You are here: Homeमनोरन्जनमनोरन्जननेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण मार्चभित्र पूरा हुने

नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण मार्चभित्र पूरा हुने

Written by  Published in मनोरन्जन Sunday, 05 March 2017 08:21
Rate this item
(0 votes)

वीरगञ्ज २१ फागुन भारतको सहयोगमा वीरगञ्जको अलौमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण यही मार्चभित्र पूरा हुने भएको छ । आईसीपी र सुक्खा बन्दरगाह निरीक्षणमा आएका इण्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले यस्तो जानकारी दिएका हुन् ।

शुक्रवार वीरगञ्जमा सरोकारवालासित भएको अन्तरक्रियामा बस्नेतले भारतीय पक्षले यही मार्चभित्र निर्माण सक्ने जानकारी दिएको बताए । पटकपटक सञ्चालनको समयसीमा सर्दै आएको थियो । नेपाल–भारत दुवैतर्फ निर्माण पूरा नभएकाले सञ्चालनमा ढिलाइ भइरहेको थियो । ‘निर्माण पूरा भएपछि यसको कसरी प्रभावकारी सञ्चालन गर्न सकिन्छ भन्नेबारे मोडालिटी र प्रक्रियाबारे सरोकारका पक्षसित छलफल भइरहेको छ,’ बस्नेतले भने ।

वाणिज्य मन्त्रालयअन्तर्गतको यो निकायलाई आईसीपी सञ्चालनको पनि जिम्मेवारी दिने तयारी सरकारले गरेको छ । वीरगञ्जको सुक्खा बन्दरगाह पनि सोही निकायले निजी कम्पनीलाई ठेक्कामा दिएर चलाएको हो । निर्माणाधीन आईसीपीको अवस्था र कार्य प्रगतिबारे स्थलगत जानकारी लिन आएका बस्नेतले नेपालतर्फको ८५ प्रतिशत काम पूरा भइसकेको बताए । बाँकी काम यो महीनाभित्र सकिने विश्वास उनले व्यक्त गरे । भारततर्फ भने गत जेठमा नै निर्माण सम्पन्न भइसकेको छ । भारतले आफ्नोतर्फको आईसीसी एकतर्फी उद्घाटन गरेर साङ्केतिक सञ्चालनमा ल्याएपछि नेपाली आयातकर्ताले विरोध गरेका थिए । विरोधपछि सञ्चालन स्थगित भएको थियो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य अशोककुमार टेमानीले आईसीपी प्रवेशको हुलाकीमार्ग हालसम्म विस्तार नभएकाले आईसीपी सञ्चालनमा आएपछि आवागमनमा समस्या आउन सक्ने बताए ।

उद्योगी व्यवसायीले सुक्खा बन्दरगाह र आईसीपीसँग सरोकार राख्ने समस्याका बारेमा जानकारी गराए । वीरञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतको रक्सौलस्थित रेलवे स्टेशननजिकै नेपालको स्वामित्वमा रहेको २० बिगाहा जग्गा स्थानीयको अतिक्रमणमा परेकाले त्यसलाई भारतसँग सट्टाभर्ना गरेरै भए पनि उपयोग गर्नुपर्ने सुझाव दिए ।

निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले वीरगञ्जको सुक्खा बन्दरगाह र कोलकाता बन्दरगाहका अव्यवस्थाका कारण आयातकर्ता समस्यामा परेको गुनासो गरे । समितिलाई समस्याको दीर्घकालीन निकासका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे ।

पूर्वअध्यक्ष गणेश लाठले सुक्खा बन्दरगाहमा रेलवे सेवा दिइरहेको भारतीय कम्पनी कोन्करले मनोमानीरूपमा विभिन्न शुल्क बढाउने गरेकाले रेलवे सेवा सम्झौतामै सुधार गर्नुपर्ने बताए ।

Read 1269 times Last modified on Monday, 06 March 2017 15:33

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012