You are here: Homeमनोरन्जनमनोरन्जनमधेशी मोर्चाको चेतावनी पछि एमालेको कार्यक्रम स्थगित

मधेशी मोर्चाको चेतावनी पछि एमालेको कार्यक्रम स्थगित

Written by  Published in मनोरन्जन Sunday, 05 March 2017 13:56
Rate this item
(0 votes)

वीरगन्ज २२ फागून मधेसी मोर्चाको चेतावनीपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजविराजमा गर्न लागेको सभालाई स्थगित गरेको छ । 

मधेशी मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले अन्तिम समयमा आएर स्थगित गरेको हो । 

राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताए । 

एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ । 

मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल र्‍यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् ।

Read 2551 times Last modified on Sunday, 05 March 2017 20:31

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012