You are here: Homeमनोरन्जनमनोरन्जनमधेसीको माँग पुरा नभए सम्म मधेसमा कुनै तहको निर्वाचनको कल्पना गर्न सकिदैन – नेता सिंह

मधेसीको माँग पुरा नभए सम्म मधेसमा कुनै तहको निर्वाचनको कल्पना गर्न सकिदैन – नेता सिंह

Written by  Published in मनोरन्जन Monday, 08 May 2017 09:37
Rate this item
(0 votes)

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय नेता राजेशमान सिंहसंग स्थानिय निर्वाचन बारे गरेका संक्षिप्त कुराकानीका अंशहरु :

प्रश्न नं. १ मधेसमा स्थानिय निकायको निर्वाचनको माहोल कस्तो देख्नु भएको छ ?

– मधेसमा जबसम्म मधेसको माँग संबिधानमा संशोधन हुदैन तव सम्म मधेसमा कुनै निर्वाचन हुदैन । चाहे त्यो स्थानिय निकायको निर्वाचन होस चाहे कुनै लेभलको चुनाव होस । सम्भव मैले देखेको छैन ।

प्रश्न नं.२ मोर्चाको एक घटक संघिय समाजवादी फोरम पार्टी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी संग गठबन्धन गर्नुको कारण के होला ?

त्यो जसले गठबन्धन गरयो त्यसैलाई थाहा होला । मेरो नजरमा यो अपवित्र गठबन्धन हो । आज मधेसका यति वीर शहिद सहादत प्राप्त गरेका छन । त्यसको पछाडि को छन त? किन यसरी भइरहेको छ ? पहिलो मधेस आन्दोलनको बेलामा को रातारात नाइट भिजन हेलिकप्टर चढेर बार्ता गर्न गयो । यो कुरा कोइ संग लुकेको छैन । तर्सथ यो अपवित्र गठबन्धन तिनीहरुले किन गरे ? किन बारम्बार मधेसी जनतालाई झुक्याइराखेका छन । पहिलेनै तपाईको मधेस आन्दोल २०६२÷०६३मा नै मधेसीको हक अधिकार सुनिश्चित भइसक्दथ्यो । तर म कुनै व्यक्तिको नाम लिन चाहन्न । केही स्वार्थी नेताहरुले आफनो व्यक्तिगत स्वार्थ पुर्ति गर्नको लागि मधेसको नाममा राजनिती गरिरहेका छन । अहिले पनि मधेसका जनता आन्दोलनमै होमिएका छन ।

प्रश्न नं.३. वीरगंजको मेयरमा तपाईको पहिले देखि नै खुवै चर्चा आईरहेको थियो । पार्टी एकिकरण पश्चात तपाईको मेयरको सम्भावना कतिको छ ? 

अहिले त राजपा नेपालले चुनावको च पनि उच्चारण गर्न चाहदैन । जब सम्म मधेसको माँग संबिधानमा सुनिश्चित हुदैन तब सम्म हामीहरु कुनै चुनावमा जादैनौं । तर्सथ म मेयर वा को मेयर हुने भन्ने हाम्रो ध्यान केन्द्रित छैन । हाम्रो काम एउटै हो मधेसको माँग संबिधानमा सुनिश्चित हुनुपरयो । भोलीका दिनमा मधेसको माँग सुनिश्चित भयो भने पार्टीले मुल्याँकन गरी टिकट दिन्छ भने कुनै चुनाव होस म पछाडि हटदिन म आफनो जिम्मेवारी पुरा गर्छु ।

प्रश्न नं.४. जेठ ३१ गते भन्दा अगाडि मधेसको माँग पुरा भएन भने तपाईको पार्टी चुनावमा जान्छ कि जादैन ?

हाम्रा राजपाका केनिद्रय वरिष्ठ नेताहरु एक रुपमा लागि रहेका छन । संसदमा संबिधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ । एक दम स्पष्ट रुपमा भन्नु पर्दा जब सम्म मधेसको माँग संबिधानमा सुनिश्चित हुदैन तब सम्म मधेसी दल कुनै पनि चुनाव भाग लिदैन ।

प्रश्न नं.५. सरकारले निर्वाचन जबरजस्ती गर्न खोजे तपाईको पार्टीले कस्तो किसिमको प्रतिकार गर्ने छ ?

सरकारले जबरजस्ती निर्वाचन मधेसी जनता माथि लादन खोज्छ भने त्यसको प्रतिकार मधेसी जनताले गर्छ । हुन सक्छ भोलीका दिनमा संबिधानमा माँग सुनिश्चित नभए राजपा नेपालले हतियार उठाउन पनि बेर लाउदैन ।

प्रश्न नं.६. दुई नम्बर प्रदेशको राजधानी वीरगंजलाई बनाउने तपाईको पार्टी धारणा के छ ?

पहिले मधेसको माँग संबिधानमा सुनिश्चित होस । त्यसपछि वीरगंजलाई राजधानी बनाउने अर्को लडाई लडन बाँकी हुनेछ । जहाँ सम्म मेरो स्पष्ट धारणा छ वीरगंजलाई नै दुई नम्बर प्रदेशको राजधानी बनाउनु पर्छ । दुई नम्बर प्रदेशमा वीरगंज भन्दा अरु ठाँउ आर्थिक र भौतिक पुर्वाधारको हिसावले उपयुक्त छ भने देखाई दिनुपरयो । तर्सथ मेरो भन्नु के छ भने सवैभन्दा पहिले हाम्रो माँग संबिधानमा सुनिश्ति हुनुपरयो । त्यसपछि संघियतामा गइसके पछि हाम्रो प्रदेशको राजधानीको लडाई लडन बाँकी हुने छ । मेरो बिचारमा वीरगंजलाई नै दुई नम्बर प्रदेशको राजधानी बनाउनु पर्छ ।

अन्तमा जाँदा जादै मधेसका जनता र वीरगंजवासीहरुलाई के भन्न चाहनु हुन्छ ?

म मधेसी जनतालाई एउटै कुरा भन्न चाहन्छु अहिले खास गरी देशको चौथो अंग भनेर चिनिने बिशेषगरी राजधानीबाट प्रकाशित राष्ट्रिय स्तरका पत्र पत्रिकाहरु , सोशल मिडिमा आउने समाचारहरुले मधेसी नेताहरुको बिषयमा र राजपाका केन्द्रिय नेताहरुको बिषयमा जुन भ्रामक खबरहरु फैलाइरहेको छ त्यसको पछडि नपर्न हार्दिक अनुरोध गर्न चाहन्छु । साथै एउटा कुरामा एकदमै मधेसी जनतालाई ढुक्क हुन अनुरोध गर्दछु मधेसी नेताहरु मधेसको माँगलाई संबिधानमा सुनिश्चित गर्न एकदम तनमनधनले लागि परिरहेका छन । यो कुराको प्रमाणको रुपमा संबिधान संशोधन प्रस्ताव टेबल भएको छ । त्यसले पनि स्पष्ट पार्छ तर्सथ भ्रामक समाचार प्रति नलाग्न मधेसी समुदाय र वीरगंजवासीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

Read 1374 times Last modified on Wednesday, 10 May 2017 15:38

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012