You are here: Homeसमाचारसमाचारवीरगंज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखरेलरदारा ब्रम्हलुट एक अर्बको नोक्सान

वीरगंज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखरेलरदारा ब्रम्हलुट एक अर्बको नोक्सान

Published in समाचार Wednesday, 29 March 2017 07:18
Rate this item
(0 votes)

वीरगंज, १६ चैत  वीरगंज भंसार कार्यालयमा सरकारको राजस्व कसरी मार्ने कर्मचारी र व्यापारी कसरी मोटाउने अभियान अन्तर्गत सबै काम कारवाही बढेको छ । अचेल कसरी हुन्छ मिलीजुली बा“डीचुडी खाने योजनामा त्यहा“ कार्यरत सशस्त्र राजस्व गस्तीका प्रहरी र कर्मचारीहरु मिलेपछि फागुन महिनाभित्र वीरगंज भंसार कार्यालयलाई लगभग एक अर्ब घाटा भएको पोल खुलेको छ । 

 वीरगंज भंसारमा कार्यरत सशस्त्र राजस्व टोलीका प्रमुख डि.एस.पी. शुसील सुवेदीले खुलेआम तस्करहरुलाई वीरगंज भंसार कार्यालयको मूल नाकाबाट नै एउटा प्रज्ञापन पत्रबाट चार–चार पटक सामान भित्र्याउन निम्तो दिएपछि यो अवस्था सृजना भएको बताइन्छ ।

 वीरगंज भंसार कार्यालयका प्रमुख सेवन्तक पोखरेल यस कार्यमा सोझै संलग्न नदेखिएपनि उनी आप्mना मातहतका कर्मचारी र जा“चकीहरुलाई आफ्नो काबुमा राख्न सकेका छैनन् । सरकारले अत्याधुनिक हात हतियार दिएर वीरगंज भंसार कार्यालय जस्तो मुलुकको प्रमुख प्रवेश नाकामा राजस्व चुहावट रोक्न अभिभारा दिएको सशस्त्रका डि.एस.पी.शुसील सुवेदी तस्करको मतियार बनेर दाम कमाउन थालेपछि फागुन महिना भित्र ९ अर्ब ७ करोड २६ लाख ८८ हजार रुपैया वीरगंज भंसार कार्यालयको असुली लक्ष्य लिएको भएतापनि जम्मा ८ अर्ब ९ करोड ८५ लाख ९४ हजार रुपैया मात्र उठाउन सफल भएको छ । राजस्वमारा व्यापारीहरुसंग सोझै सम्पर्क स्थापित गरेर अहिले वीरगंज भंसारमा एक भाग सरकार एक भाग कर्मचारी र एक भाग व्यापारीवाला सिस्टम लागू गरिएको छ । सशस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीले तस्करहरुसंग मिलेमतो गरेर करोडौ रुपैया कमाउन सफल भएका छन् ।

Read 4053 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012