You are here: Homeमनोरन्जनItems filtered by date: Saturday, 08 April 2017

वीरगन्ज,२६ चैत्र विभिन्न पार्टी परित्याग गरि संघीय समाजावादी फोरम नेपालमा २सय ५० जना प्रवेश गरेका छन् । वीरगन्जको मुलीमा पार्टीको बडा इकाइ समिती १५ र १६ले संयुक्त रुपमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पुर्व बडा अध्यक्ष रामदरश कुशवाहा,पुर्व नपस एमालेका जिल्ला सदस्य मुस्तकिम हवारी,पुर्व नपस तथा राप्रपाका नेता अदालत मियां,नेपाली काग्रेसका हसमोदीन मंसूरी ,किशोर कुमार मेहता,ध्रुव प्रसाद कलवार लगायत विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना फोरम नेपालमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले नवप्रवेशीहरुलाइ फुलमाला तथा अविर लगायएका प्रवेश गराएका थिए ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले सरकारमा रहेका नेताहरुले बलपुर्वक मधेसमा चुनाव गरायो भने त्यसको प्रतिकार मधेसी जनता हतियारबाट गर्ने चेतावनी दिएका छन् । मधेस आन्दोलनको भावना बिपरीत मधेसी जनतालाइ गुलाम बनाउने उदेश्यले गराउन लागीएको चुनावमा मधसी कर्मचारीहरुलाइ नखटीन आग्रह गर्दै नेता यादवले चुनावमा मधेसी जनताको कडा प्रतिकारबाट हुने छतीको जिम्मेवारी सरकार र चुनावमा खटिने कर्मचारी स्वेयम हुने बताए । कार्यक्रममा बोल्दै नेता यादवले  शारिरिक रुपले गुलाम भएकालाइ दासत्वबाट मुक्त गराउन सकिने तर मान्सिक रुपले एमाले ,काग्रेस र माओवादीको गुलामहरुलाइ दास्त्वबाट मुक्त गराउन नसकिने धारणा व्यक्त गरेको थिए । उनले तीनदलका यी गुलामहरुलाइ  चुनावमा मधेसी जनताले ठीक पार्ने समेत बताएका थिए । कार्यक्रममा बताउदै जिल्ला चेतावनी समेत दिए। नासिर खानको अध्यक्षतामा सम्मपन्न भएको पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री करिमा वेगम,पार्टीका नेता एवम उधोग पति विजय सरावगी,मधेस प्रदेश सचिव सलाउदिन अहमद लगायतका नेताहरुले नवप्रवेशीहरुलाइ फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012