You are here: Homeमनोरन्जनमनोरन्जन

मनोरन्जन (1049)

वीरगन्ज ८ बैशाख पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको अन्तिम टुँगो लगाउने जिम्मेबारी अध्यक्ष द्वय भट्टराई र यादवलाई दिइएको छ । केही दिनभित्रै एकता गर्ने सहमति भएअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

 

उपेन्द्र यादव बाहेक विहीबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भएपछि एकीकरणका लागि दबाब परेको हो ।

 

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण गर्न यसअघि बनाइएको वार्ता समितिले ठोस निर्णय दिन नसकेपछि दुबै पार्टीका अध्यक्षहरुले नै अन्तिम टुँगो लगाउने भएका छन् ।

 

एकताको अन्तिम टुँगो लगाउन शुक्रबार तीन सदस्य समिति बनाइएको छ जसमा नयाँ शक्तिका अध्यक्ष भट्टराई, फोरम नेपालका अध्यक्ष यादव र फोरम नेपालसँग एकीकरण गरेका संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई रहेका छन् ।

नयाँ शक्ति पार्टीको बैठकमा नेताहरुले निर्वाचनअघि एकता गर्न नहुने बताएका छन् । साथै एकीकरणको गृहकार्यमा लागेका नेताहरु अल्मलिएपछि भट्टराई आफै अगाडि सरेका छन् ।

 

यता फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि एकताका लागि पार्टी नेतृत्वलाई एकताका लागि दबाब परेको छ । शुक्रबारबाट फोरम नेपालको केन्द्रीय समिति बैठक पनि बस्नेछ । दुबै पार्टीले जारी बैठकबाटै एकताको टुँगो लगाउने विश्वास फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले यात्रा डेलीसँग व्यक्त गरेका छन् ।

 

शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’

 

विज्ञप्तीमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

वीरगन्ज बैशाख मधेसी मोर्चामा आवद्ध पाँच दलबीच आज एक कार्यक्रम गरि काठमाण्ढौमा एकता भएको छ । पार्टी एकताको औपचारिक घोषणा आज भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज अमृतभोग पार्टी प्यालेस कालिकास्थानमा भएको एक कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा गर्दै पार्टीको चिह्न र झन्डा 'छाता' सार्वजनिक गरेको छ ।  बुधबार राति ८ बजेदेखि आज बिहान ३ बजेसम्म ललितपुरको एक रेष्टुरेन्टमा भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो। ‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ । झन्डामा तीन रंग प्रयोग गरिने भएको छ । पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ । पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहने तमलोपाका महामन्त्रि जितेन्द्र सोनलले यात्रा डेलीलाई बताए । ‘सामूहिक अस्थित्वका आधारमा पार्टीलाई चलाइनेछ’, उनले भने, ‘पार्टीका सबै पदाधिकारीहरू पदाधिकारी नै रहनेछन, पार्टीको नीति बनाउनका लागि विशेष राजनीतिक समिति बनाइनेछ ।’ पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति भएको यादवले बताए । 

 

वीरगन्ज  बैशाख तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठन तराई मधेस युवा तराई (मधेश युवा फ्रन्टको संगठन बिस्तार भएको छ । बुधबार वीरगन्जको गोपाल मन्दिरमा बसेको बैठकले २७ सदस्य जिल्ला कार्यसमिती बिस्तार गरिएको हो कार्य समितीमा अध्यक्ष पदमा आशुतोष चर्तुवेदी बरिष्ट उपाध्यक्षमा पप्पु सिह,दिलीप साह,बिरेन्द्र कलवार छन भने सचिव राजु जैसवाल र सह सचिवमा बिकाश कुमार गुप्ता कोषध्यक्षमा बिशाल कुमार र बाकी अन्य सदस्यहरु रहेका छन  । मधेस लोकतान्त्रिक पार्टी पर्साका जिल्ला सचीव चन्दन मिश्रको प्रमुख आतिथ्य र नगर अध्यक्ष बिजय कुर्मीको बिशिस्ट आतिथ्यमा कार्यक्रम संम्पन भएको थियो ।

