You are here: Homeसमाचारमनोरन्जनछिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

Written by  Published in मनोरन्जन Friday, 21 April 2017 11:58
Rate this item
(0 votes)

वीरगन्ज ८ बैशाख पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको अन्तिम टुँगो लगाउने जिम्मेबारी अध्यक्ष द्वय भट्टराई र यादवलाई दिइएको छ । केही दिनभित्रै एकता गर्ने सहमति भएअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

 

उपेन्द्र यादव बाहेक विहीबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भएपछि एकीकरणका लागि दबाब परेको हो ।

 

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण गर्न यसअघि बनाइएको वार्ता समितिले ठोस निर्णय दिन नसकेपछि दुबै पार्टीका अध्यक्षहरुले नै अन्तिम टुँगो लगाउने भएका छन् ।

 

एकताको अन्तिम टुँगो लगाउन शुक्रबार तीन सदस्य समिति बनाइएको छ जसमा नयाँ शक्तिका अध्यक्ष भट्टराई, फोरम नेपालका अध्यक्ष यादव र फोरम नेपालसँग एकीकरण गरेका संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई रहेका छन् ।

नयाँ शक्ति पार्टीको बैठकमा नेताहरुले निर्वाचनअघि एकता गर्न नहुने बताएका छन् । साथै एकीकरणको गृहकार्यमा लागेका नेताहरु अल्मलिएपछि भट्टराई आफै अगाडि सरेका छन् ।

 

यता फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि एकताका लागि पार्टी नेतृत्वलाई एकताका लागि दबाब परेको छ । शुक्रबारबाट फोरम नेपालको केन्द्रीय समिति बैठक पनि बस्नेछ । दुबै पार्टीले जारी बैठकबाटै एकताको टुँगो लगाउने विश्वास फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले यात्रा डेलीसँग व्यक्त गरेका छन् ।

 

शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’

 

विज्ञप्तीमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

Read 385 times Last modified on Tuesday, 25 April 2017 17:13

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012