You are here: Homeमनोरन्जनमनोरन्जनघण्टाघरमा रहेको तरकारी बजार खाली गराउने क्रममा झडप,तरकारी व्यापारीहरु आन्दोलनमा जाने चेतावनी

घण्टाघरमा रहेको तरकारी बजार खाली गराउने क्रममा झडप,तरकारी व्यापारीहरु आन्दोलनमा जाने चेतावनी

Written by  Published in मनोरन्जन Sunday, 19 February 2017 10:51
Rate this item
(2 votes)

राम सर्राफ बीरगंज ८ फागुण । बीरगंजको घण्टाघर नजिकै रहेको तरकारी, माछामासु, फलफुल तथा चोर बजारमा रहेका टहराहरु डोजर लगाएर भत्काएका छन । नगरपालिकाका कर्मचारीले बीरगंजको घण्टाघरमा रहेको तरकारी बजार खाली गराउने क्रममा आज विहान सामान्य झडप भएको हो । घरटहरा भत्काउने क्रममा तरकारीमा सडकमा जतातै छरिएका छन भने चोरबजारमा रहेका कपडाहरु पनि यत्रतत्र छरिएका छन् । सो क्षेत्रमा रहेका ५० प्रतिशत भन्दा बढी घर टहरा भत्काइएको छ । सो क्षेत्रका व्यापारीहरु अहिले नगरपालिकाका कर्मचारीप्रति आक्रोसित भएका छन् । अहिले सो क्षेत्रका व्यवसायीमा अब के गर्ने भन्ने अन्योलता देखिएको छ । घर टहरा भत्काएपछि अहिले सो क्षेत्रका व्यापारीहरु आन्दोलित भएका छन् । स्थिति नियन्त्रणमा लिन अहिले घण्टाघर क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएकोछ । तरकारी तथा फलफुल ब्यसाय संघका अध्यक्ष विदुरु गुप्ता एकासी आएर वीरगन्ज उप महानगरपालिकाले विना सुचना तरकारी बजारको घर टहरा खाली गराएको मा आक्रोस जनाएका छन । उहाका अनुसार वीरगन्ज उप महानगरपालिका संग जिल्ला अदालतमा हामी मुदा हारेपनि उच अदालतमा मुदा चलिरहेको हुनाले वीरगन्ज उप महानगरपालिकाले बल प्रयोग गरि तरकारी, माछामासु, फलफुल तथा चोर बजार खाली गराएको ले अबहामी आन्दोलनमा जाने चेतावनी दिएका छन । 

Displaying 1.jpg

Displaying 3.jpg

Displaying 2.jpg

 

Read 7481 times Last modified on Monday, 20 February 2017 18:07

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012