You are here: Homeसमाचारसमाचारअध्यक्ष यादवद्वारा तीन सय वालबालिकालाई स्कृल ब्याग वितरण

अध्यक्ष यादवद्वारा तीन सय वालबालिकालाई स्कृल ब्याग वितरण

Published in समाचार Monday, 27 March 2017 16:11
Rate this item
(1 Vote)

वीरगन्ज, १४ चैत्र । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज एक कार्यक्रमका बीच तीन सय वालवालिकालाई स्कुल ब्याग वितरण गर्नुृ भएको छ । नेपाल राष्ट्रिय  निम्न माध्यमिक विद्यालय मनियारी र नेपाल राष्ट्रिय  प्राथमिक विद्यलाय परवानीपुरमा फोरम पर्साले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले तीन सय छात्र छात्राहरुलाई स्कुल व्याग वितरण गर्नु भएको हो । 

संघीय समाजवादी फोरम नेपालका सांसद श्रवण कुमार अग्रवालको संसदिय कोषबाट विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरुलाई स्कुल ब्याग वितरण गरिएको पार्टी पर्साले जनाएको छ ।  सामुदायि विद्यलायमा अध्ययन गर्ने वालबालिकाहरुलाई  किताब,कापि, कलम  लगायतका शैक्षिक समाग्री राख्न समस्या देखिएपछि दुवै विद्यालयमा अध्यन गरिरेहका तीन सय जनालाई स्कुल ब्यग वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालयमा समेत स्कुल ब्याग तथा शैक्षिक समाग्री वितरण गर्ने बताउनु भयो ।

बालबालिका भविष्यका देशको  कर्णधार भएकाले विद्यलायमा अध्ययन गर्ने वालबालिकालाई उनको अध्ययनमा थोरै रोचकता  थापन ब्यग वितरण गरिएको अध्यक्ष यादवको भनाई रहेको छ  । फोरम पर्साले स्कुल बयाग वितरण गररेपछि विद्यार्थीमा अध्ययन प्रति उत्साह थपिने विश्वास नेराप्रवि मनियारीका प्रधानअध्यापक अशोक साहले वयक्त गर्नु भएको छ । स्कुल ब्यग,शैक्षिक समाग्री, खेलकुद समाग्री वितरणले विद्यालय अध्ययन तर्फ वालबालिकालाई आक्रशित गर्ने बताउदै प्रअ साहले विद्यार्थीहरुको उत्सावृद्धीमा सहयोग पुर्याउने फोरम नेपाल पार्टी र त्यसका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई धन्यवाद समेत दिनु भएको छ । 

कार्यक्रममा विद्यालयकी श्रोत व्यक्ति मिरा प्रधान, फोरम नेपाल  पर्साका क्षेत्र नम्बर  २का क्षेत्रीय सचिव राधाकृष्ण रौनिया, संजय मण्डाल, असलम अन्सारी लगायतकाको उपस्थिती रहको थियो ।

Read 1251 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012