You are here: Homeसमाचारसमाचारम्यादी प्रहरीमा पर्सा जिल्लामा युवाहरुको आकर्षण

म्यादी प्रहरीमा पर्सा जिल्लामा युवाहरुको आकर्षण

Published in समाचार Monday, 27 March 2017 12:46
Rate this item
(0 votes)

विन्दुभुषण साह वीरगंज, १४ चैत्र स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन पर्सा जिल्लामा युवाहरुको विशेष आकर्षण देखा परेको छ ।  तराई–मधेसमा निर्वाचन हुने नहुने दोधार रहेकै बेला यहाका युवाहरूले म्यादी प्रहरी भर्नामा धमाधम आवेदन दिन थालेका छन् ।

म्यादी प्रहरीका लागि गत शुक्रबार १३ गतेदेखि १७ चैतसम्म आवेदन बुझाउन प्रहरी प्रधान कार्यालयले दरखास्त आहवान गरेपछि ३ दिनमा हिजो आईतबार साझसम्म पर्सामा २ सय ४० जनाले भर्ना हुन आवेदन दिएका छन । आवेदन फारम करिब ६ सय जनाले लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।   

आज विहानैदेखि जिल्ला प्रहरी कार्यालय पर्सामा आवेदन दिनेको भिड बढेको प्रहरी हवल्दार विकाउ यादवले जानकारी दिनुभयो ।

बाराबाट हाम्रा सहकर्मी जयनारायण यादवले दिएको जानकारीअनुसार बारामा आइतबारसम्म २ सयभन्दा बढी मधेसी युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन्। बारामा आइतबारसम्म २ सय १५ जनाको म्यादी प्रहरीमा आवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले दिएको जानकारीअनुसार जसमध्ये ५ प्रतिशत पहाडी मूलका छन् भने बाँकी मधेसी मूलका युवाले म्यादी प्रहरीमा आवेदन दिएका छन्।

 मधेसवादी दलहरूले २ नम्बर प्रदेशका जिल्लामा निर्वाचन हुन नदिने घोषणा गरिरहेका बेला स्थानीय युवाहरू भने म्यादी प्रहरीमा भर्ना हुन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिइरहेका छन ्। 

संविधान संशोधन विना मधेशमा चुनाव हुन नदिने मधेसी मोर्चाले उदघोष गरेपनि मोर्चाका कार्यकर्ताले पर्सामा म्यादी प्रहरीमा जान युवाहरूलाई रोक लगाएका छैनन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई ‘बहिष्कार’ गर्ने रणनीति बनाइरहेको अवस्थामा मधेसमा म्यादी प्रहरी बन्नका लागि मधेसी सामुदायकै युवाहरूको लाम लागेको छ।

तराई–मधेसका पर्सा,बारा ,रौटहट धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा पनि मधेसी युवाले म्यादी प्रहरीको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयहरूले प्रहरी प्रधान कार्यालयमा जानकारी दिइसकेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालका अनुसार पहाडी जिल्लामा भन्दा तराई–मधेसका जिल्लाहरूमा म्यादी प्रहरीको आवेदन फाराम बढी वितरण भएको छ । 

 

Read 2089 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012