You are here: Homeमनोरन्जनमनोरन्जनसांसदद्वारा विकास कार्यक्रमको निरीक्षण गर्दै स्थानीयसंग छलफल

सांसदद्वारा विकास कार्यक्रमको निरीक्षण गर्दै स्थानीयसंग छलफल

Written by  Published in मनोरन्जन Saturday, 04 March 2017 12:39
Rate this item
(0 votes)

कलैया, २१ फागुन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं. ३ का सांसद फरमुल्लाह मंसुरले क्षेत्र नं. ३ को विकास भईरहेको योजनाहरुको अनुगमन गर्दै स्थानीय बासिन्दाहरुसंग छलफल गरेका छन । 

सांसद मंसुरले निमार्णधिन नेपाल पुर्वी नहर गण्डक सडक खण्ड, मोतिसर, फेटा, विश्रामपुर सडक खण्डको शनिबार अनुगमन तथा निरीक्षण गरेका छन । एक अरब २० करोडको लागतमा निमार्णधिन रहेको पुर्वी नहरको पर्साको ईनर्वा देखि बाराको कचोर्वासम्म सडक खण्डको निरीक्षण गरेका थिए । पांच करोडमा निमार्ण हुन लागेको मोतिसर देखी फेटा हुंदै विश्रामपुर सडक खण्डको कालोपत्रे गर्ने योजनाहरुको अनुगमन तथा निरीक्षण गरेका थिए । फेटा बजारमा स्थानीय बुद्धिजिवी, समाजसेवी, विकासप्रेमी, भद्रभलादमीसंग क्षेत्र नं. ३ को पहिला देखि भएको विकास, जारी रहेको विकास र आगामी दिनमा क्षेत्रको विकास लागि गर्नु पर्ने कामहरुको बारेमा छलफल गरेका थिए । छलफल कार्यक्रममा सांसद मंसुरले क्षेत्रका स्थानीयहरुले दिएको सल्लाह र सुझावको आधारमा विगतका दिनहरु देखी काम गर्दै आएको र आउंदो दिनमा पनि विकास सल्लाह, सुझाव अनुसार नै विकास गर्ने प्रतिबद्धता जनाएका थिए । संसदीय पूर्वाधार विकास कार्यक्रमको गाविस फेटा, पुरैनिया, मोतिसरमा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेको सामुदायिक भवन, सडक मर्मत योजनाहरुको के कति काम भएको बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए । अनुगमन तथा निरीक्षणमा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेपाल प्रेस युनियन बाराका सह–सचिव मुकेश यादव लगायतकाको सहभागिता रहेको थियो ।

 

Read 527 times Last modified on Saturday, 04 March 2017 16:48

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012