You are here: Homeसमाचारसमाचारपत्रकार महासंघ पर्सा शाखाको पहिलो बैठक बीरगंज सम्पन्न

पत्रकार महासंघ पर्सा शाखाको पहिलो बैठक बीरगंज सम्पन्न

Published in समाचार Wednesday, 29 March 2017 17:43
Rate this item
(0 votes)

बीरगंज १६ चैत्र नेपाल पत्रकार महासंघ पर्साको नव निर्वाचित जिल्ला कार्यसमितीको प्रथम वैठक आज वीरगंजनमा सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा सम्पन्न वैठकले विभिन्न निर्णय गरेको छ । वैठकले जिल्लामा रहेका संघमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई तथा सुचना विभागको प्रेश पास उपलब्ध भएका पत्रकारहरुलाई दुर्घटना विमाका लागी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले  विगत ३० वर्ष देखी पत्रकारीता पेशमा आवद्ध तथा ६५ वर्ष उमेर पुगेका पत्रकारहरुको तथ्यांक संकलन गरि भत्ता उपलव्ध गराउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । आज सम्पन्न वैठकले विरामी भई अस्पतालमा उपचाररार्थ भर्ना हुनु भएका महासंघका सदस्य एवं व्रह्मशास्त्र दैनिकका प्रधान सम्पादक काशिनाथ यादवको सिघ्र सुस्वास्थ्यको कामना समेत गरेको छ । यस्तै ६१ औ स्थापना दिवसको अवसरमा आज अपराह्न ३ बजे महासंघको भवनमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने कार्यक्रम गर्ने समेत निर्णय भएको संघका सचिव युवराज खड्काले बताउनुभयो । संघका अध्यक्ष श्याम बञ्जाराको सभापतित्वमा सम्पन्न बैठकमा उपाध्यक्ष अनुप तिवारी, कोषाध्यक्ष भुषण यादव, सहसचिव निलिमा पौडेल, आरके पटेल, लगायतको उपस्थिती रहेको थियो । 

 

Read 234 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012