You are here: Homeसमाचारसमाचारपर्सा जिल्लामा पनि चुनावी चहलपहल बडयाे

पर्सा जिल्लामा पनि चुनावी चहलपहल बडयाे

Published in समाचार Friday, 31 March 2017 15:35
Rate this item
(0 votes)

विन्दुभुषण साह वीरगंज,१८ चैत बैशाख ३१ गतेका लागि स्थानीय चुनावको मिति घोषणा गरेसँगै देशमा चुनावको चलह पहल बढे संगै पर्सा जिल्लामा पनि चुनावी चहलपहल बढेको देखिएको छ ।  

चुनावको मिति नजिकिदै जादा दलहरु यतिखेर गाँउदेखि शहरसम्म चुनावी चहलपहल बढाएका छन् ।जिल्लाको ११ वटा गाउँपालिकाहरुमा प्रमुख उप–प्रमुख र वडा अध्यक्षहरु तथा पोखरिया नगरपालिका र वीरगंज उप महानगरपालिकामा मेयर र उप–मेयरको संभावित उमेद्वारबारे चिया पसलदेखि चौक—चौक सम्म चर्चा शुरु भएको छ । गाउ पालिका र नगरपालिकाहरुमा हरेक दलबाट संभावित उम्मेद्वारहरुले कार्यकर्ता भेटघाट तथा चियापान समेत गराउन व्यस्त भईसकेका छन् । स्थानिय तहको चुनावको दलहरु यतिखेर कार्यकर्ता संगठित पार्न समिति गठन ,पुनर्गठनमा समेत लागि सकेका छन् ।

संविधान संसोधन विना कुनै पनि हालातमा मधेशमा चुनाव हुन नदिने मधेशी मोर्चाले उदघोष गरे पनि यो कृयाकलापले पर्सा जिल्लामा चुनावी माहौल बन्दै गएको देखिएको छ ।

स्थानिय तहको चुनावबारे नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले भने –“केन्द्रको निर्णय अनुसार संविधान संसोधन गरि मधेशी मोर्चाको सहमतिमै चुनाव हुने भन्दैे हामी चुनावको लागि संगठन तयार गर्न हरेक गाउँपालिका,नगरपालिकार उप–महानगरपालिकामा प्रतिनिधि पठाइसकेका छौ ”वहाले मधेशी मोर्चाको मागमा हाम्रो पार्टीको पुर्ण सहमति रहेको भन्दै संविधान संसोधन सम्बन्धमा एमालेको भन्दा काग्रेसको बटम लाईन मधेशी मोर्चाको समर्थनमा रहेकाले जिल्लामा आफुहरुको कार्यक्रममा कतैपनि मोर्चाको कार्यकर्ताद्वारा अवरोध नहुने विश्वास व्यक्त गर्नुभयो । स्थानिय तहको चुनाव मधेशबादी दलको सहमतिमा निर्धारित समयमै हुने भन्दै चुनावी चहल पहल तिव्र पार्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

स्थानिय तहको निर्वाचनको लागि पर्सा जिल्लामा कतिको तयारी हुदैछ भन्ने प्रश्नमा नारायणी एफ.एमसँग कुरा गर्दे एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरीले भने–“आफुहरु पुर्ण रुपमा चुनावको तयारीमा जुटिसकेका छौ ,उम्मेद्वारी दर्ता सम्म मधेशी मोर्चा पनि चुनावमा भाग लिन्छ समयमै चुनाव हुन्छ ।”वहाले बैशाख ३१को स्थानिय तहको चुनावको लागि हरेक गाउँ तथा नगरपालिका र उप–महानगरपालिकामा प्रतिनिधि खटाईसकेको बताउनुभयो ।एक फरक प्रसंगमा वहाले संविधान संसोधनबाट मधेशी जनताले केहि नपाउने बताउदै संविधान संसोधन मधेशी मोर्चाको राजनितिक एजेन्डा मात्र भएको बताउनुभयो ।मधेशी मोर्चाका नेताहरु राजनैतिक बारगेनिङ्गको लागि मात्र उक्त एजेन्डा राखेको बताउदै केहि दिनमै चुनावमा आउने बताउनुभयो । वहाले चुनावको लागि आफुहरु भन्दा बढी गाउ देखि शहरसम्म चुनावको लागि कार्यक्रम गरिरहेको तथा चहलपहल बढाएको बताउनु भयो ।

स्थानिय तहकै चुनावको प्रसंगमा संघिय सामाजबादी फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले आफुहरु चुनावको लागि नभई चुनाव बहिस्कार गर्न तथा मधेशी जनताको हक अधिकारको लागि ससक्त आन्दोलनको लागि संगठन मजबुत पार्न पार्टी प्रवेश तथा अन्य कार्यक्रम गरिरहेको बताउनुभयो ।

वहाले संविधान संसोधा विना मधेशमा चुनाव गराउने दिवा सपना मात्र भएको बताउदै चैत्रसम्म पर्ख र हेरको निति लिएको तथा बैशाख पहिले हप्ताबाट वीरगंजबाटै संसक्त आन्दोल हुने उदघोष गर्नुभयो ।वहाले संविधान संसोधन विना मधेशको जिल्लामा सरकारले चुनावको गतिविधि अगाडी बढाए पर्सा जिल्लामा त्यसको सशक्त प्रतिकार गर्ने र अन्य दलको चुनावी गतिविधि निशेध गर्न मधेशी जनता तयार रहेको बताउनु भयो ।

जे भएपनि पर्सा जिल्लाका राजनैतिक दलहरु आफनो पक्षमा मत बटुल्न अहिले देखि नै परिचयात्मक कार्यक्रम र टिकाटालो लगाई पार्टी प्रबेश कार्यक्रमलाई तिव्रता दिएकाले जिल्लामा चुनावी सरगर्मी बढेको देखिए काे छ ।

 

Read 923 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012