You are here: Homeमनोरन्जनItems filtered by date: Monday, 17 April 2017

वीरगन्ज, ४ बैशाख आन्दोलनत मधेसी मोर्चाको संघीय गठबन्धनले आम हड्तालसहितका विभिन्न कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो। मोर्चाको आइतबार बसेको बैठकले आफ्ना मागका बारेमा सरकार उदासिन रहेको आरोप लगाएको छ। उसले माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको हो। उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको वैशाख ५ देखि ३१ गतेसम्मका विरोध कार्यक्रममा जुलुस प्रदर्शन, धर्ना, आमसभा तथा बन्द हडतालसम्मका छन्। संविधान संशोधन भए पनि वैशाखमा हुने स्थानीय तहको निर्वाचन आफूहरूको प्राथमिकतामा नरहेको कार्यक्रममा बोल्दै मोर्चाका संयोजक उपेन्द्र यादवले बताए।

Published in समाचार

वीरगन्ज, ४ बैशाख  । संघीय समाजवादी फोरम नेपाल पर्साको बैठकले विभिन्न आठ सुत्रीय महत्वपुर्ण  निर्णय गरेको छ । फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको हो  ।  पार्टीकी केन्द्रिय सदयस एवम् पुवृ मन्त्री करिमा बेगम, विरेन्द्र यादवको विषेश उपस्थितीमा बैशाख २ गते देखी  ३ गते सम्म संचालन भएको विस्तारित बैठकले जिल्ला कार्यसमिति विस्ता संगै, सलाहकार सिमित विस्तार, भातृ संगठनहरुको पद पुर्ती, केन्द्रिय सदस्य तथा तराई मधेस प्रदेश समितिमा पदाधिकारी एवम् सदस्यका लागि नामाउली सिफारिस लागयतको विभिन्न आठ सुत्रीय निर्णयहरु गरेको फोरम पर्साले प्रकासित गरेको विज्ञप्तीमा जनाइएको छ । जिल्ला अध्यक्ष प्रदीप यादवकोले प्रकासित गर्नु भएको विज्ञप्तीमा जिल्ला कार्यसििमतको बैठकले संगठन सुद्धीकरण तथा विस्तारका लागि जिल्ला स्तरिय विभागको गठन, पार्टी जिल्लाको अनुसाशन समितिमा पदपुर्ती ,मुस्लिम फोरमको नेतृत्व चयन, दलित फोरम नेपालको केन्द्रिय पदाधिकारीको लागि नामाउली सिफारिस तथा जिल्ला कार्यसमिति गठन लगायतको निर्णय गरेको  उलेख्य गरेको छ । 

अध्यक्ष यादवको हस्ताक्षर रहेको विज्ञप्तीमा बैठकले जिल्ला कार्य समितको विस्ता गर्दै जिल्लाको उपाधयक्षमा  अब्दुलरहिम ९मन्जुर० अंसारी, सचिव नागेन्द्र प्रसाद यादव , जिल्ला कार्य समितिको प्रवक्तामा रामनरेश यादव, सह–सचिवमा बालेश्वर गौरो थारु, कोषाध्यक्षमा रवी बर्णवाललाई मनोनित गर्ने निर्णय गरेको  जनाएको छ ।

बैठकले जिल्ला सदस्य पादमा रामनरेश यादव, भुपदेव राय थारु, असेसवर प्रसाद यादव , श्रीमती राजकली देवी सहनी, प्रदीप जयशवाल, श्रीमती निशा सत्याल, हिमाञ्चल कुशवाहा, रामऔतार९हिरालाल० यादव , तुफान अन्सारी, नवलेश राम, धर्मन पटेललाई मनोनित गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

दुई दिन सम्म संचालन भएको विस्तारित बैठकले अधिवक्ता हरिहर साह कानुको संयोजकत्वमा जिल्ला सलाहकार  समिति समेत गठन गरेको छ । गठित समितिका

