You are here: Homeसमाचार
Thursday, 25 May 2017 09:41

वीरगन्ज ११ जेठ वीरगंजमा सञ्चालित ठूला योजनाहरूको काममा ढिलाइ भइरहेको र कसैले पनि निर्धारित समयमा काम पूरा गर्न सकेको छैन।  एडिबीको सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय शहरी परियोजना अन्तर्गत नाला, सडकको काम तोकिएको समयभन्दा तीनपटक म्याद थप भइसक्दा पनि सम्पन्न हुन सकेको छैन। अहिले यो योजनाको समयावधि अगस्त महिनासम्म तोकिएको छ। तर काम भने ७२ प्रतिशतभन्दा बढन सकेको छैन। स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आचारसंहिताको कारण सरकार र एडिबीले दिनुपर्ने किस्ता रकम भुक्तान नभएको कारण विगत दुई महिनादेखि योजनाले गति लिन सकेको छैन। 

    ठेकेदार कम्पनी कालिकाका व्यवस्थापक ठाकुर ढकालले निर्वाचन आचारसंहिताको कारण विनियोजित रकम पनि प्राप्त नभएकोले काममा गति नआएको बताए। उनले रकम भुक्तानी हुनासाथ कामले तीव्रता लिने प्रतीकलाई बताएका छन्। सबैथोक नगदबाट गर्नुपर्ने अवस्थामा आवश्यकताभन्दा बढी उधारोबाट काम हुँदै गरेको भए पनि भौतिक निर्माणका सामग्रीहरू पनि अब उधारोमा दिन छाडिएकोले काम नरोकी चालू मात्र राखिएको प्रतिक्रिया दिए। 

    यता एडिबीकै ऋण सहयोगमा चिनियाँ कम्पनी जेडआइसीले निर्माण गर्न लागेको फोहर व्यवस्थापन केन्द्रको काम पनि शिथिल अवस्थामा छ। ४७ करोड ६१ लाखको फोहर व्यवस्थापन केन्द्रको काम अहिले एक वर्ष दुई महिना बित्न लाग्दा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन। अप्रिल १६ मा दुई वर्षको लागि लिएको यो ठेक्काको म्याद अप्रिल १८ मा सकिन्छ । 

    आयोजनाका इन्जिनियर शैलेन्द्र श्रेष्ठले कालिका कन्स्ट्रक्सनले भुक्तानीको अभावमा कामलाई गति दिन नसकेको बताए। उनले आजभोलिमा विनियोजित रकम भुक्तानी हुने जानकारी गराएका छन्। 

    अर्थ मन्त्रालयले एडिबी र सरकारले भुक्तानी गर्नुपर्ने रु ३९ करोड विनियोजन गरेको थियो। तर निर्वाचन आचारसंहिताको कारण अहिलेसम्म यो रकम भुक्तानी हुन सकेको छैन। 

    यता पप्पु कन्स्ट्रक्सन, रोशन र रामजानकीले संयुक्तरूपमा सकार गरेको वीरगंज आधुनिक बसपार्क निर्माण कार्य पनि कछुवा गतिमा छ। गत चैत मसान्तमैं कार्य सम्पन्न गरिसक्नुपर्ने वीरगंज बसपार्कको काम जेठको पहिलो सातासम्म २० प्रतिशतमैं सीमित छ। रु १७ करोड लागतमा वीरगंज आधुनिक बसपार्कको निर्माण कार्य पप्पु, रोशन र रामजानकीले सकार गरेका थिए। अहिले तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि ६ महिनाको म्याद थपिएको वीउमनपाका योजना प्रमुख तथा सूचना अधिकृत प्रकाशमान सिंहले बताए। निर्माण कम्पनीमध्ये रोशन कन्स्ट्रक्सनका सञ्जय गुप्ताले विद्युतीय समस्याको कारण कामले गति नलिएको बताए। 

    निर्माण क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन रहेको र सो हटाउन एक वर्षदेखि ताकेता गर्दा बल्ल हटेको बताए। हाइटेन्सन हटेपछि अब कामले गति लिने सञ्चालक गुप्ताले बताएका छन्।

रक्सौलमा नेपाल सरकारको स्वामित्वमा रहेको करीब २० बिगाह नेपालको जग्गामा भारतीय भोगचलन

