You are here: Homeसमाचारसमाचारकांग्रेसको कार्यसम्पादन समितिमा सांसद मंसुर चयन

कांग्रेसको कार्यसम्पादन समितिमा सांसद मंसुर चयन

Published in समाचार Sunday, 26 March 2017 17:47
Rate this item
(0 votes)

बारा १३ चैत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समितिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं. ३ का सांसद फरमुल्लाह मंसुर चयन भएका छन । 

सभापति देउवाले आईतबार पेश गरेको २९ सदसिय कार्य सम्पादन समितिको सदस्यमा सांसद मंसुर चयन भएका हुन । सभापति देउवाले पेश गरेको कार्य सम्पादन समिति र ४२ वटा विभागको नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले पारित गरेको हो । केन्द्रिय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने कांग्रेसको विधानको धारा २९ र ३० मा कार्य सम्पादन समितिको व्यवस्था रहेको छ । पार्टी सभापतिको अध्यक्षतामा कार्य सम्पादन समितिमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । साथै संसदीय दलको नेता पनि समितिको सदस्य रहने व्यवस्था रहेको छ । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि कार्य सम्पादन समिति गठन हुन सकेको थिएन । 

 

Read 774 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012