सदस्य पदहरुमा क्रम्श ः ओकिल मियाँ९डाक्टर०, गाणेश यादव, वकिल मिया देवान, रामदरश कुशवाहा, नागेन्द्र यादव, ज्योती साह कलवार, गौरिशंकर प्रसाद चौरसिया, महम्द कासिम अन्सारी, गौरिशंकर साह कलवार, दर्शन प्रसाद यादव, काशी प्रसाद यादव, भोट यादव र  ग्यासुदिन मियाँलाई मनोनितको विज्ञप्तीमा जनाइएको छ । 

बैठकले मुस्लिम फोरम नेपाल पर्साको जिल्ला कार्यसमितिको संयोजक पदमा महम्द सलिम अन्सारी र दलित फोरम नेपाल पर्साको संयोजक पदमा जमुना पाशवानलाई  समेत मनोनित गर्ने गरेको छ । बैठकले अधिवक्ता सन्तोष श्रीवास्तवको संयोजकत्वमा पार्टीको कानुन विभाग र शुशिल भट्टराइको संयोजकत्वमा बौदिक पेशाकर्मी फोरम नेपालको गठन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । नगवठित पेशाकर्मी फोरम नेपालको सदस्य पदमा बैठकले शिवजी गुप्ता, नसिंह कुशवाहा, राजदेव कुशवाहा, निवास यादव, श्रीराम गिरी, उमेश यादव र  शम्भु प्रसाद रौनियालाई मनोयन गरेको छ । 

बैठकले पार्टीको केन्द्रिय सदस्य पदकालागि मोहनलाल चौधरी, केन्द्रिय सदस्य तथा विकास समितिको सदस्य पदका लागि हरिनारायण रौनिया र केन्द्रिय सदस्य तथा विदेश विभाग तथा प्रदेश समितिको सदस्य पदका लागि उद्योगपति बिजय कुमार सरावगीको नाम सिफारिस गरेको छ भने   पार्टीको केन्द्रिय सदस्य पदकालागि  शिपु तिवारीको नामाउली सिफारिस गर्ने निर्णय गरेको छ । 

बैठकले तराई मेधस प्रदेश समितिको सदस्य पदका लागि मुकदेव पंजियार, श्याम सुन्दर साह, जितेन्द्र यादव, हिरालाल यादव, महम्द सरिफ गद्दीको  नाम सिफारिस  गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको  छ । 

जिल्लको वडा,गाँउ,नगर,टोल समिति विस्तार गर्न पार्टीको पाँच वटौ  निर्वाचत क्षेत्रका क्षेत्रीय समिति तथा नगर समितिहरुलाई बैठकले जिम्मा दिने निर्णय  गर्नुुको साथै संगठन सुद्धीकरण तथा अनुगन गर्न समिति समेत गठन गरेको छ । रामनरेश यादवलाई  पार्टी पर्साको  संगठन विभाग प्रमुखमा मनोति गर्दै बैठकले उक्त समितिको सदस्यहरुमा नागेन्द्र प्रसाद यादव, कामेश पडित, ओमप्रकास साह, रामबढाई यादव, अजय चौरसिया, गोवर्धन प्रसाद यादवलाई मनोनित गर्नुको साथै अनुसाशन समितिको संयोजकमा सरिफ गद्दीलाई  चयन गर्ने निर्णय बैठकले गरेको अध्यक्ष यादवले जानकारी दिनु भएको छ । उक्त समितिको सदस्यहरुमा किशुनदेव यादव, हस्मुदिन देवान, श्री कृष्ण प्रसाद यादव, लक्ष्मीकान्त मण्डललाई  समेत मनोनित गरेको अध्यइा यादवले बताउनु भयो ।त्यसै बैठकले केन्द्रिय दलित फोरम नेपालको पदाधिकारी तथा सदस्य पदका लागि अशोक राउतको नाम केन्द्रलाई सिफारिस गरेको फोरम नेपाल पर्साले जनाएको छ ।

Published in समाचार

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012