You are here: Homeमनोरन्जनItems filtered by date: Friday, 07 April 2017

वीरगन्ज,२५ चैत्र । मधेशका मुद्दामा नेपाली काँग्रेसको धारना स्प्रस्ट नरहेको र काँग्रेस सभापति शेर बहादुर देउवाको अभिव्यक्ति समेत पुर्ण मधेशको पक्षमा नरहेकोले नेताहरू काँग्रेस परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपालले विहिवार संझा वीरगन्ज उपमहानगरपालिको वाड नम्बर २६मा पर्ने सुगौलीविर्तामा आयोजना गरेको एक कार्यक्रमका बीच नेपाली काङ्गे्रसको मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य एवम्  पर्सा क्षेत्र नम्बर १का पुर्व क्षेत्रीय सभापति खुर्रम आलमको नेतृत्वमा सयकडौ जना काङ्गे्रसी लगायत अन्य पार्टीका नेताकार्यकर्ता  संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन । 

ज्ञयासुदिन मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अधिती रहेका फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले नव प्रवेशी खुर्रम आलम लगायतका नव प्रवेशीलाई  फुलको माला र अविरको टिका लगाई पार्टी प्रवेश गराएका थिए । 

पार्टीकी केन्द्रिय सदस्य करिमा बेगम, २ नम्बर प्रान्तका सचिव सलाउदिन अहमद ,पार्टीका नेता एवम् वरिष्ठ उद्योगपति  बिजय सरावगी लगायतको उपस्थितीमा नवप्रवेशीहरुलाई फुलमालाले स्वागत गरी पार्टी प्रवेश गराईएको थियो । 

खुर्रम आलमको नेतृत्वमा नेपाली  काङ्ग्रेसको नम्बर १का क्षेत्रीय प्रतिनीधि मजिद अंसारी, कृयासिल सदस्य इजहार अंसारी, नुरआलम अंसारी,रुस्तम आलम, कासिम अंसारी, हिरा अंसारी(ए),सातार अंसारी ,आसिक अंसारी, लकमान अंसारसी, रुपनारायण प्रसाद, मुम्ताज अंसारी मुस्तफा अंसारी, भोला हवारी, धनिफ अंसारी लगायत रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो। त्यसै तमलोपाका नेता सुकर आलम सहित सयकडौ जना पार्टीमा प्रवेश गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो। 

 पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले परिमार्जन सहित संविधान संशोधन नभए मधेसमा स्थानिय तहको निवार्चन सरकारले गराउन नसक्ने दावी गर्नुभयो । उहाँले  काङ्ग्रेस,एमाले, माओवादी लगायत नामधारी पार्टीहरुमा मधेसीको भविष्य सुरक्षीत नभएको र ती ठुला भनाउदा दलहरुमा लागे मधेसीले अधिकार नपाउन खतरा रहेको बुझी ठुला दलमा रहेको मधेसीहरु फोरम नेपाल तर्फ आक्रसित भएको दावी गर्नु भयो। 

मधेसको मुक्ती र मधेसीलाई अधिकार सम्पन्न फोरम नेपालले नैं गर्ने विश्वा भएकै कारण मधेसवादी पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नेहरुको पर्सा जिल्लामा लहर नै चलेको अध्यक्ष यादवले जानकारी दिनुभयो  ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012