You are here: Homeसमाचारसमाचारसरकार वीरगञ्जको विकासमा असंवेदनशील–अध्यक्ष शर्मा

सरकार वीरगञ्जको विकासमा असंवेदनशील–अध्यक्ष शर्मा

Published in समाचार Tuesday, 04 April 2017 20:19
Rate this item
(0 votes)

वीरगञ्ज, २२ चैत उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधानले सार्वजनिक–निजीक्षेत्र र सहकारीलाई अर्थतन्त्रका मुख्य आधार स्वीकार गरिसकेकाले आउँदो बजेटले निजीक्षेत्रसँगको सहकार्यका आधार निर्माण गर्ने बताएका छन् । अर्थमन्त्रालयको राजश्व परामर्श समितिले मङ्गलबार वीरगञ्जमा आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को राजश्व नीति र बजेट तर्जुमाबारे अन्तरक्रियामा मन्त्री महराले सरकारले निजीक्षेत्रको प्रोत्साहनका लागि ठोस कार्ययोजना र त्यसको कार्यान्वयनको आधार निर्माण गरिरहेको बताएका हुन् । 

 

मन्त्री महराले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट सङ्घीयतामा आधारित वित्तीय मोडलको हुने बताउँदै सरकार र निजीक्षेत्रबीच सुमधुर सम्बन्धलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । महराले चालु आर्थिक वर्षमा ८० प्रतिशत पूँजीगत बजेट खर्च हुने दाबी गरे । चालु वर्ष जेठ १५ मा बजेट आए पनि साउनमामात्र लागू भएकाले उपलब्धि नभएको उनले बताए । 

 

वीरगञ्जको विशिष्ट आर्थिक र औद्योगिक महत्व रहेको भन्दै महराले सरकारले विकासमा भइरहेको विलम्वको उपचारका लागि कानूनी प्रबन्ध मिलाउने तयारी गरिहेको जानकारी दिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमा अध्यक्ष शर्माले सरकार वीरगञ्ज क्षेत्रको विकासमा असंवेदनशिल र उदासिन बनेको आरोप लगाए । अध्यक्ष शर्माले राजश्वका निकायहरुले वीरगञ्जमा चलाएको छापामारीले वैध व्यापारमा संलग्न व्यवसायी प्रताडित भइरहेको बताए । उनले सरकारी निकायबीच समन्वयको अभाव र गैरजिम्मेवारीका कारण उद्यमी व्यवसायी पीडित हुनु आपत्तिजनक भएको भन्दै यस्तो गतिबिधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । 

 

कार्यक्रममा सहभागी व्यवसायीहरुले यसअघिको सरकारका विभागीय मन्त्री उद्यमी व्यवसायप्रिति पूर्वाग्रही भएर प्रताडित गरेको गुनासो गरेका थिए । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार वैदले सरकारले विगतका बजेट कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताए ।  

 

कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिँदै अर्थसविच शान्तराज सुवेदीले वीरगञ्ज र आसपासका क्षेत्रका पूर्वाधार र सम्भाव्यतालाई प्याकेजको रुपमा अघि बढाउनुपर्ने बताए । उनले यसमा निजीक्षेत्रलाई सहयोगको आग्रहसमेत गरे । आन्तरिक रावश्व विभागका महानिर्देशक चुडामणी शर्माले अधिकांश करदाता करको दयराबाहिरै रहेको बताए । 

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष प्रदीप केडिया, उद्योगी जगदीशप्रसाद अग्रवाल, पूर्वअध्यक्ष गणेश लाठ, उपाध्यक्षहरू गोपाल केडिया, सुवोध गुप्ता र अनिलकुमार अग्रवाल, कोषाध्यक्ष रविन्द्रकुमार वरनवाल, सचिव माधव राजपाललगायतले बोलेका थिए । 

 

Read 1276 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012