You are here: Homeमनोरन्जनमनोरन्जनमोटरसाई -याली र लाठी जुलुस निकालिने मोर्चाको निर्णय

मोटरसाई -याली र लाठी जुलुस निकालिने मोर्चाको निर्णय

Written by  Published in मनोरन्जन Saturday, 04 March 2017 16:43
Rate this item
(0 votes)
फाईल फोटो फाईल फोटो

मोटरसाई (याली र लाठी जुलुस निकालिने मोर्चाको निर्णय 

वीरगन्ज, २१ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको आज बसेको बैठकले  विभिन्न दुई सुत्रीय निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले यही फागुन २३ गत बाराको जितपुरमा वृहत मोटरसाइकल ¥याली र फागुन २४ गते वीरगन्जमा वृहत लाठी जुलुश निकाले निर्णय गरेको हो । 

संदसमा दर्र्ता रहेको संशोधन प्रस्तावलाई परिमाजर्नसहित पारित गराउन दवाब दिने उदेश्यले  वृहत मोटरसाईकल ¥याली र लाठी जुलुश निकालिने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो। उहाँले मधेसी मोर्चाको पुर्व घोषित कार्यक्रम अन्तरगत भण्डाफोर कार्यक्रम अन्तरगन फागुन  २३ गते बारा–पर्साको विभिन्न गाउ तथा सहरबाट मोर्चाको अगुवाईमा वृहत जुलुश  निकाली  दिउसो ३ बजे जितपुरको गढिमाई मन्दिरमा  भेलाभई पछि मोटरसाईकल ¥याली निकालिने योजना रहेको बताउनु भयो । मधेसी जनताको अधिकार दिन नमानेका ठुला तीन दलको भण्डा फोर गर्दै जितपुरमा मोटरसाईकल निकालिने अध्यक्ष यादवले जानकारी दिनुभयो। 

त्यसै फागुन २४ गते पर्साको विभिन्न गाउ तथा उपमहानगरपालिका र नगरपालिकाबाट आएका मोर्चका नेता कार्यकर्ता तथा सर्वसाधाणर वीरगन्जको घण्टाघर चोकमा भेला भई वृहत लाठि जुलुश निकालिने अध्यक्ष यादवले बताउनु भयो। 

उहाँले पुष्पकमल दहाल ९प्रचण्ड० नेतृत्वको सरकार गठन हुने क्रममा मोर्चासंग भएको सहमतीबाट काँग्रेस र माओवादी केन्द्रका नेताहरु पछि हटेकाले पहिले गरेको प्रतिबद्धता अनुसार संविधान संशोधन गरी सिमाँकन पुनः निर्धान गर्दै समानुपातिक समावेशि निर्वाचन प्रणली, नागरिकता समस्या, जनसंख्याको आधारमा  निर्वाचन क्षेत्र लगायतमा माग सम्बोधन गराउन चरणबद्ध आन्दोलनमा उत्रीएको जानकारी दिनभयो। 

उहाँले संविधान संशोधन नभएसम्म स्थानिय तहको निर्वाचन सम्भव नभएकाले परिमार्जन सहित संविधान संशोधन गरेमात्र मधेसी जनताले अधिकार पाउने जानकारी दिन दुवै कार्यक्रम मोर्चाले ल्याएको बताउनु भयो । मोर्चाले आयोजना गर्न लागेको फागुन २३ र २४ गतेको कार्यक्रममा बारा–पर्साका हजारौ जना सर्वसाधारणको सहभागिता हुने आज बसेको बैठकमा सयुक्त लोकतान्त्रिक मधेसी मोचोका नेता तथा तमलोपाका महामन्त्रीे जीतेन्द्र सोनल, तमलोपाका पुरुसोतम झाा,मोर्चाका रामबाबु यादव, महम्मद शफीक आलम, प्रेमबाबु पटेल, शशिकपुर मिया, नवलकिशोर सिंह, पुरुषोतम झा, नुर आलम अन्सारी, लालबाबु राउत गद्दी, सन्तोष यादव लगायतकाले  आह्वान गरेको तमलोपाका प्रवक्ता रमेश सर्राफले बताए । 

Read 4848 times Last modified on Monday, 06 March 2017 15:34

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012