You are here: Homeमनोरन्जनमनोरन्जनपर्खाल खस्दा च्यापिएर एक जनाको मृत्यु ३ जना घाईते

पर्खाल खस्दा च्यापिएर एक जनाको मृत्यु ३ जना घाईते

Written by  Published in मनोरन्जन Saturday, 18 February 2017 11:27
Rate this item
(0 votes)

वीरगन्ज ७ फागुन एशीयाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत निर्माण भइरहेको ढल तथा नालाको निर्माण गर्ने क्रममा शनिबार बिहान पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर एक जना कामदारको मृत्यु भएको छ । अरु तीन जना कामदार गम्भिर घाइते भएका छन् । वीरगन्ज नगरसभा गृहबाट ठाकुरराम बहुमुखी क्याप्स जाने   सडकमा ढल र नाला निर्माणका लागि खनिएको गहिरो खाल्डो छेउमा रहेको घरको जग मुनिको पर्खाल आज बिहान भत्किएर खस्दा त्यसमा च्यापिएर रौतहटको रमौली ४ का राम पुकार सहनीको घटनास्थलमै मृत्यु भएको हो । पर्खालले च्यापिएर रौतहटको मदनपुर १ का गणेश शाह , रमौली ४ का उपेन्द्र दास र बालेश्वर सहनी गम्भिर घाइते भएका छन् । घाइते मध्ये दुइ जना बालेश्वर सहनी र गणेश साहको वीरगन्जमा उपचार हुन नसकेपछि दुवै जनालाइ थप उपचारका लागि काठमाण्डौको वीर हस्पिटलमा पठाइएको छ । अर्का घाइते उपेन्द्र दासको भने नेशनल मेडकल कलेज वीरगन्जमै उपचार भइरहेको छ । वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल तथा नाला निर्माणको ठेक्का कालीका कन्ट्रक्सन प्रालिले लिएको छ । 

 

Read 2243 times Last modified on Monday, 20 February 2017 18:08

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012