पिंकी यादव ,सतेन्द्र ठाकुर,परम हंश केशरी ,लगायत नेताहरु मधेस आन्दोलन र अधिकार बारे बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता लक्ष्मी राउतले गरेका थिए भने कार्यक्रम संचालन राजेश पटेल गरेका थिए ।

Published in समाचार

वीरगन्ज ३० बैशाख राष्ट्रिय जनता पार्टि नेपालको बृहत पार्टि प्रवेश कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी कांग्रेस, एमाले, माओवादी बाट १६० जना राष्ट्रिय जनता पार्टि नेपालमा प्रवेश गरेका छन् । विनोद मानन्नधरको अध्यक्षतामा भएको पार्टि प्रवेश कार्यक्रममा राष्ट्रिय जनता पार्टि नेपालका केन्द्रिंय सदस्य रहमतुल्लाह खान, प्रेमबाबु पटेल, निजामुद्दिन समानी, प्रतिमा शर्मा, राजेश मान सिंह, शिव पटेल, उषा श्रविास्तव,  रेखा साह, मुन्नि श्रविास्तव ,लगायतको पार्टि प्रवेश कार्यक्रममा सहभागीता रहेको थियो । राष्ट्रिय जनता पार्टि नेपालको पार्टि प्रवेश कार्यक्रम बि.उ.म.न.पा वडा नं ४ बिर्ता तरकारी बजार स्थीत सम्पन्न भएको थियो । 

 

Published in समाचार

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012