Image may contain: 9 people, people standing and indoor

Image may contain: 4 people, people sitting and indoor

वीरगन्ज बैशाख नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिबाट अस्थायी  नियुक्त भएर बरखास्त भएका कर्मचारीहरूले पुनर्बहालीको माग गर्दै अस्पताल प्रशासनलाई अनावश्यक तनाव दिइरहेका छन् । उनीहरूले रीतपूर्वक नियुक्ति भएको भन्दै अस्पतालमा आन्दोलन तथा प्रदर्शन गरी पुनर्बहालीको माग गर्ने तयारी गरेको अस्पताल स्रोतले बताएको छ । तर अस्पताल प्रशासनले त्यसो नगर्न उनीहरूसँग आग्रह गरेको छ । नियुक्ति रीतपूर्वक नदेखिएकोले चिकित्सक, नर्स, अनमी, कार्यालय सहयोगी गरी केही दिन पहिले १० जना कर्मचारीहरूको अस्पताल विकास समितिले नियुक्ति बदर गरेको थियो । यस विषयमा अस्पतालका मेसुदेखि अन्य कर्मचारी पनि चिन्तित छन् । यदि त्यस्तो किसिमको गतिविधि उनीहरूले गरे भने अस्पताल सञ्चालनमा हस्तक्षेपकारी भूमिका बढने अस्पताल प्रशासनको ठम्याइ छ । अस्पतालका मेसु डा. चित्तरञ्जन साहले नियुक्ति बदर भएका कर्मचारीहरू अस्पतालमा प्रदर्शन गर्ने तयारीमा रहेका तर कुनै किसिमको गतिविधि नगरेको जानकारी गराए । उनले भोलि–पर्सि के हुन्छ जानकारी नभएको बताए । यदि कसैले कानुनको दायरा मिचेर अस्पताललाई बन्धक बनाउन खोज्यो भने प्रहरी प्रशासनको सहयोग लिने अस्पताल विकास समितिका पदाधिकारीहरूले बताएका छन् ।

 

विरगंज,  बैशाख - विरगंजको श्रीपुर स्थित रहेको ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय अभिभावकहारको पहिलो रोजाइ र बालबालिकाको लागि सहि गन्तव्य बनेको छ । बालबालिका हुर्काउनको लागि उपयुक्त वातावरण रहेको यो स्कुलमा सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षा दिने गरिएकोले अभिभावकहारको पहिलो रोजाइ बन्न ज्ञान वाटिका सफल भएको प्रिंसिपल डा. अन्जु कुमारीको भनाइ छ । 

ज्ञान वाटिकामा पढाइ संगसंगै असल संस्कार र सिकाइलाइ महत्व दिने गरिएको विद्यालयकि प्रिंसिपल डा. कुमारीको बताउछिन ।साना नानी बाबुहरुलाई घरमा जस्तै मायालु वातावरणमा हुर्काएर असल मान्छे बनाउने एउटा आधार बनोस् भन्ने उद्धेश्यका साथ २०५२ सालमा शिक्षक हरिहर प्रसाद यादव द्वारा स्थापना भएको यस स्कुलमा अहिले ६०० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

ज्ञान वाटिकामा विद्यार्थीह र अभिभावकहरुकोको आकर्षण हुनुको कारण चाहिँ ज्ञान वाटिकामा आफ्नै भौतिक संरचना पनि एक हो । आफ्नै ७ कट्ठा जग्गामा सञ्चालित यस स्कुलमा खेलकुद र अन्य क्रियाकलापका लागि विद्यालयमा आफ्नै ठुलो ग्राउण्ड रहेको छ । स्मार्ट बोर्ड प्रविधि द्वारा शिक्षा दिइने यस स्कुलले अब्बल दर्जाको विद्यार्थी उत्पाद गर्न सधै सफल रहेको विद्यालयका संस्थापक हरिहर प्रसाद यादवको दावी छ । विद्यालयको कक्षा कोठाहरुमा सीसिटिवी क्यामेरा जडान गरि विद्यार्थीको हरेक क्रियाकलापलाइ अध्यन गर्ने गरिएको यादव बताउछन । जिल्लाको शैक्षिक स्थिति उत्थान गर्न नीतिले स्थापित यस स्कुलले न्यूनतम मासिक शुल्कमै शिक्षा प्रधान गर्ने गरेको यादवले बताउछन । 

कुशल र दक्ष शिक्षकहारको द्वारा अध्यापन गराइने यस स्कुलले विध्यर्तीहरुको सैद्धान्तिक र व्यावहारिक विकासको लागि सधै विभिन्न भ्रमण, पिकनिक र यात्राको आयोजना पनि गर्ने गरेको छ । त्यस्तै कमजोर र सुस्त विद्यार्थीका लागि विद्यालयले छुट्टै क्लासको समेत व्यस्था गर्ने गरिएको छ । बालबालिका चौतर्फी विकासका लागि विद्यालयले प्रतेक हफ्ता अतिरिक्त पाठयक्रम गतिविधिहरुको समेत आयोजना गर्ने गरिको छ । साथै नृत्य, कला, गायन, संगीत र अन्य कौशलहरु प्रधान गर्ने छुट्टै शिक्षकहारको व्यस्था गरिएको छ ।

