You are here: Homeसमाचारसमाचारसयौं जना नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पाटीृमा प्रवेश

सयौं जना नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पाटीृमा प्रवेश

Published in समाचार Saturday, 01 April 2017 17:44
Rate this item
(0 votes)

वीरगन्ज,१९ चैत । विभिन्न पार्टी परित्याग गरी सयौं जना नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पाटीृमा प्रवेश गरेका छन  । तमलोपा पर्साले आज वीरगन्जको  मनियारीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रैस ,एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरेको  सयौं जना तमलोपामा प्रवेश गरेका हुन ।

 विभिन्न पार्टी परित्याग गरी आएका नव प्रवेशीहरुलाई पार्टीका प्रवक्ता एवम् केन्द्रिय सदस्य विमल प्रसाद श्रीवास्तव र केन्द्रिय सदस्य एवम् सांसद रमेश कुर्मीले अविरको टिका  लगाई पार्टीका स्वाग गर्नुभएको थियो ।

कार्यक्रमलाइृ समबोधन गर्दै पार्टी प्रवक्ता श्रीवास्तवले मधेसवादी दलकै गलत कृयाकलापको कारण मधेसीलाई अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गर्नु भयो। उहाँले मधेसीको  मुक्तीको नाममा खोलिउको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पनी गर्दै श्रीवास्तवले त्यसका दलहरुलाइृ आउने निर्वाचनमा मधेसी जनताले आफनो मतदानबाट तह लगाउने बताउनु भयो।

 कार्यक्रममा सांसद कुर्मीले काँग्रेस एमालले भन्दा पहिले निवार्चन कार्यालयमा दर्ता गराई कही मधेसी दलले आफनो चरित्रलाई उजागर गरेको बताउनु भयो। उहाँले मोर्चाको निर्णय बगेर निर्वाचन कार्यालयमा दल दर्ता गराउने मधेसवादी दल मधेसी विरोधी भएको धारण राख्दै सांसद कुर्मीले  त्यसता दललाई मतदान नगर्न मधेसी जनतालाई अपिल गर्नु भयो।

कार्यक्रममा तमलोपा पर्साका अध्यक्ष पुरुषोत्मलाल झा लगायतका वक्ताले संविधान संशोधन नभए सम्म निर्वाचन हुननदिने धारणा व्यक्त गरेका थिए । 

Read 778 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012