You are here: Homeमनोरन्जनमनोरन्जनअपडेट:: प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ३

अपडेट:: प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या ३

Written by  Published in मनोरन्जन Monday, 06 March 2017 19:42
Rate this item
(0 votes)

वीरगन्ज २३ फागुन  हिजोदेखि नै तनाव ग्रस्त रहेको तथा सेना समेत परिचालन समेत रहेको सप्तरीमा ३ जना आन्दोलनकारीको मृत्यू भएको छ । खबरमा तिन जनाको मृत्यु भएको भनिएतापनि यो खबरको पुष्टि भने हुन सकेको छैन ।

 

एमालेको मेची–महाकाली अभियान सप्तरी आइपुग्दा त्यहाँको अवस्था थप तनावग्रस्त बनेको थियो ।आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको हो ।

 

एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको छ । प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको छ ।

 

मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा दिगम्बर यादव रहेको छ भने अर्का एक जनाको नाम खुल्न बाँकी छ । उनीरुलाई राजविराज फिर्ता ल्याइएको छ । ‘एक जनाको मृत्यु भएको भन्ने खबर आएको छ’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले भने, ‘विस्तृत विवरण बुझ्दैछु । अहिले उनको मोबाइल स्वीच अफ रहेको छ ।

 

टाउकोमा प्रहरीको गोली लागेका सप्तरी मलेठ– २ का अन्दाजी १८ वर्षीया सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको हो । राजविराजमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले गोली चलाएको हो ।

 

मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्ताले ढुंगामुढा गरेको आरोप लगाएको छ । सगरमाथा अञ्चल अस्पतालका अनुसार झडपमा दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ ।

 

प्रत्यक्षदर्शीका अनुसार गोली नलागेका तर टाउको फुटेका र हात भाँचिएका घाइते बढी छन् । यतिबेला सप्तरीमा रहेका पत्रकार पंकज दासका अनुसार ४ जना घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ । घाइतेको संख्या भने नगन्य रुपमा रहेको छ ।

 

औद्योगिक क्षेत्रमा एमालेको सभा नहुँदै पुगेका मोर्चा कार्यकर्ताहरु कार्यक्रमको अन्तिममा अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । त्यसअघि नेताहरु माधवकुमार नेपाल, लालबाबु यादव, सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए ।

Read 1826 times Last modified on Tuesday, 07 March 2017 13:49

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012