हिजोका दिनमा यहाँबाट उत्पादित भएका विद्यार्थीहरु सफल ईन्जिनियर, डाक्टर, वकिल, व्यापारी बनिसकेको अबस्था र शिक्षकहरु आफ्नो ठाउँमा त छदै छन । सरकारले गत बर्षबाट ल्याएको ग्रेडिङ्ग सिष्ट एस.ई.इ परिक्षामा पनि विद्यार्थीहरुले राम्रो जिपिए ल्याएका छन् । त्यसै गरी ज्ञान वाटिकामा ल्याब, लाइबे्ररीहरु पनि राम्रो रहेको र विद्यालयमा प्लस टु पनि भएकाले गर्दा विद्यार्थीलाई आवश्यक भौतिक कुराहरु दिने प्रयास पनि गरिएको छ ।

विरगंज, ३० चैत्र - गायक अनुप तिवारी र सुरबी मिश्राको नयाँ गित 'एक मिसाल"को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिवार एक कार्यक्रम बीच उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो ।  युवा गायक तिवारी द्वारा लिखित गितको म्यूजिक भिडियोमा अशोक आर्यन यादव र क्रिस्टिना थापाले अभिनय गरेका छन् । गायक तिवारीको यो दोश्रो गित हो भने मिश्राको यो पहिलो गित हो ।

 

भिडियो लिंक

https://www.youtube.com/watch?v=JHxwPas90XQ

 

 

वीरगंज  स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारहरूको नाम पनि चर्चामा आउन थालेको छ । वीरगंज उपमहानगरपालिका र पोखरिया नगरपालिकामा नगर प्रमुखको लागि विभिन्न राजनीतिक दलहरूसँग आबद्ध व्यक्तिहरूको नाम चर्चामा आउन थालेको छ । बजारमा आएका नाममा वीउमनपाको मेयरमा पूर्वनगरप्रमुख विमलप्रसाद श्रीवास्तव, पूर्वउपप्रमुख अजय द्विवेदी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्वअध्यक्ष विजय सरावगी, सांसद् लालबाबू राउत गद्दी, लोकतान्त्रिक मधेसी सङ्गठनका सुन्दर कुर्मी, नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेल, रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहलगायतको नाम चर्चामा छ । 

    यी नामहरू अहिले बजारमा चर्चामा रहे पनि संविधान संशोधनबाट मधेसको माग पूरा भएपछि मात्र स्थानीय तह निर्वाचनमा जाने र त्यतिन्जेल निर्वाचन तयारीमा नलाग्ने  घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एउटा घटक सङ्घीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादवले बताए पनि सो पार्टीबाट विजय सरावगी र सांसद् गद्दीको नाम अहिले चर्चामा छ । केही व्यक्तिले उनीहरूले भित्रीरूपमा मेयरका लागि मत मागिरहेको बताएका छन् । 

    यता मोर्चामैं रहेको नेपाल सद्भावना पार्टीका सहमहासचिव शिव पटेलका शुभचिन्तकहरूले फेसबूकमार्पmत् वीउमनपाको नगर प्रमुखमा पटेललाई उम्मेदवार हुन दबाब शुरु गरेका छन् । पटेलले भने निर्वाचन हुने कुरामा द्विविधा भएको बताए । उनले निर्वाचन भएको खण्डमा साथीभाईको सरसल्लाह अनुसार उम्मेदवार बन्न सक्ने सङ्केत गरेका छन् । 

    पूर्वनगर प्रमुख श्रीवास्तव र रामसपाका केन्द्रीय सदस्य राजेशमानबीच नगर प्रमुखका लागि गोप्य वार्ता भएको सूचना छ । दुवैले घोषितरूपमा उम्मेदवार बताएका छैनन् तर भित्रीरूपमा एकले अर्कालाई सहयोग गरौं र एकजना मात्र लडौं भनी वार्ता गरिरहेको स्रोतले जनाएको छ । 

