You are here: Homeसमाचारसमाचारजनताले मलाई मेयरमा उठाउनु पर्छ भनेका छन : संजय कार्की

जनताले मलाई मेयरमा उठाउनु पर्छ भनेका छन : संजय कार्की

Published in समाचार Wednesday, 29 March 2017 09:36
Rate this item
(0 votes)
राैतहट १६ चैत लामो समय देखि पत्रकारिता मार्फत समाज सेबा गर्दै आएका रौतहट का संजय कार्की राजनीतिमा लागेका छन । अवका दिनमा राजनिती बाट नै समाज सुधार गर्न र समाजीक बिकाश गर्नका लागी रौतहट स्थित चन्द्रनिगाहपुरका युवा संजय कार्कीले चन्द्रपुर नगरपालिकाको मेयर पदका लागी आफु पनि उम्मेदवार को रुपमा प्रस्तुत गर्ने भएका छन । 

१२ बर्ष देखि नेपाल प्रेश युनियनमा आबद्ध रहदै आएका कार्कीले हाल केन्द्रिय सदस्यको जिम्मेबारीमा समेत निर्बिरोध चयन भएका व्यक्ति हुन ।

 सबैको मन मस्तिष्कमा रहेका कारण उनको सफलतामा साथ दिनेहरु थु्रपै व्यक्तिहरु भेटिएका छन । उनले आफुलाई स्थानीय तहको निर्बाचनमा उम्मेदबार हुने सार्बजनिक उदघोष नगरे पनि चिया पसल र चौतारामा उनलाई चन्द्रपुर नगरपालिकाको मेयरमा उठाउनु पर्छ भन्नेहरुको जमात बढदै गएको छ । उनको काग्रेस पार्टी भित्र पनि र बाहीर पनि राम्रो छवि रहेको भन्दै पार्टीमा समेत नेपाली काग्रेसको आगामी मेयर पदमा संजय कार्की नै  बलियो उम्मेदबार हो भन्ने चर्चा चल्न थालेको छ ।

 पार्टी बाट जनमतको कदर भएको खण्डमा उनले नेपाली काग्रेस बाट चन्द्रपुर नगरपालिकाको मेयर पदमा उम्मेदबारी सोच बनाएका छन ।

मेयर का आकाक्षी संजय कार्की संग प्रतिक्रिया लिदा उम्मेदबारी दिने आकाक्षा रहनु स्वभाबिकै हो तर जनता माझ चिनिएका र जनताको कामलाई आफनो काम भनेर लागिपरेको ब्यक्तिमा म पनि पर्ने भएकाले यतिखेर मलाई मेयरको उम्मेदबार बनाउनु पर्छ भन्नेहरुको संख्या बढेर गएको बताएका छन ।

उनले जुन सामाजिक संस्थामा पदिय दायित्व लिएका छन त्यसलाई बफादारीता पुर्बक निर्बाह गरेका कारण जनतामा  उनको छाप राम्रो रहेको नेपाली काग्रेसका कार्यकर्ताहरुको भनाइ छ ।

चन्द्रपुर नगरपालिका को चुनावमा मेयर पदका आकाक्षी कार्की सामुदायिक सेबा समितिको उपाध्यक्ष, जनज्योति बहुमुखि क्याम्पसको आर्थीक समिति संयोजक, रौतहट फुटबल संघको सदस्य, चन्द्रपुर नगरपालिकाको सामाजिक सुरक्षा भता बितरण समितिको सदस्य समेत रहेर काम गर्दै आएका छन ।

उनी जिल्ला ट्राफिक प्रहरी भबन निर्माण समितिको सदस्य समेत छन ।

बिभिन्न सामाजीक संस्थाहरुमा आबद्ध रहेका कार्कीको जनस्तर बाट आगामी चन्द्रपुर नगरपालिकाको मेयरमा उम्मेदबारी हुने प्रचार समेत आफै हुदै गएको छ । 

दुई बर्ष देखि  गुन्जन एफएमको प्रमुख भई कार्य गरेका उनलाई आगामी चुनावमा मेयर पदमा ल्याउनका लागी सहज भएको समेत कतिपयको बिश्लेषण रहेको छ ।

 

चन्द्रपुर नगरको १० वटा वडामै उनको नाम चर्चा मात्र हैन उम्मेदबारी बनाउनु पर्छ भनेर नेपाली काग्रेस भित्रै बाट आवाज उठिरहेको कार्कीले बताएका छन ।

Read 825 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012