You are here: Homeसमाचारसमाचारउद्योगपतिहरुको बहुमन्जिला भवन जोगाउन सरकारी जग्गामा डिजाईन विपरित नाला निर्माण

उद्योगपतिहरुको बहुमन्जिला भवन जोगाउन सरकारी जग्गामा डिजाईन विपरित नाला निर्माण

Published in समाचार Tuesday, 28 March 2017 06:53
Rate this item
(0 votes)

वीरगन्ज १५ चैत्र उद्योगपतिहरुको घर जोगाउन ठेकेदार पक्षले परियोजनाको डिजाइज विपरित वीरगन्जको आदर्शनगरमा नाला निर्माण गरी रहेका छन् । सडककोे बीचबाट नाला निर्माण गर्नु पर्ने परियोजनाको डिजाईन भएपनि उद्योगपतिहरुको घर भत्किनबाट जोगाउन ठेक्कदारले सरकारी जग्गा नै अतिक्रम गरी नाला निर्माण गरीरहेका छन् ।

       वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को बालमन्दिर चोकबाट पुर्व तर्फ निर्माण गर्दा सडकको बीचबाटै नाला निर्माण कार्य गर्नु पर्ने कार्यआदेशमा उल्लेख भएपनि उद्योगपतिहरुको बहुमन्जिला भवन जोगाउन अनुमति विना ठेकेदार कम्पनीले  बालमन्दिरको जग्गा अतिक्रमण गरी नाला निर्माण गरेको स्थानियले आरोप लगाएका छन् । बालमन्दिर चोकबाट सडकको बीचबाटै नाला निर्माण गर्नु पर्ने भएपनि चोकबाट उत्तर तर्फ नाला मोडी बालमन्दिरको जग्गालाई अतिक्रमण गरी ठेक्दारले आफु खुसी निर्माण कार्य गरिरहेको स्थानियको भनाई रहेको छ । उद्योगपतिहरुको बहुमन्जिला भवन जोगाउन नगरपालिका,परियोजनाका अधिकारीहरुले उद्योगपतिबाट मोटो रकम नजराना बुझेको स्थानियले दावी गरेका छन् ।  

       विश्व बैंकको लागानीमा वीरगन्जमा संचालित रहेको मझौला एकीकृत सहरी वातावरनीय सुधार परियोजना अन्तरगत बालमन्दिर चोकबाट पुर्व तर्फ २.४ मिटर चौडा, २.८ मिटर गहिराईको ४ सय मिटर  लामो नाला  सडकको बीचबाटै निर्माण गर्ने परियोजनाको डिजाईमा उल्लेख गरिएको छ ।

       ठेकेदार कम्पनी कालिका कन्ट्रक्शनले बाल मन्दिरको जग्गा अतिक्रमण गरी गरेको  निर्माण कार्य तत्काल रोकी पर्खाल भत्काए वापतको उचित क्षतीपुर्ती दिलाउन चैत्र ७ गते नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएपनि हालसम्म कुनै सुनुवाई नभएको बालमन्दिर निम्न माध्यमिक विद्यालयकी प्रधानाध्यापक रत्ना सिलवालले जानकारी दिनुभयो । उहा“ले आफुहरुलाई कुनै जानकारी नै नगरी विद्यालयको नाममा दर्ता रहेको जग्गामा ठेकेदारले बलजप्ती निर्माण कार्य गरेको आरोप लगाउनु भयो ।        यसै विषयमा परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठसंग बुझ्दा उहा“ले सो स्थानमा रहेको उद्योगपतिहरुको बहुमन्जिला घर जोगाउन डिजाइन भन्दा फरक गई निर्माण कार्य गराएको बताउनु भयो । उहा“ले नाला निर्माणकै क्रममा केही महिना अगाडी सोही स्थानमा पर्खाल भत्कीदा एक मजदुरको मृत्यु भएकाले घटना पुनरावृती नहोस भनी नालालाई उत्तरपट्टी सारिएको जानकारी दिनुभयो । बालमन्दिरको जग्गामा नाला निर्माण कार्य सम्पन्न भएपनि  पर्खाल निर्माण गरी पुरानै आवस्था जग्गा हस्तान्त्रण गर्ने व्यवस्थापक श्रेष्ठले दावी गर्नु भयो । उहा“ले बालमन्दिर एरियाको नाला निर्माण कार्य पुरा नभए  पुरै आदर्शनगर एरिया ने वर्षातमा डुबान हुने जोखिम रहेकाले निर्माण कार्यमा बाधाव्यवधान नगर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

Read 3446 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012