पर्साको गाउँपालिका टुक्राएको भन्दै स्थानिय आन्दोलित

एमाले मधेसबिरोधी भएको भन्दै केन्द्रिय सदस्य गीरी र चौहानद्धारा राजिनामा

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

उधोगपति सरावगी फोरम नेपालको प्रदेश कोषाध्यक्षमा मनोनित

फोटोपत्रकारिता र पर्यटन प्रवद्र्धनका लागि फोटोपत्रकारको टोली बंगलादेशमा

बन्दुकको जवाफ अब मधेसी जनताले ब्यालेटबाट दिन्छन् – प्रदीप यादव

फोरमबाट वीरगंजको मेयरमा सरावगी लगभग पक्का

सरकारले मधेसमा चुनाव गराए मुठ्भेट हुन्छ- महामन्त्री सोनल

पुर्व वडा अध्यक्ष एंव राजपा नेता मनोज कुमार कलवार फोरम नेपालमा प्रवेश

ट्राफिक जनचेतना सम्बन्धी प्रभात फेरी

ट्रकको ठक्करबाट एकको मृत्यु

भारतीय रेल्वे राज्य मन्त्री मनोज सिन्हासंग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश बिच भेटघाट

एमाले पार्टीबाट मधेसीको मोहभंग भएको छ - अध्यक्ष यादव

टाटा सुमो पल्टँदा पर्साका वकिल घाइते

संशोधन पछी मात्र चुनाव - महामन्त्री सोनल

कांग्रेस, एमाले, माओवादी बाट १६० जना राष्ट्रिय जनता पार्टि नेपालमा प्रवेश

नर्सिङ दिवसमा नेशनल मेडिकल कलेजमा फलफुल तथा जुस वितरण

वीरगन्जमा बाबा रामजनम तिवारीको १८ औं पुण्यतिथी मनाईयाे

शान्ति स्थापनाका लागी युवा तथा नेतृत्वकर्तालाई वीरगन्जमा तालिम

राष्ट्रिय जनता पार्टी बैठक वीरगन्जमा सम्पन्न ४ गते सम्म संसाेदन नगरिए कडा आन्दोलनमा उत्रिने

पूर्वसभासद् शिवचन्द्र कुशवाहा पक्राउ, प्रहरी चौकीमै स्थानीय कुटेको आरोप

बुद्ध ज्यन्तिको अवसरमा निबन्ध प्रतियोगिता कार्यक्रम

फेरि भड्कियो मधेस गठबन्धन स् संशोधन नभइ चुनावमा नजाने

मधेसमा चुनाव हुन नदिने उपेन्द्र यादवको दाबी

वीरगन्जका सन्दिप लाखको गहना सहित पक्राउ

उपेन्द्र यादवले अचानक किन बोलाए मधेशका एघार जिल्लाको शीर्ष बैठक ?

आन्तरिक रुपमा तयारी गर्दैछन् बाराका दलहरु

ब्यापार मैत्री नीति नहुँदा घाटा भन्छन वीरगन्जका ब्यपारीहरु

पर्सामा दुई पटकको म्याद वित्दा समेत ९५ प्रतिशतले बुझाएनन् हतियार

सर्वोच्चको फैसलापछि कड्किए मधेसी नेता जितेन्द्र सोनल

पर्सामा अस्थायी शिक्षकको आन्दोलन जारी

स्वतन्त्र मधेश गठबन्धनका नेता पक्राउ

एकीकरणको १२ दिनपछि राजपा नेपालको पहिलो केन्द्रीय समिति बैठक

राजपाको निष्कर्षस् महाअभियोग संविधान संशोधन भाँडने षड्यन्त्र

स्थानिय निर्वाचन बहिष्कार गर्ने घोषणा - बिक्रम बहादुर बम

अग्निपिडित परिवारलाई राहत बितरण

नरायणी उप(क्षेत्रीय अस्पतालमा नगद सहित खानेकुरा बितरण

वीरगञ्जको वडा नम्वर २१ को गाछीटोलमा भिषण अागलागी

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गरि जिल्लाका बिभिन्न बिदालयहरुमा योग शिविर सुरु

मतदाता शिक्षाको एक मात्र उद्धेश्य मतको बदर संख्या घटाउनु होःपराजुली

श्री माईस्थान विद्यापिठ मा.वि.मा बृक्षा रोपन कार्यक्रम

वीरगन्जमा मोर्चाको विरोध प्रर्दशन

टप फाईभ नोमिनिज फाटोपत्रकारहरुको नाम घोषणा

मधेसबादी दल निर्बाचनमा सहभागी हुने या नहुने बिषयमा आज निर्णायक बार्ता हुदै

वीरगन्जमा सिठ्ठी र लाठी जुलुश-फोटो फिचर सहित

मधेशी मोर्चा बन्यो एउटै पार्टी, एकीकरणको घोषणा हुँदै

निर्वाचन बिथोल्न पर्सा मोर्चा द्वारा संघर्ष समिति गठन

वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका कार्यक्रमहरू सार्वजनिक

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012