    काङ्ग्रेसबाट जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभासद् ओमप्रकाश शर्मा तथा विजय सर्राफ र दिना गुप्ताको नाम उचालिएको छ । एमालेबाट भने सुन्दर कुर्मी र बाबूजान अलिको नाम चर्चामा छ । माओवादी केन्द्रबाट युवा उद्यमी रहबर अन्सारीको नाम सार्वजनिक भएको छ । नयाँ शक्तिबाट ठाराव क्याम्पस स्ववियु एकाइका पूर्वसभापति मुकेश द्विवेदी उम्मेदवार बन्ने लगभग तय छ । 

    यसैगरी पोखरिया नपामा नेपाली काङ्ग्रेसबाट पूर्व सांसद् रामेश्वर रौनियार, राजेन्द्र कुर्मी र सकिम मियाँको नाम चर्चामा छ भने एमालेबाट पूर्वसांसद् प्रद्युम्न चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी र दिनेश कलवारको नाम चर्चामा छ । सङ्घीय समाजवादी पार्टीबाट दीपनारायण रौनियार (मन्टु) माओवादी केन्द्रबाट रामबाबू बैठा, शम्भु पाल, पन्नालाल पटेलको नाम चर्चामा छ ।

वीरगन्ज २५ फागुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा गरिरहेको आन्दोलको धर्नामा तमलोपा पार्टीका प्रबक्ता विमल श्रीवस्तव घण्टाघरमा आन्दोलन कारिहरुसंग बसेका छन । केहि दिन देखि विदेश भ्रमणमा रहेका श्रीवस्तव आज आन्दोलनमा आएका हुन । उनि आन्दोलनमा आए पछि आन्दोलनमा होमिएका मोर्चाका कार्यकर्ताहरु धेरै खुसि देखिएका थिए । यसैबीच बन्दका कारण वीगञ्ज आसपासका जनजीवन प्रभावित भएको छ । मोर्चाले बिहानैदेखि प्रदर्शन गरेको थियो । मुख्य बजार घण्टाघर, आदर्शनगर, छपकैया, मूर्लीलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरे । मोर्चाका कार्यकर्ताले विभिन्न स्थानमा टायर बालेर नाराबाजी पनि गरेका थिए ।

दिनभरि बन्द रहेका मुख्य बजारका पसल साँझ खुलेका थिए । शिक्षण संस्था पनि ठप्प भए । सवारी आवागमन र उद्योग कलकारखाना पनि प्रभावित भएका छन् । सप्तरीमा प्रहरीको गोली लागेर आफ्ना ३ जना कार्यकर्ता मारिएको विरोधमा मोर्चाले २ दिने मधेस बन्द आह्वान गरेको थियो । 

 

वीरगन्ज २५ फागुन नेपाल पत्रकार महासंघ पर्सा शाखाको अधिवेशनमा संगठनको हीत विपरित काम गरेको उजुरीको आधारमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख विजय कुशवाहलाई तत्काल पदबाट निलम्बन गरेको प्रेस युनियनका  केन्द्रिय महा सचिव अजयबाबु सिवको जनाएका छन ।

नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय वानेश्वरमा आज बसेको वैठकले कुशवाहलाई तत्काल पदबाट निलम्बन हो । आवश्यक छानविनका लागि अनुशासन विभाग प्रमुख दिपक आचार्यको संयोजकत्वमा उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी,कोषाध्यक्ष सरोज अधिकारी र नारायणी अञ्चल संयोजक सञ्जय कार्की रहेको एक समिति बनाई सो समितिलाई आफ्नो राय सहितको प्रतिवेदन केन्द्रीय समितिलाई दिने गरि जिम्मेवारी दिने निर्णय गरेको छ । 

 

वीरगन्ज २५ फागन बीरगंजमा मधेसी बुद्धिजिवी पेशागत समुह  MIPA द्वारा वीरगञ्जमा बृहद रयालीको आयोजना गरिएका छ । कानुन व्यवसायी, शिक्षक, प्राध्यापक, डाक्टर, ईन्जिनियर, स्वास्थ्य कर्मी लगायतका बुद्धिजीवी पेशाकर्मी हरूको बृहद उपस्थिति रहेको उक्त रयाली वीरगञ्ज घण्टाघर वाट सुरु भई आदर्शनगर हुंदै घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो। MIPA का अध्यक्ष सुरेश कुशवाहा को अध्यक्षतामा सम्पन्न कोणसभा लाई उच्च अदालत बार एशोसिएसन बीरगंज का अध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण, प्राध्यापक बृजमोहन तिवारी, आनन्द यादव, सुरेश कुशवाहा लगायत ले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन अधिकारकर्मी तबरेज अहमदले गरेका थिए ।

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012